मैले पिउन छोडी सकेँ
पिर बिनाको जिन्दगीसँग नाता जोडी सकेँ
अति पिँउदा घरकी रिसाइन
पिउदा पिँउदै परकी हराइन
त्यसैले पिँउन छोडी सकेँ
हो मैले पिँउन छोडी सकेँ
यता घरकी खुसी
उता परकीसँग पनि फेरि नाता जोडी सकेँ
आफन्तिले पिँउछ रे ! भन्दै हिड्न थाले
जोरी पारीले नपिई नबाँच्नेमा पारे
धत् ! किन पिँउने ? भनी
हो मैले पिँउन छोडी सकेँ
जोरीपारीलाई पत्याउन बाध्य पार्दै
पराई बनेकासँग फेरि आफन्ती नाता जोडी सकेँ
थोरै हो र बीस बीस वर्ष पिएँ
पिएकै तालमा बेहाल जिन्दगी जिएँ
पिउँदा पिँउदै पेन्सन पाकेछ
अबकाश पत्र तयार भएपछि थाहाभो
मेरो त कलेजो र पेँक्रियाज नै थाकेछ
त्यसैले मेले पिँउन छोडीसकेँ
नयाँ जिन्दगीसँग नाता जोडी सकेँ
हो मित्रहरु
पिउँदा पिँउदै अर्को फेवा बनेपछि
चिकित्सकले भो अब त अति भो भनेपछि
हो मैले पिँउन छोडीसकेँ
सादा खान्गी र सरल बान्कीसँग नाता जोडी सकेँ ।
भो मित्रहरु अब पिँउन कर नगरी देउ
घरकी फेरि रिसाउछिन
परकीले नजर अन्तै बिसाउछिन
आफन्तिले कुरा काट्छन
जोरीपारीले फेरि चाट्छन
कलेजो फेरि रिसाँउछ
पेन्क्रियाजले रामघाटतिर मिसाउँछ ।
यस्तै यस्तै लाग्यो
अलि बाँच्ने रहर जाग्यो
त्यसैले मैले पिउन छोडीसकेँ
पिर बिनाको जिन्दगिसँग नाता जोडीसकेँ
२०७०।०९।२० (सहभागीहरुको मनोरन्जनार्थ--तितेपानी बनभोज
पोखरामा)
No comments:
Post a Comment