कविता
नाकावन्दीको
प्रायश्चित
सुन्दैछुँ
यतिवेलापनि
उ आउदैछ रे !
छापाहरुमा
हेर्दैछुँ
तामझाम
बढाउदै छन रे !
मेरालागि
भने उ
कहिल्यै
बिर्सनै नसिके पाठ भएको छ
उ
प्रति
भित्रि
मन कुडियरै आएको छ,
उतिवेला
उ आयो
ततकाललाई
मेरो ह्यदय नै लिएर गयो
म
जस्तै
लाखौँ
नेपालीलाई ललीपप दिएर गयो
केही
पछि
उसले
दिएको ललीप
प्रत्येक
नेपालीको गलाको पासो बन्यो
सदीयौ
पछिसम्मका लागि
अर्थात
सन्तान दरसन्तानका लागि
सधै
सधै गर्ने एक गुनासो बन्यो
उतिवेला
बोलीमा
मेरो
प्रियमातृभुमीको
अनन्य
मित्र बन्यो
तर भित्र
भित्र ब्यबहारमा
मेरी
आमाको चिहान खन्यो ।
आमा
मरिनन
उस्को
कात्रो बिकेन
उसले
खनेको चिहान काम लागेन ।
उसले
लगाएको नाकाबन्दी
उसका
लागि केही क्षण काम लाग्यो
तर
सदियौ सदियौ सम्मको बदनामी बन्यो ।
यतिवेला
उ आएर के के भन्छ ?
खासमा
मलाई कुनै चासो छैन
उसका
दयाका शब्दहरुले
मेरो
अन्तरह्दयमा पारेको घाउ निको हुन्छ ?
खासमा
मलाई विश्वास छैन ।
किनकी
अब जे
जे भनेपनि
अथवा
जे जे गरेपनि
उसले
भनेको नाकावन्दी
उसले
गरेको नाकावन्दी
मेरो
आँखामा ओझेल पर्नै सक्दैन
सन्तान
दरसन्तान
क्रमशः
नसरी सक्दैन ।
मुटुको
काँडा बनेर बसेको नाकाबन्दीको चोट
जनजनको
मनमा बिझाएको नाकावन्दीको खोट
कसैगरे
पनि मेटिदैन
कसैगरे
पनि उ प्रति,
उहिलेकै सदभाव
अब
नेपालीका भित्री मनमा भेटिदैन ।
सुन्दैछुँ
आउदैछ रे फेरि उ
फेरि
गाँउदैछरे उही रोटी र वेटीका गीत
देखाउदै
छ रे फेरि कर्णप्रिय भाषणबाट प्रित
तर
मलाई कुनै वास्ता चासो छैन
त्यसप्रति
मेरो कुनै आशा र गुनासो छैन
मात्र
हेरी रहेको छुँ
मात्र
पर्खिरहेको छुँ
उ
नाकावन्दीको प्रायश्चित गर्छ गर्दैन
उसले
ब्यबहारबाटै देखिने गरी
मेरी
आमाप्रति साँचो सदभाव छर्छ कि छर्दैन ?
त्यसैले
यतिवेला
मेरो
आँखा वरिपरि घुमिरहेको छ
नाकावन्दीको
प्रायश्चित
प्रायश्चितको
नाकावन्दी ।
२०७५ बैशाख १५
No comments:
Post a Comment