म
बिग्रेको तिमीलाई के थाहा ?
म
कसैको साथ पाएर बिग्रेँ
म
कसैको हात समाएर बिग्रेँ
अरु
त अरु,
म
कसैको लात खाएर पनि बिग्रेँ
बिग्रदा
बिग्रदा यति बिग्रेँकि
म
अब सप्रनै नसक्ने गरी बिग्रेँ
देख्ने
जान्नेले भन्न पाउने गरी
जन्म
जात बिग्रेकै जस्तो गरी बिग्रेँ
अर्थात
म सप्रनै नसक्ने गरी बिग्रेँ
किन
बिग्रेँ,
म
फेरि भन्छु
तिम्रो
साथ पाएर बिग्रेँ
तिम्रो
हात समाएर बिग्रेँ
तिम्रो
मात खाएर बिग्रेँ
अन्ततः
तिम्रो घात खाएर बिग्रेँ
अब
भन म सप्रु कसरी ?
सप्रने
त मन छ
तर
तिमी नसप्रियसम्म
म
सप्रदै सप्रदैन
तिमी
नफक्रियसम्म
म
फक्रदै पक्रदैन
सम्झ,
सप्रने
एउटै ओखति छ
तिम्रो
हात सप्रनु पर्छ
तिम्रो
साथ सप्रनु पर्छ
तिम्रो
मात सप्रनु पर्छ
तिमी
भित्रको खतरनाक
त्यो
अमन बानी सप्रनु पर्छ
म
भित्रको रोषको पानी सर्पनुपर्छ
अर्थात
तिमी
म दुबै सप्रनु पर्छ
तिमी
म दुबै फक्रनु पर्छ
अनि
त, चिन्तै सखाप !!
बिन्दास!
बिन्दास!! बिन्दास!!!
२०७७।१०।७ राजबिराज
No comments:
Post a Comment