Friday, 8 August 2025

जे भो राम्रै भो

 

                                                           जे भो राम्रै भो

 

सुन हरायो,खोज्न खटाइयो

सुन करायो,रोक्न लगाइयो

सुन खानेभए,छेक्नु परयो

सुन जोगाउन देख्नु परयो ।

 

खटन काममा हिडियो जता ततै

भेटिएनन लाप्सा त कहि कतै

थरिथरिका कागजमा मात्र पाइयो

स्याबासी भन्दा गाली पो खाइयो !!

 

आपसमै भयो केही केही छटपट

छटपटसंगै केही केही खटपट

सुस्तरी हैन गर्नुपर्ने झटपट

गर्नै पर्ने राम्रो नगरी लटपट

 

सुनै नभेटे नि कागजमा लेखियो

सुन भित्रका कर्तूतहरु देखियो

लाउने खाने लैजाने बिग्रेछन

पठाउनेहरु उतै उतै सप्रेछन ।

 

सुन नभईनहुने हैन रहेछ

बेसुन भूमि नि रहेन रहेछ

खाने नि हजार लाख तरिका

लाने लैजाने झनै थरिथरिका

लुकाउने ठाउ नि कति कति

भोग्न त के नसोचेकै जति ।

 

पकाउने आगो रहेछ छिन छिन

पानी झै जादो रहेछ दक्षिण

डलरको कलर समातेर दगुर्ने

अजिङ्गरको आहार बनेर हसुर्ने

 

ठूला नेता देखि कार्यकर्तासम्म

भरौटे भरियाहरु सबै सबै दङग

खान्गी र बान्की हवात्तै बढाउने

मन्दीर गुम्बा जी हजुरीमा चढाउने ।

 

अचम्मको वस्तु रहेछ सुन जति

एकचौथाई मात्र छ जमिनभित्र बाँकी

राख्नेले रास राखेका छन घर घर

नसक्नेहरु भित्र भित्रै छन थर थर

 

सुनको कथा व्यथा बनेको

सुनचरी सुनचरी सबैले भनेको

नभएनि हुने तर राख्ने पर्ने

महाकाल र आपत डाक्नै पर्ने

अचम्मै रहेछ यो सुनको वस्तु

नबन्ने रहेछ कहिले नि अस्तु

त्यसैले त रहेछ यो एक काल

नल्याउने रहेछ यसले सहकाल

 

कथाभन्दा व्यथा साहो छ यसमा

व्यवस्थापन गर्न जरुरी छ देशमा

भाउ सामान्यत नघट्ने कहिले

महत्व बढने जहिले जहिले।

 

 

 

 

No comments:

Post a Comment