Monday, 18 August 2025

मनको खुसी . / गीत

 खुसी के ? हो सुख के हो ?

खुसीमा छुँ, सुखमा छु

भन्नेहरुलाई सोध

साँचो अर्थमा खुसी के हो ? सुख के हो ?

आफ्नै हरेक ब्यबहारहरुमा रोज । १।

 

धन दौलत केही होइन,

चोखो माँया हो अजम्मरी

आफ्नो बिरानो के पो भन्नु ?

फूलको आँखामा सकम्बरी

झुल्के घामसँगै मीठो बोली

अस्ताउँदोमा न्यानो झोली  ।२।

 

दौडिएर सारा सँसार

दौडायर मनको बेग

कतै पुग्नु कहा छ र ?

नबिर्सने मनकारहरु

सम्बन्धमा सधै अडेग

न सोच्नु नै किन हो र ?

 

No comments:

Post a Comment