क) सम्झना
जागिरे जीवनका बिभिन्न खान्गी र बान्कीहरुका बिचमा रहदा २०३८ सालदेखि
टाढैबाट भएपनि बिश्वनाथ उपाध्यायमा स्वस्ती चढाउने अवसर मिल्यो । दरबारको प्रभावमा
र प्रधान न्यायाधीशको दबाब दुबैमा नपरी स्वतन्त्र न्यायिकमनकासाथ न्याय दिने
आँटिला न्यायमूर्ति भनेर चर्चा हुँदा सम्मानको भावले भित्री मनमा छचल्का हान्दथ्यो
। यस्तै न्यायमूर्ति अरु चार पाँच जना भए निरँकुश पञ्चायत ब्यबस्था पनि ढल्थ्यो र
न्यायको तराजुसमेतका माध्यमबाट देशमा लोकतन्त्र फल्थ्यो भन्ने पनि लागिरहन्थ्यो ।
शार्दुल, कर्महारा आदि कलमको नाम र आफ्नै नामसमेतबाट हाँक, नेपालबाणी, आदिमा केही लेखहरु लेखेर तत्कालित परिवेशप्रतिको आफ्नो मनको गुनासो (मनतातो रुपमा मात्र) राखेर चित्त बुझाउने जीवनयात्रासँगै बिहान बिहान
कलेजको पढाई र दिउसोमा अदालती जागिर । यसरी नै दिनचर्याहरु चलिरहे । त्यतिवेला दरबारको
प्रभावमा पनि नपर्ने समेतका कारणले प्रधान न्यायाधीशसँग भित्रिरुपमा ठ्याक ठुक भई ''अख्तियार दुरुपयोग पुनराबेदन अदालत'' नामक एक अँगमा पठाइयो उनलाई तर उनी त्यहापनि झुकेनन र शैलीगत रुपमा रुकेनन पनि ।
इतिहाँसले चढाएको त्यही पायनले गर्दा निर्दलीय निरँकुश पञ्चायती ब्यबस्थाको
बिरोधमा उठेका ज्वारभाटाहरुसँगै आएको २०४६ सालको परिवर्तनले बिश्वनाथ उपाध्यायका
अगाडि अवसरका शिखरहरु आफै आउन थाले । बिश्वनाथले धाउनै परेन । सँबिधान मस्यौदा
आयोगको अध्यक्ष अनि प्रधान न्यायाधीश...।
सँबिधान
निर्माणको क्रममा बिचार गोष्ठिहरु हुन थाले । समय मिलेसम्म सुन्न जाने प्रयासमा
एकदिन पद्मकन्या क्याम्पसको नजिकै त्यतिवेला रहेको एक होटलमा कार्यक्रम राखिएको थियो
। शनिबारको दिन । गएँ । उनको प्रस्तुतिपछि सवाल सोध्न लागे अरुले। मलाई पनि सोँधू
सोँधू लाग्यो ।
''निर्माण प्रक्रियाको दृष्टिबाट आयोग पद्धतिको
अध्यक्षता यँहाले गरीराख्खु भएको छ, यसले सुन्दर र कामयाबी सँबिधान बनाउला भनेर कसरी बिश्वस्त हुने ?'' यहीभावमा पहिलो पटक उनीसँग बोलेँ । अर्थात
जिज्ञासा राखेँ । जवाफपछि फेरि सोध्न उठेको त अगाडिको सिटमा रहेका डा. बाबुराम भट्टराइले इशाराको भाटा तेर्स्याइ हाले
। सायदः मेरो सोधाइमा सैद्धान्तिक गहिराई नपुगेको लागेर होला । त्यसपछि कार्यक्रम
भर चुपचाप बसेँ सुनेँ र केही टिपेँ मात्र ।
२०४७
सालको नेपालअधिराज्यको सँबिधान मस्यौदाका अवस्थामा बिश्वनाथ उपाध्यायको उचाई एकप्रकारले
शिखरमा चढेको हो । अझ यसो भनौँ ''वा वा बिश्वनाथ ! क्या सँबिधान !!'' रुपी बोली र लोलीले उनलाई वास्तबिकता भन्दापनि केहीको अतिभक्तिपन र
प्रचारले शिखरमा चढाइयो । केहीले त ''सँसारको सर्बोत्तम सँबिधान'' भन्न पनि बाँकी राखेनन र बिश्वनाथलाई ''साक्षात अवतार'' का
रुपमा लिन पनि ।
पञ्चायतकालमा सबैका साझा आधार र आशाका साझा न्यायिक केन्द्र बनेका
बिश्वनाथ राजतन्त्रात्मक बहुदलीय ब्यबस्थाको पुनर्स्थापनापछि एकपाखे एकपाखे हुन लागे
र प्रकारान्तर रुपले केहीबाट त्यस्तै त्यस्तै बनाउनतिर लगिए । फैसलाहरुमा हुने ब्याख्याको
अजम्मरीपन पनि बिस्ताओरै मनिलिन थाल्यो । सायदः उनको गुदीको गहिराई त्यही हदसम्म
मात्र थियो होला !?
ख) सम्मान
बिश्वनाथको नाम र बिश्वनाथमय काम नेपालको
न्यायपालिकाको इतिहासमा प्रधान न्यायाधीश हरिप्रसाद प्रधान (पहिलो प्रधान न्यायाधीश काल) पछि आजसम्मका मुर्धन्य ब्यक्तित्व हुनभन्ने
कुरामा सायल कसैको बिमति होला । तर उनलाई न्यायिक इतिहासमा मात्र सिमाबद्ध गर्नु
उनिप्रति अन्याय हुन्छ भन्ने मलाई लाग्दछ । किनकी उनी नेपालको राजनीतिक इतिहासकासमेत
एक परोक्ष्य प्रभावका अभियन्ता पनि हुन ।
सर्बोच्च अदालतमा रहेर न्याय सम्पादन गर्ने
क्रममा नागरिक स्वतन्त्रता, खुला
समाजको अवधारणा, खुला बजार अर्थतन्त्र एवम
दलीयभूमिका समेतका सन्दर्भहरुलाई छुने गरी उनीबाट भए गरिएका निर्णय अर्थात फैसला
वा आदेशहरु राजनीतिक महत्वराख्ने खालका पनि छन् । मुद्धाहरुमा बिशेषतः रिट
निबेदनहरुमा जँहा जँहा सँबैधानिक महत्वको सवाल रहेको हुन्छ, त्यँहा त्यँहा हुने निर्णय वा आदेशहरुले
परोक्ष्य रुपमा राजनीतिक क्षेत्रलाई नाफा वा घाटाको अर्थवोध हुन गएको हुन्छ ।
अर्को शब्दमा भन्दा देशको शासन प्रणाली र दलीय स्वतन्त्रता समेतका सवालहरु रहेको
मुद्दामा बोलिएको न्यायिक निस्कर्षले राजनीतिलाई दिशान्तरण गर्न बाध्य पनि पारेको
हुन्छ । त्यसप्रकारका फैसलाहरुले केवल न्यायिक महत्व मात्र राख्दैनन, राजनीतिक महत्व पनि राख्दछन । बिश्वनाथकालिन सर्बोच्च अदालतमा परेका
मुद्दाहरुमा टनकपुर बिबाद, सँसद
बिघटन सम्बन्धी बिबादहरु बिशेष रुपमा
राजनीतिक अर्थवोधक बिबाद र निस्कर्षहरु हुन । सँबिधान स्वयममा मुलुकी राजनीतिक
दस्ताबेज भएकाले त्यसको प्रमुख मस्यौदाकारका नाताले उनको अध्ययन र मुल्याँकनमा झनै
राजनीतिक मह्त्व राख्दछ ।
न्यायसम्पादनको
सन्दर्भबाट बिश्वनाथ राजनैतिक अर्थवोधका दृष्टिमा र न्यायिक मान्यताका दृष्टिमा के
कस्तो भूमिका निर्बाह गरे ? न्यायसम्पादनको क्रममा कँहा कँहा झुके वा कँहा
कँहा चुके ? यो बिषदरुपमा गर्नसकिने अध्ययनको पाटो हो । बेगल अध्ययन र बिश्लेषणको
बिषय पनि हो । मेरो मनको आँखीझ्यालबाट उनको समग्र ब्यक्तित्वलाई बुदाँगत रुपमा
लिँदा निम्न अनुसार रेहको पाउदछुः
१ बहुदलीय
ब्यबस्था र लोकतन्त्रप्रति अटल आस्थावान
२ स्वतन्त्र
न्यायपालिकाका अडेग पक्षधर
३ निडरता
र निष्पक्षताका एक उदाहरण
४ कानुनका
कुशल मस्यौदाकार
५ नेपालीभूमिमा
सम्झिरहने समयका सुपात्रमध्येका एक ।
एकै
स्थानमा उनीसँगको सहकार्यता (सहयोगीको
रुपमापनि) को अवसर प्राप्त हुन सकेन । त्यसैले
उनका निजात्मक स्वभाव र कार्यशैलीका भित्री बिशेषताहरुलाई यो मनले राम्ररी भेउ नपाउनु
स्वभाबिकै हो । प्रधान न्यायाधीश र न्यायाधीशका रुपमा रहेका उनका अन्य दुइभाइ (केदारनाथ उपाध्याय र बैद्यनाथ उपाध्याय) सँगभने सहयोगीका रुपमा रहेर काम गर्ने अवसर
मिल्यो । न्यायाधीशका रुपमा रहेका तिनैजनाभाइहरुलाई नजिकबाट हेर्ने र बुझ्ने अवसर
पाएकाहरु ''भित्री रुपमा दाजु बिश्वनाथ
उपाध्यायको सकारात्मक प्रभाव भाइहरुमा केही परेपनि केदारनाथ उपाध्याय र बैद्यनाथ
उपाध्यायको कार्यशैली र स्वभाव फरक नै रहेको मान्नु पर्दछ'' भन्दछन । बिशवनाथ उपाध्यायका सम्बन्धमा बाह्य
रुपमा रहेका अध्ययन र उनीप्रतिको निजात्मक अनुभवका केही बिषयलाई मनको आँखीझ्यालबाट
झिकेर शब्दमा राख्दाभने आफ्नै जीवनको पनि एक अविस्मरणीय समयका रुपमा रहेको छ ।
२०४८
सालको कर्मचारी आन्दोलनमा नेतृत्वदायी भूमिकामा लाग्ने न्यायपालिकामा कार्यरत
कर्मचारीहरुमध्ये अधिकृतस्तरको एक कर्मचारी यो पङतिकार पनि थियो । जो त्यतिवेला
नेपाल निजामती कर्मचारी सँगठन बाँकेको अध्यक्ष र पछिल्ला दिनमा केहीसमय केन्द्रिय
कार्यसमितिको सल्लाहाकार एवम् Leadership development & union skill बिषयक
प्रमुख प्रशिक्षकको भुमिकामा पनि रहेको एक पात्र हो ।
आन्दोलनमा
लागेका कर्मचारी सबैलाई तत्कालिन सरकारले बामपन्थी राजनीतिक बिचारधारक भनेर त लियो
नै कतिपय सन्दर्भमा तत्काल सत्तारुढ नेपाली काँग्रेसले आन्दोलनरत सबै
कर्मचारीहरुलाई प्रतिपक्षसहितका बामपन्थी राजनीतिक दलका सदस्यहरु सरह मानेर हेरी प्रशासनिक
क्षेत्रबाट बिभागीय लौरो हिर्काउन थाल्यो । तर भित्री वास्तविकतामा सबै सत्य थिएन
। आफ्नै नेतृत्वमा चलेको तत्काल बाँकेमा रहेको कर्मचारी आन्दोलनमा आफूसँगै पक्राउ
परी प्रहरी हिरासतमा (१५२
जनाको सँख्या हुदा प्रहरी हिरासतमा ठाँउ नपुगेर प्रशिक्षण केन्द्रमा) राखिएकाहरुको बैचारिक पक्ष र आन्दोलनमा लाग्नुको
कारणका बारेमा अध्ययन पनि गरेको थिएँ । अध्ययन गर्दा ''बैचारिक रुपमा फरक फरक अवस्था पाइएथियोभने
आन्दोलनमा लाग्नुको कारणमा तलव भत्तf बढाइदिन्छु भनेर सरकारले लिखित
रुपमा गरेको सम्झौता कार्यान्वयन नगरेको प्रतिको रोष र खान लाउन पुग्ने तलव
भत्ताको याचना मात्र रहेको''
निस्कर्ष आएको थियो ।
यसरी बैचारिक मायताका आधारमा फरक फरक नै भएपनि
आन्दोलनमा लाग्नेहरु सबै प्रतिपक्षी राजनीतिक दलको सहयोगी वा बामपन्थी बिचारधाराका
कर्मचारी र उनीहरुकै उक्साहट वा निर्देशनमा लागेको ठहरिए र आन्दोलनरत कर्मचारीहरुमाथि
नसिहतदेखि अवकाश सम्मका सरकारी लाठी बर्सिन थाले ।
कार्बाहीको
क्रममा पर्ने राजपत्रअनँकित कर्मचारीहरुको सँख्या न्यायसेवाभित्र पनि धेरै नै रहयो
। पङतिकारसहित न्यायसेवाका केही अधिकृतहरु (हरिप्रसाद उप्रेति,
रामकुमार आचार्य, बालचन्द्र शर्मा, ऋषिप्रसाद अधिकारी आदि) पनि कार्बाहीमा परे । निलम्बित भए । ततकाल दरबन्दी रहेको अदालत अर्थात पुनराबेदन
अदालत नेपालगञ्जबाट सुर्खेत सरेकाले निलम्बित अवस्थामै मेरो जागिर पनि नेपालगञ्जबाट
सुर्खेत सर्यो ।
''यो एक राजनीति मिश्रित प्रशासनिक दुर्घटना हो ।
यसमा कर्मचारीहरुलाई कडा कार्बाही गर्नु हुदै हुन्न । बिचारको कारणले विभेदिकरणको
मानसिकता गलत हो'' निलम्बित अवस्थामै बिश्वनाथलाई
भेट्दा उनको भनाइबाट आएको निस्कर्षभाव यस्तो
थियो । यो नै उनको ''बहुदलीय ब्यबस्था र लोकतन्त्रप्रति
अटल आस्थावान'' ब्यक्तित्वको एक जीवन्त प्रमाण हो ।
परिणामतः प्रशासन सेवमा धेरैको जागिरै पनि गयो तर न्यायसेवामा शायदैः? ।
निलम्बन
अवधि सकिएपछि हाजिर हुन सुर्खेत पुगेको त मुख्य न्यायाधीश हरिश्चन्द्रप्रसाद
उपाध्यायले ''माथिको आदेश'' भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ठाडो
हाजिरीका लागि पत्रसाथ पठाए । लागेँ त्यतै । केही समय बितिरहेको थियो बिश्वनाथ
उपाध्यायको निरिक्षण भ्रमण सुर्खेतमा भयो ।
पुरै
मध्यपश्चिमाञ्चल क्षेत्रका माननीय न्यायाधीशहरुको सुर्खेतमा ओइरो लागेको समय । प्रधान
न्यायाधीश बिश्वनाथको सर्बत्र जल्दाबल्दो प्रभावको समय । अदालत हातमा पुगेर लाइनमा
बसी फूलदिदै स्वस्ती चढाएँ र ''जिल्ला
प्रशासन कार्यालयमा ठाडो हाजिरीमा रहेको म शाखा अधिकृत....भन्दै परिचय दिएँ । उनले टक्क अडिएर प्रतिप्रश्न
गरे किन ? मेरो ''म पछि भेटेर निबेदन गर्नेछुँ'' भन्नेमात्र जवाफ हुने अवस्था (स्वागत समयको) थियो ।
तत्काल निजी सचिवमा कार्यरत नारायणप्रसाद दहाल (जो यतिवेला पुनराबेदन अदालत बुटवलमा न्यायाधीश
पदमा कार्यरत छन) ले भेट्नेहरुमध्येको पहिलो क्रममा नै राखिदिएकाले भित्रपसेँ । फेरि स्वस्ती चढाएँर
भनेः
''....कर्मचारी आन्दोलनमा लागेको कारणले निलम्बित भएको ६ महिना बितेपछि पनि
जिल्ला प्रशासन कार्यालयमा ठाडो हाजिरीमा पठाइएको छ । म त राष्ट्रसेवक निजामती
कर्मचारी, जागिर खानेभए सरकारले पठाएको ठाँउ
जँहापनि जानु मेरो कर्तब्य नै हो तर स्वतन्त्र न्यायपालिकाको मान्यताको अर्थमा
यसको के असर हुन्छ ? हजुरले बिचार गर्नुपर्ने कुरा हो
भन्ने मलाई लाग्दछ । बरु छिटो कार्बाही टुँगयाइदिएको भए हुन्थ्यो !.....
केरकारको शैलीमा उनको सवाल आयोः कार्बाही गर्दा
जागिरबाट नै निकालिदियोभने के गर्नु हुन्छ ?
मैले ''झोला बोक्छु'' भन्न
नपाउदै खसिहाल्यो उनको मुखबाट ''कुन
पार्टिको झोला ''?
तत्क्षण मै मेले भने ''माफ गर्नुहोला हजुरहरुको दृष्टिमा केही होला तर म
कानुन ब्यबसायको झोला बोक्छु हजुर'' ।
जवाफले
उनको अन्तर कुन्तरमा कुटनैतिक रुपमा हिर्कायो होला सायदः एकछिन मौनतामा रहयो समय ।
न्यायपरिषदका तत्कालिन सदस्य मुकुन्द रेग्मी नजिकै अर्को सोफामा बसेर हेरिरहेका र केही
टिपी रहेका पनि थिए ।
''ए नारायण जी उनको बारेमा टिप्नुस त'' एकातिर फर्केर उनले भने भने अर्कोतिर मुख्य
न्यायाधीश हरिश्चन्द्र प्रसाद उपाध्यायलाई ''के गरेको तपाइले यो'' ? पनि भने
। मलाई थाहा भो जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ठाडो हाजिरीमा पठाउने काम त
स्थानिय नेतृत्वको निर्णयबाट मात्र भएको रहेछ ।
'' म मिलाइहाल्छु भन्दै हरिश्चन्द्रले
मलाई समाउदै बाहिर ल्याए'' । स्वतन्त्र न्यायपालिका प्रतिको उनको अडेग
पक्षधरताको लागि मात्र हैन यो त निष्पक्षताको एक अर्को उदाहरण पनि हो । फेरिपनि
अदालतमा हाजिर हुन आउनु भन्ने पत्र लेख्न केहीदिन अलमल गरियो । फेरि फोन गरेँ ।
अर्को हप्कीपछिहोला सायदः बोलाइयो र हाजिर गराइयो । अदालती जागिरले फेरि गतिलियो ।
कानुनतः जो जे कार्बाही गर्नुपर्ने हो, छ महिनाभित्र गरिसक्नु पर्ने थियो तर करिब ९ महिना भइसकेको थियो । कार्बाही
हुने बैध समय नै सकिएको थियो तर बिचारधाराको निँहु झिकेर दुख्ख दिन कार्बाही गर्न
चाहेको भए प्रशासन सेवामा जस्तै न्यायसेवाका केही कर्मचारी मारमा पर्थे । सँगसँगै
म पनि । तर कर्मचारी आन्दोलन प्रतिको बिश्वनाथको गहिरो बुझाई र निष्पक्षताको
कारणले दुर्गमका सरुवाहरु र
कार्यसम्पादनको कसाई रेटाईशैली समेतका केही प्रहारहरुबाट धेरैले केही न केही दुख्ख
पाएपनि कडा कार्बाही भने कसैलाई भएन । यो उनिप्रतिको साझा सम्मानको एक आधार हो ।
(ग) समालोचना
हरेक
मानिसको जीवनको सफलताले सधै उचाई लिईरहँदैन । एक बिन्दुमा पुगेपछि अडिन्छ ।
त्यसबिन्दुको समग्रमानलाई जोगाइराख्नुमा नै सफलता हुन जान्छ । प्राप्त इज्जतलाई
कायम राख्न वा जोगाई राख्न नसक्ने हो भने ख्यातिमय जीवनमा पहिरो जाने डर हुन्छ ।
अरुको कुरा छोडौ नेपालको न्यायापालिकाको प्रधान न्यायाधीशको कुर्सीमा बसेका
नामहरुको लामबन्दीलाई सम्झ्यौँभने पनि थाहा हुन्छ को कति पानीमा रहे ? कस कसले पदमा बहाली रहेको अवस्थाको शान मान र
जीवनको उचाइलाई अवकाशपछिका केहीदिनसम्म लैजान सके ? पछिसम्म छाप पार्ने गरी को कसले के कस्तो अविस्मरणीय काम गरे । अवकाश
प्राप्त जीवनमा समाजले को कसलाई के कति खोजी रहयो र को कस्को के कति सहभागिता र
योगदान भइरहयो ? स्वास्थले साथनदिएको अवस्थाबाहेक
जीवनभर पाएको ज्ञान सीप र ब्यबहार कौसलतालाई अवकाश प्राप्त जीवनमा पनि समाजमा केही
न केही कोणबाट योगदान दिन सक्नुमा जीवनको सार्थकताको उचाई बढी हुन्छ । यो पाटोलाई
जोगाई राख्नमा अरुभन्दा बिश्वनाथ धेरैहदसम्म सफल भए ।
बिश्वनाथ कालमा भएका न्यायाधीशको नियुक्तिहरुमा केही राजनीतिक छाँया
बसेको र केहीमा भित्रि माया पसेको तथ्य जगजाहेरै छ । आफुसमेतका एकैघरका तिनभाइलाई प्रधान न्यायाधीश हुने वा बनाउने
लक्ष्यकासाथ वरिष्ठताको मर्यादाक्रमलाघ मिचेर भए गरिएका नियुक्तिहरु पनि सबैलाई
कण्ठ भएकै बिषय हुन । यसलाई एकैघरका तिनभाई प्रधानमन्त्री भएजस्तै अर्को घरका
तिनैभाइ (अझ अर्काले पनि कानुनमा स्नातक गरेको
भए ? ) प्रधान न्यायाधीश हुन किन नहुने ? भन्ने अर्थ लाग्ने गरी गरेको नियुक्ति भनेर
उतिवेलै (कानुन बिवरणिकामा प्रकाशित ''पुनराबेदन अदालतलाई प्राप्त रिटक्षेत्राधिकार'' बिषयक लेख) लेखेर चित्त बुझाइएको पनि हो । टनकपुरसँग सम्बन्धित फैसला अहिले पनि
राष्ट्रबादीहरुका मनमा चहराइरहेको छभने प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको सँसद
बिघटनको बिषयमा भएको २०५२।०५।१२ को फैसला जसको बारेमा आलोचकहरुको दष्टिमा बहुमतको
फैसलाः एक बिश्लेषण शिर्षकमा लेख लेखेर (तत्का नेपालगञ्जमा प्रकाशित हुने न्यायिक ध्वनि,बर्ष १ अँक ३ मा प्रकाशित) मन
बुझाइको थिएँ । त्यो फैसला आफैले न्याय नपाउदै उनको नेतृत्वमा बनेको सँबिधान पनि
जनबिद्रोह एवम् र जनअन्दोलनरुपी विरोधको ज्वारभाटामा परेर जलेर सकिनेमा परयो ।
पञ्चायतकालमा गरेका केही फैसलाहरुले बनाएको उनको सम्मानको चुरेपहाड
बहुदलीय ब्यबस्थाको पुनर्स्थापनापछिका चारवर्षसम्ममा थप उचाइलिएर महाभारत लेक बनेपनि
पछिल्ला दिनमा हिमाल अर्थात सगरमाथा बन्नेतिर लागेनन बरु महाभारतलेकबाट तलतिर झर्न
सुरु गरे । यसका वस्तुगत कारणहरु निम्न हुन भन्ने लाग्दछः
१ कार्यशैलीमा
बिचारकेन्द्रित र निजात्मकमुखी केही छनकहरु देखिनु ।
२ अप्रासाँगिक
बाहुल्यता देखिने प्रासँगिक कथन (Obiter dicta) सहितको
बिबादित भाद्र १२ को फैसला ।
३ न्यायाधीशकारुपमा
धेरै सफल तर न्यायप्रशासकका रुपमा धेरैहदसम्म असफल हुनु
४ अबकाशपछिको
सम्भव भूमिकामा अस्विकार्यता र अपेक्षित सक्रियताको कमी ।
निसाफ दिने सन्दर्भको पोख्तता मात्र मुख्य
न्यायाधीश र प्रधान न्यायाधीशको पदको सफलता र मुल्याकँनको आधार त बन्न सक्दैन । न
त दाबेदारी र चयनको प्रमुख आधार नै बन्न सक्दछ । नेतृत्वदायी प्रशासकीय क्षमता र
कौशलता यसको अर्को अनिवार्य पाटो हो । न्यायप्रणालीलाई सँस्थागत र आदर्शमय बनाउन
न्यायिक नेतृत्वमा प्रशासकीय क्षमता अनिवार्य हुन्छ । लोभ, लालच र मुलाहिजा बिहिनता यसको अर्को आधार हो । पदको गरिमालाई जीवनभर बोली र ब्यबहारद्धारा
अनुप्रमाणित गर्न सक्नुपर्छ । बोली र आवरणमा आदर्शमय देखिएमात्र हुदैन, हरेक ब्यबहारहरुले देख्दा साच्चै झुकने र भ्रष्ट
बेइमान र नालायकहरु कम्तिमा डरले लुक्ने ब्यक्तित्व हुनु पर्छ । न्यायाधीशमा
हुनैपर्ने दुई गुणमा पहिलो इमान्दारिता हो भने दोस्रो सक्षमता । मुख्य न्यायाधीश
वा प्रधान न्यायाधीशका लागि थप तेस्रो आवश्यक योग्यता प्रशासकीय ज्ञान र
ब्यबस्थापकीय नेतृत्वदायी क्षमता हो । ब्यबहाहरुबाटै तेस्रो योग्यतामा उनी कमजोर
देखिए । पछिल्ला दिनहरुमा ''न्यायाधीशको
पदमा जसरी न्यायप्रशासकको रुपमा मेरो भुमिका हुन सकेन'' भनेर आफैले स्विकार गरेको बिषय हो यो ।
न्यायपालिकाको
नेतृत्वकर्ता प्रधान न्यायाधीशले इमान्दार न्यायाधीशलाई चुनौतिपूर्ण अवसरहरुकासाथ स्याबासी र ढाडस दिदै
हर्ष्याउने र न्यायको पबित्र कुर्सिमा बसेरपनि इन्साफ बेच्नेहरुका ढाडमा टेकेर
टाउकोमा कार्बाहीको कडा लठ्ठी बर्साउने क्षमता राख्नुपर्छ । आफू स्वयम ''आफू त महादेव उत्तानो परः कल्ले देला वर'' रुपी हुने र कामधारी हैन, मात्र नामधारी हुनेहोभने ब्यक्तिगत रुपमा स्वयम्
प्रधान न्यायाधीशको कुर्सिमा रहनेको यशपनि दिर्घकालिन त टाढैको कुरा हो, भित्रीरुपमा तत्कालिन यशपनि रहेको हुदैन । अबुझ, भ्रष्ट, अबिबेकी तथा ढोँगीको हातमा न्यायको शक्ति पर्नगयोभने के होला र के के
गर्ला ? कल्पना गरौँ त ? समग्र न्यायिक मुल्य र मान्यताको सर्बनाश ! परिणामतः दिर्घकालिन कुप्रभावकासाथ सँस्थागत
रुपमा सिँगो न्यायपालिका र अन्ततः देशलाई नै घातक कलँक बन्न पुग्दछ । त्यस्तो
कहिल्यै नहोस र कसैबाटपनि नहोस भनी सतर्कता कायम गर्नकालागि लागि न्यायाधीशको
कुर्सिमा राख्नुअघि अर्थात नियुक्तिकैबेला सम्बन्धित पदाधिकारीहरु अर्थात
न्यायपरिषदका अध्यक्षसहितका समस्त सदस्यहरुले बिचार पुर्याउनु पर्दछ ।
यसकोणबाट
हेर्दा बिश्वनाथ कामबाटै प्रधान न्यायाधीश बने । कामबाटै सम्मानका सुपात्र
बनिरहे । कामको माध्यमबाटै प्रधान न्यायाधीशको सम्मानित कुर्सीलाई सुनाममय एवम
श्रद्धामय बनाउनमा धेरैहदसम्म सफल भए । स्व. हरिप्रसाद प्रधान बाहेकका
कुनैपनि प्रधान न्यायाधीशले उनले चुमेको प्रधान न्यायाधीशको कुर्सीको पबित्रता
र सक्षमताको उचाइलाई आजसम्मका कसैले पनि उछिन्न सकेका छैनन ।
''जीवनमा द्रब्यको लोभ गरे उनले'' भनेर दुश्मनले पनि भन्न सक्ने अवस्था छैन । कोठामा
एकेलै बसेरपनि न्यायसम्पादनको लागि ''आवश्यक ज्ञान र सीपको अभावका थिए'' भनेर भन्नसक्ने ठाँउ कसैलाई दिएनन् उनले ।
न्यायाधीश पदलाई ज्यादै सम्मानित देख्नु र सैद्धान्तिक रुपमा न्यायाधीश पदलाई माथि
उठाउनु उनको दोष अबश्य थिएन । सँबिधानले दिएको सम्मान थेग्न वा प्राप्त सम्मानलाई
जोगाइराख्न नसक्नेहरुकै दोष हो यो र सम्मानको दुरुपयोग गर्नेहरुमाथि यथासमयमा
निगरानी हुन र यथोचित कारबाही गर्न नसक्नेहरुको दोष पनि हो ।
सबै
न्यायका उपभोक्ताले खोजेको जस्तो कोहीपनि हुननसक्ने यथार्थता सबै न्यायकर्मीहरु (बिशेषत न्यायाधीशहरु) ले स्विकार्नु पर्ने भएजस्तै पङतिकार वा अरु
कसैले चाहे जस्तो बिश्वनाथ उपाध्याय नहुनु वा पाउन नसक्नु पनि स्वभाबिकै हो । बिश्वनाथ
सबैले सोचेँ जस्तो र खोजेजस्तो नभएपनि कम्तिमा त्यत्तिको ब्यक्तित्व अरु कोही
भइदिए हुन्थ्यो भन्ने सुपात्रका रुपमा अर्थात बिश्वनाथ का रुपमा कार्यकाल
बिताउन र रहन सफल भए ।
अन्तमा
उनी जत्तिकै न्यायाधीश वा प्रधान न्यायाधीश यो मुलुकले कहिले पाउला ? भनेर हेरिरहेका लाखौँ आँखाका आशा र भाकाहरुको
सम्मानकासाथ स्वर्गिय बिश्वनाथ उपाध्यायप्रति हार्दिक एवम सतत् श्रद्धासुमन ।
(२०७१।०४।३१, प्यूठान दाङवाङ ७ धनवोट/हाल बिरौटा पोखरा/adrdhanbot@gmail.com)
No comments:
Post a Comment