नेपालको
चेहरापुञ्जी
अर्थात
सबैभन्दा बढी पानी पर्ने ठाउँ
माछापुच्छ्रे
र अन्नपुर्ण सम्मुखको
कवि
एवम गीतकार
बिकास
गौचनको कल्पनाको कविता गाँउ
२०६५
चैत्रमा घोषित
कविहरुको
मन पोखिएको ठाउँ।
''कवि मनले कबिता रचौँला
हासी
मज्जा गरेर बसौला'' ।१।
यँहा कृषिवालाहरु
कल्पिन्छन
रङीबिरङगी
फूलहरु झल्किन्छन
बाँदरहरुको
बथान
चराहरुको
चिरबिर
चिसो
हवा सिरसिर
हरियालीका
बिचको काख
कृषिबिज्ञहरुको
साख
शान्त
सौम्य सुशोभित
मनै
छुनेः बसीरँहू हुने।
''चिसो चिसो लुम्लेको हवाले
मुटु
छुने लजालु आँखाले ''।२।
साङलाले बाँधिएजस्तै
अडिएका
भीरहरु
तानसेनको
सँग्रहालय
ठुला
खर्कको सौन्दर्यता
हिमश्रृँखला
दृश्यावलोकनको बिन्दु चन्द्रकोट
जैबीक
विविधताको खानी ।
''देख्दै आँखा झिम्काउने नानी
अलीअली
हँसाउदै लजाउने बानी'' ।३।
ढिडो
गुन्द्रुक मोही र मकैको खान्गी
रोदी र
भजनमा डुब्ने रँगीला बान्की
वसन्तकालीन
लाली गुराँसको राताम्यपन
पञ्चेबाजाले
छमछम हुने सबैको भित्रिमन
कान्छी
बाराही र काली माइको चाख
शान्त
सौम्य स्थलको अनुपम साख।
''आउदै गर लुम्लेमा नँया जोडी बनी
आनन्दित
हुन्छ है बुढयौली मनपनि ।४।'
२०७१
भाद्र २५ बिरौटा
No comments:
Post a Comment