Saturday, 9 August 2025

देशः सम्बृद्दिको आधार

                                

    


 
देशको समग्र सम्बृद्दिका लागि

      सुशासन, शान्ति र प्रभावकारी न्यायका लागि

      सधै सधै चाहिने भनेको

      निम्छरो नागरिक समाज होइन,

              सशक्त नागरिक समाज हो,

      सत्ता र स्वार्थ केन्द्रीत पत्रकारिता होइन,

              स्वतन्त्र र व्यवसायिक पत्रकारिता हो,

              दमित र निर्देशित होइन,

              स्वतन्त्र र निष्पक्ष न्यायपालिका हो,

              नीतिगत निर्णयका नाउमा पन्छिने

      अख्तियार होइन,

              राष्ट्रप्रमुख र सरकार प्रमुख उपर पनि

कानूनी दण्डको लौरो बजार्ने अम्बुडसम्यान हो,

सचेत र श्रमशील जनमत

उत्पादनमुखी र अवसरमा समानता नीती

ओंठे होइन, समर्पित राष्ट्रभक्ति

उच्च पदाशिनहरुमा उच्चतम नैतिकता

सबैसबै क्षेत्रमा व्यवसायिकता ।

यी भए मीठा सैदान्तिक आधार

व्यवहारमा खोज्नु र हेर्नुछ,

कँहा कँहा छ र कहाँ कँहा पाइन्छ ?

अध्ययन, चिन्तन र मनन

सबैका लागि, सधै सधै चाहिन्छ ,

लाग्दछ सबैको मन, हिजो आज

घरिघरि, त्यसकै रोजीमा छ,

घरिघरि, त्यसकै खोजीमा छ ।

 

२०८२।०२।१०                                प्यूठान धनवोट। हाल नरेफाँट काठमाण्डौ 

 

 

 

No comments:

Post a Comment