Thursday, 14 August 2025

अचम्मको खुसी

  

       छोरा जन्मदा मात्र दीयो बालेको देखेँ

      कतिले छोरीलाई गर्भमै फालेको पनि देखेँ

      जब बुढेसकालमा छोराले बाsआमालाई

      बृद्द आश्रमतिर लैजान्छ,

      तब छोरीले बा आमालाई लगेर पालेको देखेँ ।१।

     

जीनवमा के के देखे ? के के देखेँ ?

            केही मान्छेहरुले अँहकार पालेको देखेँ

     विडम्बना मान्छेमा हुनुपर्ने प्रमुख गुण

मानवता नै ढालेको पनि देखेँ

      त्यसैले त मानवता जगाउँनका लागि

केहि गीत लेखे

केहि कविता लेखेँ

      किनकि अन्त नभए पनि

सर्जकहरुका गीत / कविताका शब्दहरुको मर्ममा

      मैले मानवताको कर्म, धर्म र मर्म देखेँ            ।२।

 

२०७६ असौज ७                                                  राधेमाइ टोल (वीरगन्ज)

) अपराजिता बन

No comments:

Post a Comment