Sunday, 17 August 2025

बाल दुराचारः अर्को कथा लघुकथाः मर्निँग वाकको प्रसाद

 

१५ वर्षे निमेषले १३ वर्षिय ज्ञान ११ वर्षिय सुमन तथा १० वर्षिय मनसँगै सडकमा दिन बिताउने गरेका छन । निमेष नाइके हो यी सडक बालकहरुको । उसले ज्ञानुलाइ फिल्म हलतिर पठायो पकेट मार्ने काममा । सुमन र मदनका हातमा केही चक्की डाइजापाम दिएर लेकसाइतिर पठायो ।  यो उसलाई कमिसनको लालच देखाई अरुले नै दिएको काम थियो ।

राष्ट्रबैँक नजिक पुग्दा एटिएमबाट रकम झिकेर हिडिरहेकी गीतातिर उसको ध्यान जान्छ । पछिपछि लागि बसमा चढ्ने वेलामा चट पार्छ मनि ब्याग । लाग्छ लेकसाइडतिर । सुमन र मदनलाई भेट्छ । एक एक डोज लगाँउछन तिनै जना । बाँकी उसैले किनेर लग्छ र बाराही मन्दिर परिसरमा बसेर दोब्बरमा बेच्छ । सुमन र दमनले एक एक क्वाटर जीन खान्छन । ढुँगाले सवारी साधनहरुमा हिर्काउदै हिड्छन । पुलिस देखे लुक्छन । हल्लिदै हल्लिदै अबेर गरी सडक घरमा पुग्छन । केहीबेरमा ज्ञानु पनि मातेको जिउ लिएर त्यही आइपुग्छ र निमेषलाइ आजको हिसाब दिन्छ । स्याब्बास हिरो भन्दै धाम हान्छ । सुमन र मदनको हिसाब गडबडी लाग्दछ उसलाई । भक्कुमार लगाउछ । यति भकुर्छकि मदन  उठ्नै नसकेर थला पर्छ । सुमन नजिकैको ढलको भित्र गइ बच्छ । ज्ञानु मदनको लासको नजिक पल्टेर रात बिताउँछ । भोलिपल्ट उज्यालो नहुदै निमेष लापत्ता हुन्छ । सुमन पनि आइपुग्छ । दुबैका आँखाबाट बरबरी आँशु झरिरहन्छ । एकपछि अर्को गर्दै मानिसहरु जम्मा हुन्छन । केही बेरमा प्रहरीको भ्यान आउँछ । के के जाति टिपेर लेख्छन उनीहरुले । ज्ञानु र सुमनलाइ झयाँइकुटी पार्दै एउटा भ्यानमा राख्छन् । र अर्को भ्यानमा मदनको लाश । लाश राखेको भ्यान पश्चिमान्चल क्षेत्रीय अस्पत्तालतिर लाग्छभने सुमनहरु भएको भ्यान बैदामतिर । बाटोमा सुमन भ्यानबाट हाम फाल्दछ । अर्कोतिरबाट अकस्मात आइरहेको मोटर साइकलमा ठक्कर खान्छ र ठहरै हुन्छ । मर्निँग वाकमा आइरहेका एक जोडीले त्यो बालकलाई उठाउछन र हेर्छन आकृतिगत रुपमा आफ्नै नातीलाई देख्छन । के हो के हो लाग्दछ । फेरि आखाँ मिचेर हेर्छन । हो रहेछ । दुबै छाँद हालेर रुन्छन । मुर्छा पर्छन । प्रहरीहरुले उठाउन खोज्दा त तिनै जना ललाँग लुलुँग ।

        

२०७१।०२।२७                                     बिरौटा

                            

 

 

No comments:

Post a Comment