एक निष्ठुर शनिवार
क्रुरताले भरिएको आवाज लिएर
एकाबिहानै मोबाइलको घण्टी बज्यो
रबि रहेनन !
अब रबि अर्थात रबिराज काफलघारीमा भएनन
।१।
हानिन्दै रामघाट पुगेँ
हुलका हुल मान्छेहरु वोइरिए
हजुर आमा दिदी बहिनी
भाञ्जी माइज्यू आदि आदि
बस नै रिजाप गरेर वोर्लिए
पसिना झारे
आशुँ झारे
सबैले चिन्तित र निन्याउरो अनुहार
पारे
आफूहरु रोए
अरुहरुलाई रुवाए
बिचरो रबि !
मुर्दा बनेर बैँशको रुख मुनि लम्पसार
परिरहयो ।२।
आमा र जीवन सँगिनीसहितका
सयौँ दिदीबहिनीहरुको आँखाबाट आशुँ
झरिरह्यो
कसैलाई पिर परेको देखेमा रुने रबि !
कसैका लागि आवश्यक परेमा सदा हाजिर
हुने रबि !!
एककोहोरो रुपमा अर्थात टुलु टुलु
हेरिमात्र रह्यो
डाक्टरले राजधानी मै लैजाउ भनिसकेछन
न सास रह्यो
न फेरि बोल्ने आश नै रहयो
हो रबि अर्थात काफलघारीको एक आशाको
केन्द्र
कानुनी शिक्षाको प्रिय मित्र
न्याय र समानताको एक पक्षधर
कलमजीवी र शब्दशिल्पीपायनको अथक
यात्री
आदरणिय कुटुम्ब
एक क्रुर कालो शुक्रबार
उसले सम्पादन गरेका र कोरेका
शब्दहरुमा मात्र जीबित रहने गरी गयो
।३।
रबि त गयो गयो
तर बिडम्बना!
रबि जानुको एक पीडामा
अर्को पीडा बनेर उर्लियो
रबि सोलायात्राका लागि रामघाटतिर
जादै गर्दा
अथार्त रबिलाई भाइभतिजाले दागवत्तिका
लागि
सेतिको किनारातिर लादै गर्दा
हुलका हुल बाँधेर
काफलघारीबाट ओर्लिएका महिलाहरु
जब गीता मन्दिरको हाताबाट रामघाटतिर
झर्न निषेधित भए
मेरो ह्दयमा अर्को बज्रप्रहार भयो ।४।
कठै कठै रबि !
अरु भन्दा फरक गर्ने
तिम्रो जीवनको
मनोभावना भावना मै सिमित रहयो ।५।
आमा दिदी बहिनीहरुले लगेका दाउराले
तिमी जल्ने थिएनौ र रबि ?
रामघाटमा चेलीहरुले एक मिनट मौन धारण
गर्दा
तिमी चितामा वल्ने थिएनौ र रबि ?
हिजो सम्मकी तिम्री जीवनसँगिनी
काकीको बाहुली बलको कज्याइमा
र तिम्रा रक्तकणहरु दिदीबहिनीहरुको
बलको रज्याइँमा परे
तिनीहरु एक पछि अर्को गर्दै
आशु झार्दै बसको झयालबाट तिम्रो चिताको
धुवाँ हेर्दै
उकालो चढे
यता रामघाटमा तिमी जलिरहयौ
उता सयौँ चेलीहरुका आत्मामा तिमी
बलिरह्यौ । ६।
कस्तो बिडम्बना !
तिमी पाँच दशकसम्म
न्याय र समानताका लागि
कानुनका अक्षरहरुको खेती गर्दै
अदालतको कचहरीमा अन्यायका बिरुद्ध
लड्यौ
लड्दै अघि बढ्यौ
कानुनबेत्ताको शिखरमा चढ्यौ
तर बिडम्बना !!
तिम्रो लाशमाथि दाउरा राख्ने हक
तिम्रो चितामाथि चिरशान्तिको ज्वाला
वाल्ने कर्तब्य
तिम्रै छोरीहरुले पाउन सकेनन
तिमीलाई ''रबि'' भनेर मुसार्ने फुपु र दिदीहरु
तिमी जलिरहेको हेर्न पनि
सयपाइला तल रामघाटमा झर्न सकेनन
थुक्क परम्परा !
रुदैँ वोइरिएका ति असँख्य महिलाहरु
मान्छेको कोटीमा आज पर्नै सकेनन् ।७।
मलाई माफ गर रबि !
जिन्दगीभर समानता र न्यायको लडाई
लड्ने तिमी
तर तिम्रै लाशले
आधा आकाश र आधा धर्तीलाई न्याय दिन
सकेन
त्यसैले रवि !
मेरो भित्री अन्तर ह्दयमा
असमानताको यो कालो प्रहार पचेन
त्यसैले म पनि तिनै आइमाइहरु (?! ) को कोटीमा परेँ
श्रद्धान्जलीको एक गुच्छा
तिम्रो मुडो शरिरमाथि राखिदिएर आफ्नै
गन्तब्यतिर झरेँ ।८।
अब त म केवल फिराद लेख्न सक्छु
कथित परम्पराको नाउमा
आमा चेलीहरु हेपिएको फिराद
आइमाई मलाम जान हुदैन भन्ने
कथित अन्ध बिश्वासमा चेपिएको
काफलघारी बिरुद्धको फिराद ।९।
हो तिमी बिनाको काफलघारी
धेरैलाई अब कैयौ वर्ष काँडाघारी
लाग्ने छ
तर असमानता प्रतिको मेरो फिराद जारी भने
रहने छ
जबसम्म काफलघारीका हर चेलीहरु मलाम
आउन पाउदैनन
जबसम्म काफलघारीका महिलाहरुले
आफन्त वा परिचितको मृत्युको शोकमा
रामघाटमा एक मिनेट मौन धारण गर्न
पाउदैनन
तब सम्म असमानताप्रतिको मेरो फिराद जारी
रहने छ ।१०।
प्रिय रबि !
बिश्वास गर मेरो यो मान्यता माथि
मेरो बिश्वास काफलघारीमा फुल्ने छ
तिमी कुसँस्कारका बिरुद्ध
''नयाँ रबि'' बनेर उदाउने छौ
रुपान्तरित सुसँस्कारलाई
तिमीले नै देश देशावरमा पुर्याउने छौ
।११।
यही तिमीमा शब्दश्रद्धान्जली !
यही तिमीमा पुष्पाञ्जली !!
(कास्की जिल्ला कालिका गाबिस काफलघारी
निबासी बिद्वान अधिवक्ता श्री रबिराज भण्डारी प्रतिको शब्द श्रद्धान्जली
२०७१।०६।०४ साँझ ७ वजे)
No comments:
Post a Comment