Monday, 18 August 2025

गीत माया बस्यो

 

 किन किन माया बस्यो तिम्रो मेरो बिच

यस्तो गाँठो कस्याछैन अन्त कसैसित

 

नदेखेमा तिमीलाइ छाती भित्रै दुख्छ

नजिक हुदा तिम्रो सामु सारा दुख्ख लुक्छ ।

 

अँगालोमै बाधौँ जस्ती ए पृथ्वीकी। परी

अन्त कतै म देख्दिन यो सुन्दरता सरी ।

 

म त तिम्रो फ्यान बने हेर्दा हेर्दै हेर

मेरा नजर नजाउन है बिना मुल्य खेर ।

 

के भनेर फकाँउ ।सजाउँ । तिमीलाई मैले आज ?

च्याप्पै समाउ जस्तो लाग्छ जे भनोस समाज ।

 

कि त आउ तिमी आफै कि तानेर ल्याउँछु

तिमी साथमा आयौभने बल्ल खुसी पाउँछु ।

 

किन किन माया बस्यो तिम्रो मेरो बिच

यस्तो गाँठो कस्याछैन अन्त कसैसित

 

२०७०।०८।२५ पोखरा                                         adrdhanbot@gmail.com

 

No comments:

Post a Comment