Sunday, 17 August 2025

कविताः बाघको आहार मान्छे

 


''वनमा आहार हराएपछि बाघ वस्ती पस्छ,

परम्परागत आहारा त के, भेटे मान्छे नै डस्छ''

भन्थे, बुढापाकाहरु

हो रहेछ,

यसअघिपनि

सुते-बसेको मान्छे त खाएकै थियो बाघले

यतिवेला त

मोटरसाइलमा सवारलाई नै लगेछ,

अब सम्झ, हे! मान्छेहरु,

बाघको आहार मान्छे बन्ने परिस्थिति!

बाघले ल्याएको हो कि मान्छेले ?

नबिर्स, मान्छे कहिल्यै बाघ बन्नु हुदैन,

र बाघलाई मान्छे खाने बनाउनु हुदैन,

नत्र मान्छेविहिन प्रकृति बन्छ,

यो दु:खान्त घटनाले सायद;

यस्तै यस्तै भन्छ,

यस्तै यस्तै भन्छ,

आश छैन, तर भन्नु पर्छ

तिमी सकुसल फर्केर आए,

''असतोमा सतगमय

तमसोमा ज्योतिर्गमय''

 

नन्दकली थापा लम्किचुहा बर्दिया (५०) वर्ष लाई  मोटरसाइकलबाटै होँतरेर बाघले बर्दिया रा नि को बाटबाट लगेको समाचार पढेपछि

राजबिराज २०७७।९।१८ गते                                                     १२:१२ वजे

 

No comments:

Post a Comment