घाऊमा मलम लगाऊ, पीडा नथप भन्ने शिषर्कमा रहेको नयाँ युगबोध दैनिकमा साउन ३१ गते प्रकाशित गुरु नारायणप्रसाद शर्माको लेख पढेपछि केही लेख्न मन लाग्यो । लेखले धेरै अर्थमा उर्जा दिएको छ ।उत्साह थपेको छ
तर जति अंहम् गरे पनि मन पातलै हुनेरहेछ । आजभोलि मलाई
राजनीतिसित अलि विरक्ति नै जागेको छ भन्ने
लेखको भाषाले भने मन भाँच्न पुग्यो मेरो ।
सधै
उत्साह जगाउने गुरुमा किन आउन लाग्यो बिरक्तिपन ? चिन्ता र चासोको बिषय बन्यो मेरा लागि
अर्थात मेरो कलमको लागि । त्यसैले पाठक प्रतिक्रिया स्वरुप केही लेख्ने प्रयास
गरेको छु यँहा । गुरुमा आफूले ठिकै मानेका केही नेताहरु बिग्रेको प्रसँग उठाउदै
बिरक्तिपन देखिएको छ । राजनीति नै सबै थोकको मानक हो भन्ने लागेको गुरुको मनमा
राजनीति नै सबैखाले बिकृतिको जनक भएजस्तो हुन गएको कारणले बिरक्तपन आएको जस्तो
देखिएको छ । तर मलाइभने गुरु त्यसरी बिरक्तिनु सरासर बेठिक हो र यस्तो हुनु त
गुरुले आफ्नो बिगत बिर्सन खोजेको कुअर्थ लाग्ने वा लगाउनेहरुलाइ मौका दिनु मात्र
हो भन्ने लागिरहेको छ ।
मेरो बुझाइमा केही नेताहरु बिग्रे तर गुरुहरु
बिग्रेका छैनन् । केही नेताहरु थाके तर गुरुहरु थाहेका छैनन् । प्रगतिवादी भन्ने
केहीले टाउकोमा बोलबमको ठूलो फेटा लगाए त केहीले पास्चरबाट आशिर्वाद थापे तर
गुरुहरुको टाउकोमा न त बोलबमको फेटा परेको छ न त पाश्चरको हात नै ।
राजनीतिशास्त्रमा एम ए पढ्दा मैले पढेको र
मैले बुझेको कम्युनिष्टहरु भौतिकवादी हुन्छन भन्ने हो । मैले बुझेको इश्वर
काल्पनिक आस्था हो र धर्म यथार्थ धारणा हो । अर्को शब्दमा भन्दा इश्वर काल्पनिक हो
र धर्म वास्तविक हो । मैले बुझेको सच्चा कम्युनिष्टहरुले इश्वर मान्दैनन् केवल
धर्म मान्दछन भन्ने हो ।
मानव सँसार रुपी जीवन र जगतलाइृ सुन्दर
बनाउने धर्म । मानव पीडाहरुमा मल्हम लगाउने धर्म । आफ्नै श्रम र पसिनामा बिश्वास
गर्ने अर्थात गरी खाने धर्म । श्रमजीवी जीवनीको धर्म । मानवतावादी कर्मको धर्म । सबैलाइ
सधै समान देख्ने र सबैको समानताको जीवन कथा लेख्ने सिर्जना र भोगाइको भित्री मर्म
।
मैले बुझेको सत्य तीन प्रकारका हुन्छन
दार्शनिक, काल्पनिक र यथार्थ । कम्युनिष्ठहरु काल्पनिक सत्यलाइृ हैन यथार्थ
सत्यलाइृ मान्दछन् । तर केहि मान्छेहरु दार्शनिक सत्यबाट काल्पनिक सत्यतिर लागिरहेका
छन् तर बिश्वास छ गुरुहरु लाग्ने छैनन् । जीवनपर्यन्त आफूले बुझेको, मानेको
र सही सत्य भनेर ठानेको यथार्थबादी ज्ञानबाट किञ्चित रुपमा पनि बिचलित हुने छैनन्
गुरुहरु ।
तर आश्चर्य लाग्यो गुरु अर्थात नारायण
प्रसाद शर्मालाइ राजनीतिप्रति बिरक्ति लागेछ किन ? बिरक्ति लाग्न
गयो किन ? चेलाहरु बिग्रेकोमा दुख्ख लाग्नुसम्म ठीकै हो । बिश्वास गरेकाहरुले
धोका दिदै गएकोमा रिस उठ्नु पनि स्वभाबिक हो । नेपाली लोक र नेपाली माटोको लागि
केही गरी जालान् भनेकाहरु मरी जाने ढँगले भीर खोज्दै गएको देखेर ए ए नजाआ भन्नु
पनि स्वभाबिक हो तर बिरक्तिने किन ?
मैले
बुझेको बिरक्तिले बैराग्यता जगाउँछ र बैराग्यताले फेरि उही आध्यात्मवादतिर डोराँउछ
। फेरि उही ढोँगी जीवनतिर लैजान्छ । फेरि उही काल्पनिकतातिर लैजान्छ । अरुहरुका
नजरमा गुरुहरु नै बुझाँइको त्रुटीमा रहेको पो देखादँउछ । गुरुहरुमा कसरी हुन सक्दछ
त्यस्तो ?
मैले बुझेको गुरुहरु जे देख्छन, त्यही त्यही बोल्छन र त्यही त्यही
लेख्छन भन्ने हो । मैले बुझेको गुरुहरु अन्तिम सास रहेसम्म आस्थालाइृ साँचेर
यथाथर्ताको जीवनमा बाँचिरहन्छन र मरेर पनि बाँचिरहने सुकर्मजन्य कर्महरु गरीरहन्छन
। गुरुहरु कदापि मोहनचन्द्र अधिकारीहरु बन्दैनन् । गुरुहरुले राजनीति भन्ने नै
खत्तम रहेछ कदापि भन्दैनन् किनकी राजनीति नै मुल नीति हो । यसैको बिजबाट सबै
नीतिहरुको जन्म भएको हो .......यो त दाशर्निक सत्यता मात्र हैन वास्तबिक यतार्थता
पनि हो । यस्तै यस्तै भनेर गुरुहरुले नै सिकाएको मलाइृ एलेपनि सम्झना छ ।
गुरुहरु, जो निरकुँशताका बिरुद्ध लडे । जेल परे । नेलमा
ठोकिए । लतारिए । पछारिए । भोकै बितेका
रातहरु र एकपछि अर्को गर्दै परेका सन्तापहरु कति कति ? सानो छँदा देँख्थे गुरुहरुलाइ निरकुँशतावादीहरुले हतकडी लगाएको ।
सुन्थे अब घर न घाट पार्छ रे भनेको । अझ सुन्थे निरँकुशताले मार्छ रे भनेको ।
लोभाउनु लोभ्याए गुरुहरुलाइ । तर्साउनु तर्साए गुरुहरुलाइ । हात खुट्टा र जीउमा
लाठीहरु बर्साए गुरुहरुका । मलाइ सबै हैन केही र समग्रमा हैन अली अली मात्र थाहा छ
तर गुरुहरु गलेनन् । गुरुहरु कहिले डेग चलेनन् ।
बाँचे सँसार मरे यौटा ज्यान गुरुहरुले प्रण गरे । गुरुहरुले सिकाए ।
गुरुहरुले देखाए । एउटा सुन्दर र सुदुर
भविष्यको अवश्यम्भावी यात्रा र अवश्यम्भावी गन्तब्य भनेर गुरुहरु लागि रहे र
चेलाहरु (समर्थकहरु) लाइ आफूसँगै लाग्न डाकी रहे ।
थोरै हो र ? करिब ६० वर्ष पो हो गुरुहरु लागिरहेको र
जागिरहेको । भोकमा बिरक्तिएनन् । शोकमा बिरक्तिएनन् । बैरीहरुका लाठी र बुटले
मरणासन्न हुदा पनि बिरक्तिएनन् । होसमा आएपछि दाह्रा किट्दै बैरीहरुलाइ नै
दुत्कारे गुरुहरुले। आज किन बिरक्तने भन्या ? ख्बै कुन्नी किन हो ? गुरु केवल एकछिन शब्दमा मात्र बिरक्तिएका हुन ।
के भन्ने रहेछन भनेर परीक्षा लिन पो बिरक्तएँ भनेकी ?? यस्तो
पो लाग्दछ कतिवेला त मलाइ ।
गुरु
र गुरुहरु प्रतिको आस्था र बिश्वास यति गहिरोसँग गाडिएको छ कि गुरुहरु बरु आकाश
खस्ला बिरक्त्तिदैनन भन्ने लाग्दछ । गुरु बरु एक्लो बृहस्पति बन्लान तर
बिरक्तिदैनन् । किनकी गुरु यतिवेलासम्म आइपुग्दा अब नारायण प्रसाद शर्मा मात्र
हैनन् उनी त एक प्रकारले सँस्था बनिसकेका छन् । आस्थाको पहाड बनेर ठीँग उभिरहने
सँस्था । तरतरी बगिरहने श्रमजीबीका पसिनाको सँस्था । ह्वारह्वार्ती बलिरहने जीवनका
ध्यौतक । अबिस्रान्त पत्रकार । अथक सर्जक । न कसैको प्रसँशाले फुर्किने न कसैको
आलोचनाले तर्सिने । उनलाइ जान्नेहरुका लागि उनी मानव रुपी श्रीखण्ड नै हुन ।
नजान्नेहरु वा चिन्ह नसक्नेहरुले मनमनै बनाउलान् खुर्पाको बिँड त्यो बेग्लै हो ।
जीवनमा सकारात्क सोँचका साथ निस्वार्थ रुपमा लोकको हित गर्ने र यथार्थवादी ढँगले हिड्ने
र अरुलाइ पनि हिडाउन प्रयत्न गर्ने मानवहरु गुरु हुन र यस आलेखका गुरुहरु हुन
।
मनभित्र रहेको गुरुहरु प्रतिको आस्थाको थोरै
कुरा लेखिएछ यसबेला । तर भरोसा भने मरेको छैन है गुरुहरु प्रति । खुसी लाग्यो
गुरुहरु एले पनि दिनरात चिन्तनमा रहेछन । अतिज्येष्ठ नागरिकको उमेरमा पनि हात
पाखुराहरु श्रम र सिर्जनामा जुटेकै छन । मन मष्तिष्कहरु हर प्रहर उठेकै छन् । कलम
चलिरहको छ । जीनव पनि त आगो हो यो पुतपुत्याएर बल्नु भन्दा दनदनी बल्नु पर्छ । आफू
जलेर पनि लोकलाइृ उज्यालो पार्ने यात्रामा जलिरहनु पर्छ भन्ने मान्यताले सधै
भर्भरउँदा देखिने र मनको मझेरीमा एउटा आस्थाको पुञ्जका रुपमा बाल्यकालदेखि
हालसम्मै लेखिइरहने गुरुहरुप्रति नमन नगरी रहन कसरी सकिन्छ र ? सतत
नमन छ मेरो ।
चौरासी वरपरको उमेरमा पनि जन्मेको माटो
खोस्रदै किसानको पक्षमा काम गर्दै माटोको माया गर्ने र अक्षरधाममा बसेर शब्दहरुको
खेती गर्ने गुरुहरु सधै सधै सलामका पात्र बनेका छन र अब पनि बनी रहने छन । बिग्रन
खोजेका वर्तमानहरुलाइृ सपार्ने प्रयासमा अहोरात्र लागि रहने छन् । चौबिसै प्रहर
जागिरहने छन् । देश र जनताको मायामा श्रमजीवी हातहरु फैलाउन सधै सधै सत्य न्याय र
समानताको अधिकार प्राप्ति र उपभोगका लागि लागि रहनेछन् ।
मेरो अटल बिश्वास छ, गुरुहरु कदापि बिरक्तिने छैनन् ।
गुरुहरु बिरक्तिएभने सँसार बिरक्तिने छ । मान्छेका लागि बिरक्तिएको सँसार हैन मान्छको
जीवन भर्भराउदै बलेको सँसार चाहिन्छ । शान्त सुखी र क्रमश बिकसित सँसार चाहिन्छ ।
गुरुहरुलाइृ बिरक्तिन सुहाउदै सुहाउदैन र गुरुहरुले बिरक्तिन पाउदै पाँउददैनन । यो
समयको आवाज हो ।
हो गुरुहरुको चाहना पुगेको छैन । चहना
नपुगेकोमा गुरुहरुको चित्त कत्ति बुझेको छैन । त्यो क्रान्ति भएर आउने छ भन्ने
सपना देखेका र कतिपय सन्दर्भमा आफै पनि लेखेका गुरुहरुलाइ समयको पीडाजन्य बेथाले
नराम्री च्याँपेके छ । सजिलो गरी पुरा हुने रहेनछन गुरुहरुका सपना : जसरी कवि सरुभक्तले साइवर
क्याफेमा एक दिन कविता सँग्रहमा लेखेका छन् । त्यँहाका केही पँग्तिहरु
क्रान्ति भन्नु एउटा मीठो भ्रम
मात्र होकी
साँचो मुक्ति कतैबाट अझै आय छैन
सत्य न्याय समानता भनी के गर्नु र ?
निमुखाले अझै पनि न्याय पाय छैन
जति बुद्ध आया पनि शान्ति आय
छैन
मान्छे मान्छे मिलि यहाँ गीत
गाय छैन ।
हो, मान्छेहरु खोजीका मान्छे वा रोजीका मान्छे बन्न नसकेका कारण
गुरुहरुले देखेका सपनाले बिपनाको रुप लिन सकेको छैन । तर आस्था अजम्बरी हुन्छ ।
आस्थाले गुरुहरुलाइ बिरक्तिन दिदैन । देश बालुवाको घर हैन । देश माटो पानी र हवा
मात्र पनि हैन । देश त एउटा आस्था हो । हवा पानी माटो र वनस्पति सँगै बिभिन्न
जीवहरु बाँचेको र त्यही जीव मध्येको सबैभन्दा बुद्धिजीवी र बिवेकशील मानवजातिको
आस्था र बिश्वासको कर्म र मर्म थलो हो देश । देशलाइ गाली नगर र आस्थालाइ नसराप ।
देशद्रोहीहरुलाइ गाली गर र सक्छौ भने उनिहरुलाइ दण्ड देउ । आस्थालाइ नमार, सक्छौ भने अनजान वा मुर्खतावस मृर्त्युशैयामा
जानलागेकाहरुलाइ त्यताजानबाट वा आत्महत्या गर्नबाट जोगाउ । मर्न लागेकाहरुका लागि
सञ्जीवनी बनीदेउ । किनकी:
हाम्रा
आस्थाका पहाडहरु
बालुवाका
पहाड हैनन्
हाम्रा
आस्थाका हिमालहरु
बालुवाका
हिमाल हैनन्
कहिलेकाँही
पहिरोमा माटाहरु बगेपनि
कहिलेकाँही
पहिरोमा हिउँहरु पग्लेपनि
हाम्रा
आस्थाका पहाडहरु बग्दैनन्
छेपाराहरुले
रँग फेरेझैँ
हाम्रा
हिमालहरुले रँग फेर्दैनन् । (सरुभक्त: प्रयोगशालाभित्र , कवितासग्रँह, पृष्ठ १०७)
२०७०
साउन ३१ adrdhanbot@gmail.com
बिरौटा
पोखरा
No comments:
Post a Comment