Monday, 18 August 2025

५ शालिकः ५ सन्देश

                जीवन वलिदानीको हिसाब किताब खोजिरहेको

दशरथ को शालिक

बजार प्रबेशको

चौबाटोमा पश्चिमतर्फ फर्किएर

यतिवेला भनिरहेको छः

सुदुरपश्चिमा पनि न्यानो घाम लाग्नु पर्छ

सुदुरपश्चिमा पनि न्याय र समानताको

पक्षमा जनलाम सधै जाग्नुपर्छ,

अन्यथा वलिदानीको कुनै अर्थ हुने छैन

शहीदको रगतले जन जनको मन छुने छैन ।

 

               मुर्झिएको प्रजातान्त्रिक समाजवादको रुखको उपचारको लागि

अस्पत्तालतर्फ फर्केर याचनारत रहेको

वी पी को शालिक

यतिवेला भनिरहेको छः

अब त  चिकित्सकहरु

सिपालु सोडनी र नर्सहरु मात्र होइन

सकल सँजिवनीहरु जाग्नुपुर्छ

रुखमा मलजल र गोडमेल गर्दै

मुर्झिएको रुखको उपचारको आवश्यकता वोधकासाथ

देश उन्नति विशेषमा र सघन उपचारमा

अलमल र अन्तर रडाकोबाट हैन

ऐक्यबद्ताका साथ

एकलहरमा लाग्नुपर्छ

एक स्वरमा जाग्नु पर्छ।

 

 

               हत्या वा दुर्घटना (?) को इन्साफको याचना गर्दै,

बजारको केन्द्रमा रहेर शँखनाद गरिरहेको

मदन को शालिक

यतिवेला भनिरहेको छः

प्रिय जनहरु

आउ, जनपक्षीय बिचारको मूलधारमा आउ

अन्याय, अभाव र उत्पीडनका घाउहरुमा

न्याय, समानता र स्नेहको मल्हम लगाउ

मर्ने वा मारिनेहरु त केवल इतिहाँस रच्छन

हे बाँचेकाहरु हो ! मात्र आफू हैन, देश बनाउ

प्रिय मातृभूमिलाई सम्बृद्धिको शिखर चढाउ ।

 

 

               अध्ययन, चिन्तन र मनन गर्दै

क्याम्पस भवनको नजिक रहेको

आश्रित को शालिक

यतिवेला भनिरहेको छः

नगरी सम्बृद्धि देखिन्न

वलिदानी बिना इतिहासँ लेखिन्न

आउ, अध्ययन चिन्तन र मननको बाटोमा आउ

इतिहाँस पढ, वर्तमान पढ

ज्ञान, विवेक र बुद्धिको पाठ सिकेर

सुदुर भविष्यका लागि अगाडि बढ

जीवनमा मरेर पनि बाँचिरहने सपना देख

सुकर्महरुले सम्बृद्ध नेपालीको जीवनी लेख ।

 

               मूल राजमार्गको चौकमा रहेको

आदिकवि भानुभक्त को शालिक

यतिवेला भनिरहेको छः

मुलुकी अधिकार प्राप्त बुज्रुकहरु हो !

 विन्ति छ

छिटो र प्रभावकारी न्यायको माध्यमबाट

न्याय मा देखिएको विलम्ब भगाउ

न्यायमा प्रभावकारिताको ध्वनि जगाउ

कोही कसैको पक्षमा नलाग

सबैको मनमन्दीरको प्रिय बन्नका लागि जाग

जीवनलाई कवितामय बनाउ

कवितालाई जीवनमय बनाउ

हाँस्दै हाँस्दै बाँच

नाँच्दै नाच्दै बाँच

विन्ती छ, हर क्षेत्रमा

न्याय समानता र सदभाव साँच।

(सन्दर्भ महेन्द्रनगरः आज २०७४।९।१ को मर्निँवाकपछि)

 

 

 

No comments:

Post a Comment