दक्षिणबाट स्कूटीमा सरर्र कपाल हावामा फिजाउदै
बैजयन्ति उत्तरतर्फ आएको टाढैबाट ठम्यायो
उसले । मनमनै सोच्योँ ‘’राम्री पनि कस्ती राम्री हो मोरी ! सर्लक्क मिलेको जीउ । कालो लामो कपाल । बारुले
कम्मर । कैल्यै नबिझाउने जस्ता सफा आँखा । सधै मुस्कुराउँने बानी ….। जे जे
पर्ला पर्ला बाटोमै रोकौँ र हाम फालौँ कि !?’’
भावनामा बगेर एकपटक सन्तोषले यस्तोपनि सोँच्यो । तर आफू स्वयम
बिबाहित पुरुष । उनी समाजसेवी अर्थात जल्दीवल्दी राजनीतिककर्मी । फेरि सोच्यो । …’’ तर पनि, तर पनि, माने त जे पर्थ्यो पर्थ्यो, बेहोर्थेँ बरु….. । धत ! दिउसो मण्डल । ब्यस्त बजारमा । के सोँचेको हुँला मैले’’ पनि
भन्दै’ आफैलाई
सम्हाल्यो ।
करिब ३ महिना अघि कुनै एउटा कार्यक्रममा देखेको
थियो उनलाई । समाजसेवी परिचयकासाथ कार्यक्रममा उनले बोलेका शब्दहरु मिल्ने भए
कानमै सधै राखेर लिई जस्ता थिए । पछि पछि पनि भेट हुन्थ्यो कार्यक्रमहरुमा । उनको
मन्तब्यको बेला आयो कि सन्तोष सास नफेरेजसरी सुनिरहन्थ्यो र एक टकले हेरिरहन्थ्यो
उनलाई । ‘’एकमनले
भन्ने गर्दथ्यो साला अलि आलाकाँचैमा बिबाह गरिएछ, ढिलो गरेको भए यीनै वा यस्तै राम्री र वजनदार माल
पो पाइने थियो कि ?
यही बिच उसले आफ्नी श्रीमती र उनको योग्यता अनि
स्नेहलाईपनि सम्झन्छ । उनिपनि कहा कम छिन र ? जात मिलेकी । भात मिलेकी । सँस्कार मिलेकी । पढे
लेखेकी । केही गरुँ भन्ने खालकी…. अहँ आजसम्म एक शब्दले पिरेकी छैनिन । मनभित्र कति पिर होला । रिस
होला वा दुख्ख होला तर देखिएकै छैन ।
यहीबेला बेस्सरी धोकेर खुट्टा लबरबराउदै घर गएको
एक रातको एक क्षण उसको मनमा आयो । अँह, केही बोलिनन । हातमा समाएर भित्र लगिन । पानी दिइन ।बिस्तारामा
बिस्तारै सुताइन । बिहान छक्काल हुदा
जागेको उ । उसले नुहाइसकेपछि नजिकै आइन । बसिन । सुकँसुक गर्दै भनिन ‘’त्यसरी मात्ने गरी खाँदा ज्यान जोखिममा पर्दैन ।
धन्न छिमेकीले थाहा नपाएका । नत्र त मलाई मुख देखाउन पनि लाज हुन्थ्यो । मेरो
विन्तिछ,
कहिलेकाँही भएपनि यसरी नखानुस । बरु खानै मनलागे यँही लिएर आउनुस । खानुस । वल्ल वल्ल गरेर घरभित्र जोगाएको इज्जतलाई सडकमा
नलैजानुस’’….. । केही
छिनपछि आँशु पुछ्दै भान्सातिर गइन । यस्तो घरबारे जिन्दगीका बिचमापनि उसलाई फेरि
वैजयन्तिप्रतिको आफ्नो आशक्ति बढेकोमा आफैलाई गाली गर्न मनलाग्यो ।
बिकासे कार्यालय । कार्यक्रमहरु आइरहने । रासन, भाषण र आसनहरु पनि आइरहने । तर जब जब
कार्यक्रमका बारेका पत्रहरु विभिन्न अफिसहरुबाट आउँछन । उसले प्रायः महिला बिकास
वा महिला सशक्तिकरण सम्बन्धी कार्यक्रममा
जान खोज्ने । अरु सहकर्मी कर्मचारीहरुमात्र होइन, स्वयम हाकिम नैपनि उसको चाहना देखेर मनमनै
हाँस्थेँ । दामको लोभले भनौभने त्यो पनि होइन । एकपटक युएनडिपीको आवासीय कार्यक्रम
आएको थियो चितवनको कुनै रिसोर्टमा बस्ने गरी । हाकिमले बिचार गरे सन्तोषलाई पठाउने
। बिहान हाजिर गर्ने बेलामा केही कर्मचारीहरुकै सामुन्ने सन्तोषलाई सोधे । उस्ले
भने ‘’भैगो
सर । म त धेरै थरीका कार्यक्रमहरुमा जान्न । मलाई ज्याक अफ अल मास्टर अफ नन (धेरै डिग्री तर बिज्ञता केहीमा पनि नाइ) हुनु छैन । आयोभने मलाई महिला बिकास र महिला
सशक्तिकरण जस्ता जेण्डरबेस कार्यक्रमहरुमा सहभागी हुने अवसर दिनु होला । यसमा अरु साथीहरु नै जाउन ‘’’
नजिकै रहेका साथीहरु हाँसे । हाकिम पनि मुसुमुसु
गरिरहे । सन्तोषले मतलव नै राखेन । उ आफ्नो कार्यकक्षमा गयो । काम सुरु गर्न
थाल्यो । काम गर्न थाल्दछ उनै बैजयन्तिको अनुहार अगाडि आउँछ । मनमनै भन्दछ ’’कस्ती राम्री हो भन्या, मुस्कानपनि कस्तो ? लवाइ खबाइ केहीमा पनि दोष लगाउन नमिल्ने जस्ती ।
ओँठमा लाली त प्रायः सबै महिलाले लगाउछन । कसैको ओभर रातो । कसैको ओभर गाढा ।
कसैको त यता उता लिपपोत गरे जस्तो देखिनेगरी लगाउछन । उनकोभने ओँठकै रँगमा हल्का
किसिमको । मुसुक्क हाँस्दा देखिने काँक्राको बियाँजस्ता दन्तहरु र वेलावेलामा सँगै
झुल्कने रसिलो जिब्रो… ।
वर्णननै गर्न नसकिने खालको । अरु केही नभएपनि फेरि भेटन पाए…’’ उसलाई फेरि तान्छ वैजयन्तिको जिउ ढाल चाल र
ब्यबहारले ।
उही सहरको बसाई । बैजयन्ति बाटोमा सरर्र स्कूटी
हाक्दै आएको वा गएको देखिन्छ कि भनेर बाटोमा हिड्दा आँखाहरु फाल्ने गर्थ्यो
टाढाढासम्म । कहिलेकाँही भेटेपछि हात हल्लाउथ्यो । देखिइनभने वैजयन्तिले पनि
चुम्बा शैलीमा फर्काउथीन उसको अभिबादनलाई । त्यतिवेला उ झनै भुतुक्कै हुन्थ्यो ।
रोकिए त च्याप्पै म्वाइ खान्थे भन्ने सम्झन्थ्यो ।
महिला अधिकार र महिला सशक्तिकरणको बिषयमा
वैयन्तिको अध्ययन वेजोडै थियो । प्रस्तुति पनि उस्तै प्रभावशाली । जिल्ला समन्वय
समितिमा भएको एक कार्यक्रममा ‘’महिला अधिकार: समसायिक
चर्चा’’ बिषयक
कार्यपत्रमाथिको टिप्पणी गर्नेक्रममा बोल्दा उसले भनी कि: ’’ महिलाहरु पुरुषबाट मात्रै अन्यायमा परेका छैनन ।
पुरुषको हिँसाबाट मात्रै पीडित भएका छैनन । स्वयम महिलाहरुबाट पनि हिँसामा परेका
छन र पीडित भएका छन । सासु बनेर बुहारीलाई प्रताडना दिनेहरु हो, सम्झने गर आफू बुहारी बन्दाका पिडाहरु र
अन्यायहरु…………..’’।
यस्तो सुन्दा सन्तोषको मनभरिएर आयो । अनायाशै
ताली बजायो । सन्तोषको तालीले अरु सहभागीहरुको तालीको सहयोग पायो । सिँगो हल एकछिन
तालीको गडगडहाटले भरियो । वैयजन्ति मुसुमुसु हाँस्दै एकछिन रोकिइ र भनी धन्यवाद
समर्थनका तालीहरुलाई र सादर नमन महिला सशक्तिकरणको पक्षका तपाई समस्त सहभागीहरुलाई
।
‘’टिप्पणी मन्तब्य सकेर ल्फोरमा आउने क्रममा उसले ‘’सन्तोष जी बिशेष धन्यवाद है तपाइलाई प्रस्तुतिको
क्रममा उर्जा थपिदिएकोमा’’ भनी ।
यस्तो सुन्दा सन्तोष मुग्ध बन्दै हात बढायो र वैजयन्तिको हात पहिलो पटक समाउने
अवसर पायो । त्यसक्षणमापनि सन्तोष र वैजयन्तिलाई धेरैले हेरे ।
समय बित्दै गयो । सन्तोषले र वैजयन्तिको भेट अरु
अरु स्थानिय कार्यक्रमहरुमा धेरैपटक भयो । वैयन्तिपनि सन्तोषलाई देखेपछि नजिकै
आउथी । चिया कफि वा चिसो सँगै एकले अर्कोलाई हेर्थे । देख्नेहरुलाई यीनीहरुका
बिचमा हिमचिम नै छ कि क्या हो भन्ने लाग्दथ्यो । एकप्रकारले उनीहरु त्यसैमा आनन्द
लिन्थे ।
‘’माल अर्काको राम्रो, खाल आफ्नो’’ भनेझै केही पुरुषहरु घरकी भन्दा परकीलाई हेर्न
रुचाउँछन । चौबीस घण्टामा अठचालिस पटक घरकीले सेवा गरुन तर कुनै एकआध मिनेट परकी
हासिँन वा परकीले माया प्रित एकछिन गासेँजस्तो देखाइनपनि सधैकालागि माया गरेजस्तो
लाग्ने केही पुरुषहरुलाई ?
प्रायःसबैका घरकीहरुले मरी मरी सेवागरेका हुन्छन । अलिकति केही भयो कि चिन्ता गरेर
एकान्तमा रुन्छन । आफू नखाइ खुवाउछन । तर
केही नेपाली पुरुषहरु यो वा त्यो कोणबाट घरकीलाई रुवाँउछन । यसैले त होला
नि महिला अधिकार र सशक्तिकरणको बिषयमा अरु देशमा भन्दा नेपाल जस्ता देशमा बढाउनु
परेको पनि । मपनि किन वैयजन्तिको पछि
लागेको हुँला हँ ? सन्तोषले
यसरी पटक पटक आफैलाई सवाल नसोधेको पनि कँहा होर ? तर उ समाहाल्लिनै सक्दैन । राती जागेपनि सम्झन्छ
वैजयन्तिलाई । वैजयन्तिका सेता पाखुराहरुलाई र चिटिक्क परेको जिउ ढाल र चाललाई….. ।
कार्यक्रम नभएको केही समय भएको थियो । वजेट
सकिएको असार पछिको साउन । साउनको खेतीपाती र झ्याम झ्याम पानी । दशै तिहार । यस्तै
यस्तै परेर होला । कार्यक्रमहरु नआएको र सधै अफिसमा बस्नुपरेकोमा कार्यक्रमको
खडेरी परेको लागिरहेको थियो सन्तोषलाई । सन्तोषलाई मात्र कँहा हो र ? हप्ताको एकदिन तारे होटलको खान्गी खान र चिटिक्क
परेका वान्कीहरु हेर्न नपाएपछि बिकासे अड्डाका हाकिमहरुको भित्रीमन छटपट्टिने ।
हाकिमले हाजिरीको समयमा एकपटक भनेका थिए ‘’हैन कार्यक्रम केही आएन । लौन आ आफै मिलेर भएपनि
कार्यक्रम बनाउ’’ ।
‘’सरको आज्ञा होस न के कस्तो हो हामी तैयार छौँ ।
अझ सर र लेखा अधिकृत भएर बोहोनी गरेपछि त झनै राम्रो….!!! कसैले यसोभन्दा सबैजनाले ताली पिटेका थिए ।
‘’बर्षको पहिलो कार्यक्रमको रुपमा आयो महिला
सशक्तिकरणको । सन्तोष जिलाई त होला नी पठाउने । कि यसपाली अरुलाई पठाउने’’ हाकिमले सबैअधिकृतहरुले सुन्ने गरी भने ।
सुन्नेजति फेरि हासेँ । सन्तोषले सुनेन सायद । ‘’हैन सन्तोष जी किन मौन’’ ? हाकिमले फेरि सन्दर्भ उठाउदै कुरा दोहोराए । सन्तोषले बिना छलकपट, उही बालपन जसरी भन्यो ‘’साच्चै सर, महिला सशक्तिकरणको कार्यक्रम हो भने त म जान
चाहन्छु ,यस
बिषयमा विशिष्ट नलेज लिने मेरो इच्छा छ सर
। सरले के भन्नु हुन्छ। साथीहरुको पनि चाहना होला…भन्दै आफ्नो कार्यकक्षतिर लाग्यो ।
यसैबिच अरुहरुको राय बुझेर हाकिमले भने ‘’लौ यसपालीपनि तपाइकै भागमा भयो । तर महिला बिकास
र महिला शसक्तिकरणका सबै कार्यक्रमहरु तपाइका पेवाभने हुने छैनन है सन्तोष जी’’ भनेर बिट मारे । केहीबेरमा पत्र थमाइयो ।
सोमबारसम्म ललितपुर स्थीत,
गोदावरी रिसोर्टमा पुग्नुपर्ने रहेछ । घर गएर भन्यो । श्रीमती खुसी भइन ।
गोदावरीमा लोग्ने जान लागेकोमा । अझ भनौ एकहप्ते आबासीय कार्यक्रम त्यसमा पनि
युरोपियन युनियनको । प्रकारान्तर रुपले युरो मज्जैले आउनेभयो भनेर उनी मख्खै थिइन
। एकाबिहानै उठेर झयालबाट मुन्टो देखाउदै, पल्लो घरकीलाई भनिन ‘’हाम्रा घरका त गोदाउरी जाने रे । एक हप्ताको लागि , अब उठेर कपडा सपडा मिलाइदिनु पर्ने भएको छ ‘’।
पल्लो घरकीलाईभने ‘’कागलाई वेलपाक्यो हर्ष न विस्मात!’’ जस्तै । यता अधिकृतका कुरा, उनका बुढा सुब्बा । त्यसमापनि हुलाकका । यो
कार्यक्रम । युरो । डलर आदि । केहीले छोएको छैन उनलाई । छोएको छ त साँझ बिहानको
धन्दा र पुगेस पुगेसको समस्याले ।
अघिल्लो हप्ता कसैले उपहार दिएको ‘’गोल्डेन मेल’’ ब्रिफकेश समात्यो । ‘’लौ, यही ब्रिफकेशमा हाली दिनु है कपडा सपडा । मत अफिस पुगेर टिकटको
ब्यबस्था गरी हुन सक्छ, आजैपनि
चाँडै जानेगरी आउन सक्छु’’ भन्दै
मोटरसाइकल स्टार्ट गरयो । अफिस पुगेर बुझ्दा थाहा भो ल्पेनको टिकट आजको मात्र होइन
भोलिको पनि खलास । सबैले भने ‘’आs भोलि त
सम्पर्कै मिति नै भैगो । अब तपाइ राम्रो बस खोज्नुस ‘’।
उनलाईपनि साथीहरुको सुझाव ठीकै हो भन्ने लाग्यो ।
अझ ल्पेनबाट नगएर बसबाट गएको अवस्थामा बसको टिकटको दोब्बर पैसा पाउने सेवाशर्त
सम्बन्धी नियमको कुरापनि भन्ने सम्झ्यो । भित्रभित्र खुसी भयो, पन्त्ध्र सय अर्को आम्दानी हुने देखेर ।
बसपार्कमा चिनेको बसब्यबसायी समितिकै पदाधिकारीलाई फोन गरयो । टिकट पक्का गरयो ।
घर पुग्यो । हिड्ने बेलाको नास्ता, मीठो बनाएकी । खायो । दही दही …भन्दै कचौरा दिइन । ‘’ए यो जाडोमा पनि दही ! हुन त तिमीलाई साइत नै चाहिने हैन’’ भन्दै आधि खायो र आधि ‘’तिमीलाई नदिएर कसरी सबै खाउँ लौ’’ भन्दै दियो । ‘’अँ चिसो भएर मात्र हो, नत्र त सबै ज्यूनार हुने थियो …..’’ भन्दै कचौरा समाइन ।
‘’अफिसमा एउटा मात्र गाडी । त्यहीपनि हाकिमको घरकी
श्रीमती जस्तो । अरुले छुनपनि नहुने !? । यस्तो यस्तो बेलामा त, लौ सरहरु बसपार्क वा एयरपोर्टतिर जादाँ भन्नु है, कहिल्यै नभन्ने । अरु त ठीकै हुन । गाडी र
साडीमा चाँही हाम्रा हाकिम ठीक छैनन….श्रीमतीलाई सुनाउदै जुत्ता लगायो ।
उनलेपनि भनिन ‘’पाए त तपाइपनि त्यस्तै हुने होला नी. / प्रायः सबै लोग्ने मानिसको त्यस्तै चाला हो भन्छन
। ख्वै आफु त जागिर नखाने भएकिले के थाहा पाउनु’’……. । ल ल बाइ बाई गर । पाए टयाक्सी नपाए टुकटुके त
छदै छ नी भन्दै थियो घर नजिकै आइपुग्यो टुकटुके । रोक्यो । चढ्यो । बाइ बाइ गर्दै ‘’लौ राम्ररी जानु । कार्यक्रममा रमाउनु । राम्ररी
आउनु ‘’भन्दै
हात हल्लाइन । पर आँखाले देख्दासम्म हेरिरहिन । सन्तोषले भने फर्केरैपनि हेरेन ।
उसको सानै देखिको बानी यस्तै थियो ।
ल्पेनको टिकट नपाएको भनेको त बसको पनि उस्तै । उ
पुग्दा नपुग्दै चिनेको कसैले बाहिरै भन्यो ‘’सन्तोष सर, तपाइपनि आखिरी बेलामा टिकट भन्नु हुन्छ, वल्ल वल्ल मिलाएको छुँ, लौ शुभयात्रा । आएपछि भेट हौउँला’’ । खचाखच
भरिएको बस । अटसमटस गर्दै पस्यो । ढोकैको छेँउमा रहेछ । सायद स्टाफ सीट भनेर
रोकेका हुन्छन, हो
त्यही सिटमा बस्यो । आफ्नै मुख पुछयो । टाउको मुसारयो । सिट नभएर पनि टिकट
काटिदिएकोमा तीनचार जना यात्रुहरु उभिएरै रहेका केहीले ‘’थोरै होर, जानुपर्ने पनि, झण्डै डेढसय किलोमिटर छ’’ भन्दै कराउदै थिए ।
‘’काठमाण्डौ जानुपर्ने भएपो । बिचको यात्रा कँहा
पाइयोस त सिट’’ भनू
जस्तो लागेको थियो उसलाई । फेरि मुखभरिको गाली पाइएला भनेर चुप लाग्यो । करिब
पच्चिस किलोमिटर पर पुगेपछि रोक्कियो बस तेल हाल्ने बहानामा । कण्डक्टरले भन्यो ‘’लौ चियासीया खानेभए खानुहोस है । बस १५ मिनेट जती
रोकिन्छः’’।
केही झरे
। उसलाईपनि झर्न मनलाग्यो । झर्यो । अलिपरैबाट देखि वैजयन्तिले र भनि, अरे. सर तपाइ कहा जान लागेको नी यसैमा हो ? उसले हो भन्ने इशारामा टाउको हल्लायो । अली पर पर सर्दै कुरा गर्न
लागे । बैजयन्तिले नजिकैको पसलबाट फ्रुटी मागी । खाए । चालक बसमा चढेको देखेर
फ्रुटिको पैसा तिर्न सन्तोषले मनि ब्याग निकाल्यो । उनले रोक्दै भनी ‘’अरे, सरहरुले त ठूलो ठूलो कलम पो तिर्ने हो, जावो फ्रुटीको !? त्यसमा पनि मैले अर्डर गरेकी हुँ । सरी सर ….’’ उ केही बोल्नै सकेन । मनिब्याग पैन्टको
पछाडिपट्टिको गोजीभित्र घुसारयो ।
बस चढिसकेपछि उनिहरु दुबैलाई कुरा गर्ने वातावरण
भएन । सन्तोष ए साइडको १ नँ सिट । वैजयन्ति ए साइटकै ८ नँ सिटमा । अर्थात अगाडि र
पछाडि । टाउको फर्काइ फर्काइ कुरा गर्न लाग्यो सन्तोषले । करिब ३० कि मि गुडिसकेको
थियो बस । वैजयन्तिको छेउमा बसेको यात्रुलाई लाग्यो यीनीहरु सँगै बसुन ।
वैजयन्तिको शरिरबाट आएको अत्तरले उसको नाक हानिरहेको थियो । छिनछीनमा बज्ने फोनले
कान खाइरहेको थियो । त्यसमा पनि १ नँ सीटवालाको चालाले उसको जिउ नै सिरिङ
बनाइदिएको थियो । उसले वैजयन्तिलाई विस्तारै सोध्यो । तपाइहरु पूर्वपरिचित । उनले
हाँस्दै ‘’हो’’ भन्ने सँकेत दिइन । एकै ठाँउमा बस्ने । उ उठेर
अगाडि गयो र सन्तोषको कानमा फुफुसायो । सन्तोष उठेर बैजयन्तिको नजिक आयो । दुबै
हाँसे । एकअर्कोसँग जोडिएर बसे । भलाकुसारी गरिरहे । नँया चिज किन्ने अवसर आयो भने
एकले अर्कोलाई उछिन्दै किन्न लागे । खाए । रमाए । उनीहरुको मनखुसपन र ब्यबहार
देखेर यात्राका लैलामजुन भन्ने सँज्ञापनि दिए कतिले । रातीको खाना खाने ठाउँ आयो ।
प्रायः सबै झरे बसबाट तर उनीहरु झरेनन । के के खाइयो खाइयो । भात खाने मनै छैन
भन्नेमा दुबैको राय मिल्यो । बसिरहे । सन्तोषले जुस ल्यायो । चिसो है भन्दै दुबैले
खाए । फ्रिज बाहिरको त हो तर मँसिरको महिना न हो । त्यसमा पनि रातको समय । चिसो
किन नहोस है भन्दै आ आफंनो बट्टा सके ।
बसको झ्याल लागेकै थियो । तरपनि झयालको प्वालबाट
छिरेको चिसो बढ्दै गयो । क्रमशः बढदै गयो
। अलि जोडिएर बस्न चाहयो सन्तोष । वैजयन्तिको दाहिने साप्रोमा अलिअली दख्खल
दिनेगरी हात राख्दै सरयो । ‘’जाडो भयो कि क्याहो’’ वैजयन्तिले सोधि । उसले बिस्तारै भन्यो ‘’हजुर’ ’जाडो बढ्दै गयो त्यसैले ।
‘’मँसिर -पुसको महिना । मध्यरातको बसको यात्रा । यस्सो
ओढ्नेपनि लिएर हिड्नु पर्छ नि’’ थपी । उसले ‘’ल्याउनु
त पर्थ्यो तर… ‘’मात्र भन्यो । वैजयन्तिले आफूले लगेको बाक्लो
ओढ्ने (बर्को) को केही भाग सन्तोषको जिउतिर पर्ने गरी फाली । सन्तोषले बर्कोको
टुप्पो समात्यो र तान्यो । यतिन्जेल उसको भित्रीमनमा मात्र होइन, शरीरभरी रस पैदा भइसकेको थियो । के गरु, के गँरु वा कहा समाउ, कहा समाउ लाग्यो उसलाई । फेरि विस्तारै
वैजयन्तिको उही बाँया साप्रोमा हात लग्यो । ‘’के भयो सन्तोष जी’’ वैजयन्तिले फेरि सोधी । केही भएको होइन,जाडो जाडो…. भन्दै अलिभित्रतिर हात घुसार्न लाग्यो । विस्तारै
वैजयन्तिको पेटिकोटको भाग फेला पार्यो । आँखा चिम्म गरेर अलीभित्र लग्यो हात ।
निस्पट अँध्यारो रातका बिचमा राख्यो वैजयन्तिको भित्री भागको त्रिकोणात्मक रसकुण्ड
माथि आफ्नो दायाँ हात ।
यसैबिच वैजयन्तिलेपनि विस्तारै आफ्नो हात
त्यतैतिर ल्याइ । उसले एकप्रकारको आनन्द महसुस गरिरहेको थियो । त्रिकोणात्मक
रसकुण्डको नजिक पुगेर थकाइ मारिरहेको सन्तोषको हाललाई विस्तारै समाउदै बाहिर ल्याइ
। उठाउदै एक चुम्मा दिइ । अनि भनी ’’सन्तोष जि के गरेको यस्तो !? म त एक सन्तानकी आमा । त्यसमापनि समाजसेवी
अर्थात प्रगतिवादी राजनीतिक कार्यकर्ता । चिन्ने जतिले आश गरेका छन । यो समाजका
लागि केही गर्छे भन्ने गरेका छन । तपाई राष्ट्रसेवक । अझ महिलाअधिकारमुखी ।
राष्ट्रसेवाको क्रममा माथि माथि पुग्ने उमेर र लगाव भएको तपाइ जस्तो मान्छेले
यस्तो गर्ने ?
भविष्यमा उच्चतम पदम पुगेर देश र जनताको सेवामा पवित्र काम गर्ने तपाइका पवित्र
हातका औलाहरु अँध्यारो कुनामा लुकेर चलाउने औलाहरु होइन । कृपया ! यी औँलाहरु रहेको पवित्र हातलाई सधै पवित्र
काममा लगाउनु होला,
अपवित्र काममा कहिल्यै नलगाउनु होला । एकपटलाई मौन विरोध मात्र गरेँ । सार्वजनिक
गरिन तर सुध्रनुभएन भने अरुले लैँगीक न्यायको कठघरामा उभ्याउने छन । हो फेरि
दोहोराए भन्छु,
जिम्मेवारीका हिसाबले तपाइ पवित्र हात लिएर राष्ट्रसेवामा लाग्नुपर्ने स्थानमा
हुनुहुन्छ। पवित्र कर्ममा लाग्नेहरुका हातहरुपनि पवित्र हुन्छन र हुनुपर्छ भन्ने
मेरो बुझाई छ । त्यसैले अपवित्र कर्मका लागि अर्थात अनैतिक कार्यका लागि तपाइका
पवित्र हातहरु अव उप्रान्त कहिल्यै नउठुन । मेरो हार्दिक सुझाव र विन्ती दुबै छ,’’ भन्दै फेरि चुम्मा दिई र
सन्तोषको हातलाई विस्तारै उसकै साप्रामाथि राखिदिई ।
अँध्यारोका बिचमा पनि सन्तोष निशब्द र पानी पानी
भयो । सरी भन्न खोजेको थियो तर उसको गलाबाट शब्द निस्कनै सकेन । पुरै अर्कोतर्फ
फर्केर कालो निस्पट रातमा त्रिसुलीको मन्द सुसाहट सुन्दै चुपचाप बस्यो । सासपनि
बिस्तारै फेरयो । कलङ्की पुगेपछि विस्तारै फुसफुसायो ‘’गएँ है’’। वैजयन्ति केही बोलिनन । उ भने आफ्नो अनुहार
देख्न्छिन की भनी नफर्केरै झरयो बसबाट र टयाक्सी समात्यो । लाग्यो गोदावरीतिर ।
२०७५ जेठ ११ कञ्चनपुर
No comments:
Post a Comment