आशा जगाउदै गाउंमा
भरोशा बढाउदै सहरमा
सुकेका मुलहरु फुटाउन
मुर्झेका पालुवाहरु उठाउन
निराशाका बादलहरु फटाइदेउ
अभाव, उत्पिडन र भयलाई
हर ह्दयबाट हटाइदेउ ।१।
मिलेर तीन कोटी जनहरु
फर्केर परदेशियका मनहरु
एकढिक्का भइकन जुटिदेउ
सारा बिकृतिहरु हटाउन
आ आफ्नो स्थानमा उठिदेउ।२।
फुकेर शँख शान्तिको
बालेर दीयो सौम्यको
जगाइ मन मनको दीयोलाई
समाइ राष्टोन्नति मीयोलाई
जिउंदो बन
जाग्दो बन
लोभ लाग्दो बन
राखेर छातीमा नेपाललाई
बाँडेर कञ्चन नेपाली मन ।३।
२०८१ माघ ९ ऐरावती- १,धनवोट. हाल काठमाण्डौ
मृत्यु जित्ने
जीवनलाई पर्ख
डिल्लीराज आचार्य
भन्छन
जीवन सजिलो छैन
र मृत्यु पनि सजिलो छैन,
गास रोकिएपछि,सास रोकिन्छ
सास रोकिएपछि,जीवन सकिन्छ ।१।
जीवन र मृत्युको साइनो, अवश्यमभावी छ
ज्यान रहेसम्म जीवन रहन्छ
जीवनसंगै मृत्युको चावी
रहन्छ ।२।
सत्य कर्तब्य र इमान
जीवन पहिचानका वास्तविकता
जीवन चाहन्छौ भने
सत्य कर्तब्य र इमान रोज
जन्मेको माटोको रुप रोज
ताते ताते गर्दै हिड्न
सिकेको बाटो खोज।३।
ब्यर्थैमा परदेशिन्छौ किन ?
क्षणिक ऋङ्गारिक सौन्दर्यता रोज्छौ किन ?
हिरा र ज्वैलरी जटित आलिशान
महलको खोजिमा
भौँतारिदो यात्रा
अब बदलिनु पर्छ
आफंनै माटोको माया गरेर
आफ्नै बाटोमा छायाँ भरेर।४।
फर्क फर्क हे
बिदेशिएका नेपाली मनहरु
बाटो बिराएका नेपाली जनहरु
फर्क, स्वदेश फर्क
गुलाम पराधिन र पराइ बनेर
हैन
स्वाधिक, स्वतन्त्र र स्वपनमा आधारित
जीवन खोज
आफ्नै माटोलाई रोज
फर्क, अविलम्ब फर्क
जीवन छँदैको मृत्युलाई होइन
मृत्यु जित्ने जीवन पर्ख ।
२०८१ जेठ २४ प्यूठान, ऐरावती-१ धनवोट
No comments:
Post a Comment