दक्षिणबाट स्कूटीमा सरर्र कपाल हावामा फिजाउदै
बैजयन्ति उत्तरतर्फ आएको टाढैबाट ठम्यायो
उसले । मनमनै सोच्योँ ‘’राम्री पनि कस्ती राम्री हो मोरी ! सर्लक्क मिलेको जीउ । कालो लामो कपाल । बारुले
कम्मर । कैल्यै नबिझाउने जस्ता सफा आँखा । सधै मुस्कुराउँने बानी ….। जे जे
पर्ला पर्ला बाटोमै रोकौँ र हाम फालौ कि !?’’
भावनामा बगेर एकपटक
सन्तोषले यस्तोपनि सोँच्यो । तर आफू स्वयम बिबाहित पुरुष । उनि समाजसेवी अर्थात
जल्दीवल्दी राजनीतिककर्मी । फेरि सोँच्यो । …’’ तर पनि, तर
पनि, माने त जे पर्थ्यो पर्थ्यो, बेहोर्थेँ बरु….. । धत ! दिउसो
मण्डल । ब्यस्त बजारमा । के सोँचेको हुँला
मैले’’ पनि भन्दै’ फेरि सम्हालियो ।
करिब ३ महिना अघि कुनै एउटा कार्यक्रममा देखेको
थियो उनलाई । समाजसेवी परिचयकासाथ कार्यक्रममा उनले बोलेका शब्दहरु मिल्ने भए
कानमै सधै राखेर हिडूँ जस्ता थिए । पछि पछि पनि भेट हुन्थ्यो कार्यक्रमहरुमा । उनको
मन्तब्यको बेला आयो कि सन्तोष सास नफेरेजसरी सुनिरहन्थ्यो र एक टकले हेरिरहन्थ्यो
उनलाई । ‘’एकमनले भन्ने गर्दथ्यो साला अलि
आलाकाँचैमा बिबाह गरिएछ, ढिलो
गरेको भए यिनै वा यस्तै राम्री र वजनदार माल पो पाइने थियो कि ?
यही बिच उसले आफ्नी श्रीमती र उनको योग्यता अनि
स्नेहलाईपनि सम्झन्छ । उनिपनि कहा कम छिन र ? जात मिलेकी । भात मिलेकी । सँस्कार मिलेकी । पढे लेखेकी । केही गरुँ भन्ने खालकी…. अहँ आजसम्म एक शब्दले पिरेकी छैनिन । मनभित्र
कति पिर वा रिस होला तर देखिएकै छैन ।
यहीबेला बेस्सरी धोकेर खुट्टा लबरबराउदै घर गएको
एक रातको एक क्षण उसको मनमा आयो । अँह, केही बोलिनन । हातमा समाएर भित्र लगिन । पानी दिइन ।बिस्तारामा बिस्तारै सुताइन । बिहान छक्काल हुदा जागेको उ । उसले नुहाइसकेपछि नजिकै आइन । बसिन ।
सुकँसुक गर्दै भनन ‘’त्यसरी
मात्ने गरी खाँदा ज्यान जोखिममा पर्दैन । धन्न छिमेकीले थाहा नपाएका । नत्र त मलाई
मुख देखाउन पनि लाज हुन्थ्यो । मेरो विन्तिछ, कहिलेकाँही भएपनि नखानुस । बरु खानै मनलागे यँही लिएर आउनुस । खानुस
। वल्ल वल्ल गरेर घरभित्र जोगाएको इज्जतलाई सडकमा
नलैजानुस’’….. । केही छिनपछि आँशु पुछ्दै भान्सातिर
गइन । यस्तो घरबारे जिन्दगीका बिचमापनि उसलाई फेरि वैजयन्तिप्रतिको आफ्नो आशक्ति
बढेकोमा आफैलाई गाली गर्न मनलाग्यो ।
बिकासे कार्यालय । कार्यक्रमहरु आइरहने । रासन, भाषण र आसनहरु पनि आइरहने । तर जब जब
कार्यक्रमका बारेका पत्रहरु आउँछन । उसले प्रायः महिला बिकास वा महिला सशक्तिकरण
सम्बन्धी कार्यक्रममा जान खोज्ने । अरु
सहकर्मी कर्मचारीहरुमात्र होइन, स्वयम
हाकिम नैपनि उसको चाहना देखेर मनमनै हाँस्थेँ । दामको लोभले भनौभने त्यो पनि होइन
। एकपटक युएनडिपीको आवासीय कार्यक्रम आएको थियो चितवनको कुनै रिसोर्टमा बस्ने गरी
। हाकिमले बिचार गरे सन्तोषलाई पठाउने । बिहान हाजिर गर्ने बेलामा केही
कर्मचारीहरुकै सामुन्ने सन्तोषलाई सोधे । उस्ले भने ‘’भैगो सर । म त धेरै थरीका कार्यक्रमहरुमा जान्न ।
मलाई ज्याक अफ अल मास्टर अफ नन (धेरै
डिग्री तर बिज्ञता केहीमा पनि नाइ) हुनु
छैन । आयोभने मलाई महिला बिकास र महिला
सशक्तिकरण जस्ता जेण्डरबेस कार्यक्रमहरुमा सहभागी हुने अवसर दिनु होला । यसमा अरु साथीहरु नै जाउन ‘’’
नजिकै रहेका साथीहरु खित्का छोडेर हाँसे । हाकिम
पनि मुसुमुसु गरिरहे । सन्तोषलाई वाल मतलव ! उ आफ्नो कार्यकक्षमा गयो । काम सुरु गर्न थाल्यो । काम गर्न थाल्दछ
उनै बैजयन्तिको अनुहार अगाडि आउँछ । मनमनै भन्दछ ’’कस्ती राम्री हो भन्या,
मुस्कानपनि कस्तो ? लवाइ
खबाइ केहीमा पनि दोष लगाउन नमिल्ने जस्ती । ओँठमा लाली त प्रायः सबै महिलाले
लगाउछन । कसैको ओभर रातो । कसैको ओभर गाढा । कसैको त यता उता लिपपोत गरे जस्तो
देखिन्छ तर उनको ओँठकै रँगमा हल्का । मुसुक्क हाँस्दा देखिने काँक्राको बियाँजस्ता
दन्तहरु र सँगै झुल्कने रसिलो जिब्रो… । वर्णननै गर्न नसकिने खालको । अरु केही नभएपनि फेरि भेटन पाए…’’ उसलाई फेरि तान्छ वैजयन्तिको जिउ ढाल चाल र
ब्यबहारले ।
उही सहरको बसाई । बैजयन्ति बाटोमा सरर्र स्कूटी
हाक्दै आएको वा गएको देखिन्छ कि भनेर बाटोमा हिड्दा आँखाहरु फाल्ने गर्थ्यो
टाढाढासम्म । कहिलेकाँही भेटेपछि हात हल्लाउथ्यो । देखिइनभने वैजयन्तिले पनि
चुम्बा शैलीमा फर्काउथीन उसको अभिबादनलाई । त्यतिवेला उ झनै भुतुक्कै हुन्थ्यो ।
रोकिए त च्याप्पै म्वाइ खान्थे भन्ने सम्झन्थ्यो ।
महिला अधिकार र महिला सशक्तिकरणको बिषयमा
वैयन्तिको अध्ययन वेजोडै थियो । प्रस्तुति पनि उस्तै प्रभावशाली । जिल्ला समन्वय
समितिमा भएको एक कार्यक्रममा ‘’महिला
अधिकार: समसायिक चिन्ता’’ बिषयक कार्यपत्रमाथिको टिप्पणी गर्नेक्रममा
बोल्दा उसले भनी कि: ’’ महिलाहरु
पुरुषबाट मात्रै अन्यायमा परेका छैनन । पुरुषको हिँसाबाट मात्रै पीडित भएका छैनन ।
स्वयम महिलाहरुबाट पनि हिँसामा परेका छन र पीडित भएका छन । सासु बनेर बुहारीलाई
प्रताडना दिनेहरु हो,
सम्झने गर आफू बुहारी बन्दाका पिडाहरु र अन्यायहरु………….श्रीमान बनेर श्रीमती पिट्नेहरुको सम्झ, आफ्नै दिदी बहिनीलाई पनि अरुले त्यस्तै गरेकोमा
तिमीहरुको चित्त कति दुख्छ …..रगत
सबैको रातै हो । महिलापनि मानिस जातै हो तर मानिस भन्दा अर्कै सम्झने अथवा तल्लो
जात वा वर्गको सम्झने ? यस्तो
सम्झनु वा गर्नु अब दुस्साहस मात्र हो । कृपया, बन्द गर यसप्रकारका दृष्टिहरु र अन्तगर महिला विभेदिकरणका कुकर्महरु……..’’। समान भावना समान कर्म र समानताको सुन्दर
वग्गीको सहयात्रा अवको एकमात्र बाटो हो
. अन्यथा सन्तान दरसन्तानले मात्र होइन, युगले धिर्काने छ । श्रम गरेर आफैलाई बचाउने सुन्दर हातहरुमा हतकडी
लाग्ने छ । रमाएर बस्नुपर्ने सुन्दर सँसारको स्थान कालकोठरीले लिने छ …..।
यस्तो सुन्दा सन्तोषको मनभरिएर आयो । अनायाशै
ताली बजायो । सन्तोषको तालीले अरु सहभागीहरुको तालीको सहयोग पायो । सिँगो हल एकछिन
तालीको गडगडहाटले भरियो । वैयजन्ति मुसुमुसु हाँस्दै एकछिन रोकिइ र भनी धन्यवाद
समर्थनका तालीहरुलाई र सादर नमन महिला सशक्तिकरणको पक्षका तपाई समस्त सहभागीहरुलाई
।
‘’टिप्पणी सकेर ल्फोरमा आउने क्रममा उसले ‘’सन्तोष जी बिशेष धन्यवाद है तपाइलाई उर्जा
थपिदिएकोमा’’ भनी । यस्तो सुन्दा सन्तोष मुग्ध
बन्दै हात बढायो र वैजयन्तिको हात पहिलो पटक समाउने अवसर पायो । त्यसक्षणपनि
सन्तोष र वैजयन्तिलाई धेरैले हेरे ।
समय बित्दै गयो । सन्तोषले र वैजयन्तिको भेट अरु
अरु स्थानिय कार्यक्रमहरुमा धेरैपटक भयो । वैयन्तिपनि सन्तोषलाई देखेपछि नजिकै आउँथी
। चिया कफि वा चिसो सँगै एकले अर्कोलाई मसिनो गरी हेर्थे । देख्नेहरुलाई हिमचिम नै
छ कि क्या हो भन्ने लाग्दथ्यो । एकप्रकारले उनिहरु त्यसैमा सन्तोषको सास फेर्दथे ।
‘’माल अर्काको राम्रो, खाल आफ्नो’’ भनेझै
अधिकाँश पुरुषहरु घरकी भन्दा परकीलाई हेर्न रुचाउँछन । चौबीस घण्टामा अठचालिस
घण्टा घरकीले सेवा गरुन तर कुनै एकआध मिनेट परकी हासिँन वा परकीले माया प्रित
एकछिनलाई गाँस्न भने भएजसो देखिने अधिकाँश नेपाली पुरुषहरु ? प्रायःसबैका घरकीहरुले मरी मरी सेवागरेका हुन्छन
। अलिकति केही भयो कि चिन्ता गरेर एकान्तमा रुन्छन । आफू नखाइ खुवाउछन । तर
अधिकाँश नेपाली पुरुषहरु यो वा त्यो कोणबाट घरकीलाई रुवाँउछन । यसैले त होला नि
महिला अधिकार र सशक्तिकरणको बिषयमा अरु देशमा भन्दा नेपाल जस्ता देशमा बढाउनु
परेको पनि । मपनि किन वैयजन्तिको पछि लागेको हुँला हँ ?
सन्तोषले यसरी पटक पटक आफैलाई सवाल
नसोधेको पनि कँहा होर ? तर उ
समाहाल्लिनै सक्दैन । राती जागेपनि सम्झन्छ वैजयन्तिलाई । वैजयन्तिका सेता
पाखुराहरुलाई र चिटिक्क परेको जिउ ढाल र चाललाई….. ।
नँया वर्षको
वजेट आएपछि गतिलो कार्यक्रम नभएको पनि धेरै भएको । मँसिरको सुरुवातको समय मात्र हो । तैपनि बेमौसमी पानीको कारणले होला जाडो
झ्वाट्टै बढेजस्तो भएको छ । यसबिचमा दशैँ तिहार । यस्तै यस्तै परेर होला ।
कार्यक्रमहरु नआएको । सधै अफिसमा बस्नुपरेकोमा कार्यक्रमको खडेरी परेको लागिरहेको
थियो सन्तोषलाई । सन्तोषलाई मात्र कँहा हो र ? हप्ताको एकदिन तारे होटलको खान्गी खान र चिटिक्क परेका वान्कीहरु
हेर्न नपाएपछि बिकासे अड्डाका हाकिमहरुको भित्रीमन छटपट्टिने । हाकिमले हाजिरीको
समयमा एकपटक भनेका थिए ‘’हैन
कार्यक्रम केही आएन । लौन आ आफै मिलेर भएपनि कार्यक्रम बनाउ’’ ।
‘’सरको आज्ञा होस न के कस्तो हो हामी तैयार छौँ ।
अझ सर र लेखा अधिकृत भएर बोहोनी गरेपछि त झनै राम्रो….!!! कसैले यसोभन्दा सबैजनाले ताली पिटेका थिए ।
‘’बर्षको पहिलो कार्यक्रम आयो महिला सशक्तिकरणको ।
सन्तोष जि त होला नी जाने कि यसपाली अरुलाई पठाउने’’ हाकिमले सबैअधिकृतहरुले सुन्ने गरी भने । सुन्नेजति फेरि हासेँ ।
सन्तोषले सुनेन सायद । हैन सन्तोष जी किन मौन ? हाकिमले फेरि सन्दर्भ उठाउदै कुरा दोहोराए । सन्तोषले बिना छलकपट र
लोभ नदेखाउदै उही वालपन जसरी भन्यो ‘’साच्चै सर, महिला
सशक्तिकरणको कार्यक्रम हो भने त म जान चाहन्छू ,विशिष्ट नलेज लिने मेरो इच्छा छ सर
। सरले के भन्नु हुन्छ। साथीहरुको पनि चाहना होला……………।
अरुहरुको राय बुझेर हाकिमले भने ‘’लौ यसपालीपनि तपाइकै भागमा भयो । तर महिला बिकास
र महिला शसक्तिकरणका सबै कार्यक्रमहरु तपाइका पेवाभने हुने छैनन है सन्तोष जी’’ भनेर बिट मारे । केहीबेरमा पत्र थमाइयो । सोमबारसम्म
गोदावरी रिसोर्टमा पुग्नुपर्ने रहेछ । घर गएर भन्यो । श्रीमती खुसी भइन ।
गोदावरीमा लोग्ने जान लागेकोमा । अझ भनौ एकहप्ते आबासीय कार्यक्रम त्यसमा पनि
युरोपियन युनियनको । प्रकारान्तर रुपले युरो मज्जैले आउनेभयो भनेर उनी मख्खै थिइन
। एकाबिहानै उठेर झयालबाट मुन्टो फाल्दै पल्लो घरकीलाई भनिन ‘’हाम्रा घरका त गोदाउरी जाने रे । एक हप्ताको लागि
, अब उठेर कपडा मिलाइदिनु पर्ने भएको छ
‘’।
पल्लो घरकीलाई कागलाई वेलपाक्यो हर्ष न विस्मात
जस्तै । यता अधिकृतका कुरा । उनका बुढा सुब्बा । त्यसमापनि हुलाकका । यो कार्यक्रम
। युरो । डलर । केहीले छोएको छैन उनलाई । छोएको छ त साँझ बिहानको धन्दा र पुगेस
पुगेसको समस्याले ।
अघिल्लो हप्ता कसैले उपहार दिएको गोल्डेन मेल
ब्रिफकेश समात्यो । ‘’लौ, यही ब्रिफकेशमा हाली दिनु है कपडा सपडा । मत
अफिस पुगेर टिकटको ब्यबस्था गरी हुन सक्छ, आजैपनि चाँडै जानेगरी आउन सक्छु’’ भन्दै मोटरसाइकल स्टार्ट गरयो । अफिस पुगेर बुझ्दा थाहा भो ल्पेनको
टिकट आजको मात्र होइन भोलिको पनि खलास । सबैले भने ‘’आs भोलि त सम्पर्कै मिति नै भैगो । अब
तपाइ राम्रो बस खोज्नुस ‘’।
उनलाईपनि ठिकै हो भन्ने लाग्यो । अझ ल्पेनबाट
नगएर बसबाट गएको अवस्थामा बसको टिकटको दोब्बर पाउने भन्ने सम्झ्यो । भित्रभित्र
खुसी भयो, पन्त्ध्र सय अर्को आम्दानी हुने
देखेर । बसपार्कमा चिनेको बस ब्यबसायी समितिकै पदाधिकारीलाई फोन गरयो । टिकट पक्का
गरयो । घर पुग्यो । हिड्ने बेलाको नास्ता, घरवालीले, मीठो
बनाएकी । खायो
। दही दही …भन्दै कचौरा दिइन । ‘’ए यो जाडो जाडो मौसम भइरहेको छ त्यसमा पनि दही ! हुन त तिमीलाई दहीको साइत नै चाहिने हैन’’ भन्दै आधि खायो र आधि ‘’तिमीलाई नदिएर कसरी सबै खाउँ लौ’’ भन्दै दियो । उनले ‘’अँ चिसो भएर मात्र हो, नत्र त सबै ज्यूनार हुने थियो …..’’ भन्दै कचौरा समाइन ।
‘’अफिसमा एउटा मात्र गाडी । त्यहीपनि हाकिमको घरकी श्रीमती
जस्तो । अरु चढ्न नहुने । यस्तो यस्तो
बेलामा त, लौ सरहरु बसपार्क वा एयरपोर्टतिर
जादाँ भन्नु है कहिल्यै नभन्ने । अरु त ठीकै हुन । गाडी र साडीमा चाँही हाम्रा
हाकिम ठीक छैनन….श्रीमतीलाई सुनाउदै जुत्ता लगायो ।
उनलेपनि भनिन ‘’पाए त तपाइपनि त्यस्तै हुने होला नी. / प्रायः सबैको त्यस्तै चाला हो भन्छन । ख्वै आफु त जागिर नखाने भएकिले
के थाहा पाउनु’’ । ल ल बाइ बाई गर । पाए टयाक्सी नपाए
टुकटुके त छदै छ नी भन्दै थियो घर नजिकै आइपुग्यो टुकटुके । रोक्यो । चढ्यो । बाइ
बाइ गर्दै ‘’लौ राम्ररी जानु । कार्यक्रममा
रमाउनु । राम्ररी आउनु ‘’भन्दै
हात हल्लाइन । पर आँखाले देख्दासम्म हेरिरहिन । सन्तोषले भने फर्केर हेर्ने बुद्दिपनि
पुराएन ।
ल्पेनको टिकट नपाएको भनेको त बसको पनि उस्तै । उ
पुग्दा नपुग्दै चिनेको कसैले बाहिरै भन्यो ‘’सन्तोष सर,
तपाइपनि आखिरी बेलामा टिकट भन्नु हुन्छ, वल्ल वल्ल मिलाएको छुँ, लौ शुभयात्रा । आएपछि भेट होउला’’ । खचाखच भरिएको बस । अटसमटस
गर्दै पस्यो । ढोकैको छेँउमा रहेछ । सायद स्टाफ सीट भनेर रोकेका हुन्छन क्यारे
त्यही सिटमा बस्यो । मुख पुछयो । टाउको मुसारयो । सिट नभएर पनि टिकट काटिदिएकोमा
तीनचार जना यात्रुहरु उभिएरै रहेका केहीले ‘’थोरै होर,
जानुपर्ने पनि, झण्डै डेढसय किलोमिटर छ’’ भन्दै थिए ।
काठमाण्डौ जानुपर्ने भएपो । बिचको यात्रा कँहा
पाइयोस त सिट भनू जस्तोलागेको थियो उसलाई । फेरि मुखभरिको गाली पाइएला भनेर चुप
लाग्यो । करिब पच्चिस किलोमिटर पर पुगेपछि रोक्कियो बस तेल हाल्ने बहानामा ।
कण्डक्टरले भन्यो ‘’लौ
चियासिया खानेभए खानुहोस है । बस १५ मिनेट जित रोकिन्छः’’।
केही झरे
। उसलाईपनि झर्न मनलाग्यो । झर्यो । अलिपरैबाट देखि वैजयन्तिले र भनि, अरे. सर तपाइ कहा जान लागेको नी यसैमा हो ? उसले
हो भन्ने इशारामा टाउको हल्लायो । अली पर पर सर्दै कुरा गर्न लागे । बैजयन्तिले
नजिकैको पसलबाट फ्रुटी मागी । खाए । चालक बसमा चढेको देखेर फ्रुटिको पैसा तिर्न सन्तोषले
मनि ब्याग निकाल्यो । उनले रोक्दै भनी ‘’अरे, सरहरुले त ठूलो ठूलो कलम पो तिर्ने
हो, जावो फ्रुटीको !? त्यसमा पनि मैले अर्डर गरेकी हुँ । सरी सर ….’’ उ केही बोल्नै सकेन । मनिब्याग पैन्टको पछाडिपट्टिको
गोजीभित्र घुसारयो ।
बस चढिसकेपछि उनिहरु दुबैलाई कुरा गर्ने वातावरण
भएन । सन्तोष ए साइडको १ नँ सिट । वैजयन्ति ए साइटकै ८ नँ सिटमा । अर्थात अगाडि र
पछाडि । टाउको फर्काइ फर्काइ कुरा गर्न लाग्यो सन्तोषले । करिब ३० कि मि गुडिसकेको
थियो बस । वैजयन्तिको छेउमा बसेको यात्रुलाई लाग्यो यीनीहरु सँगै बसुन । वैजयन्तिको
शरिरबाट आएको अत्तरले उसको नाक हानिरहेको थियो । अर्कोतिर छिनछीनमा नजिकै बज्ने फोनले
कान खाइरहेको थियो । त्यसमा पनि सिट नँ एक वालाको चालाले उसको जिउ नै सिरिङ
बनाइदिएको थियो । उसले वैजयन्तिलाई विस्तारै सोध्यो । तपाइहरु पूर्वपरिचित । उनले
हाँस्दै ‘’हो’’ भन्ने सँकेत दिइन । एकै ठाँउमा बस्ने । उ उठेर अगाडि गयो र सन्तोषको
कानमा फुसफुसायो । सन्तोष उठेर बैजयन्तिको नजिक आयो । दुबै हाँसे । एकअर्कोसँग
जोडिएर बसे । भलाकुसारी गरिरहे । नँया चिज किन्ने अवसर आयो भने एकले अर्कोलाई
उछिन्दै किन्न लागे । खाए । रमाए । उनीहरुको मनखुसपन र ब्यबहार देखेर यात्राका
लैलामजुन भन्ने सँज्ञापनि दिए कतिले । रातीको खाना खाने ठाउँ आयो । प्रायः सबै झरे
बसबाट तर उनीहरु झरेनन । के के खाइयो, खाइयो । भात खाने मनै छैन भन्नेमा दुबैको राय मिल्यो । बसिरहे ।
सन्तोषले जुस ल्यायो । चिसो है भन्दै दुबैले खाए । फ्रिज बाहिरको त हो तर
सुरुवातको भएपनि मँसिरको महिना न हो । त्यसमा पनि रातको समय । चिसो किन नहोस है, भन्दै आ आफंनो बट्टा सके ।
बसको झयाल लागेकै थियो । तरपनि झयालको प्वालबाट
छिरेको चिसो बढ्दै गयो । क्रमशः बढदै गयो
। अलि जोडिएर बस्न चाहयो सन्तोष । वैजयन्तिको दाहिने साप्रोमा अलिअली दख्खल
दिनेगरी हात राख्दै सरयो । ‘’जाडो
भयो कि क्याहो’’ वैजयन्तिले सोधि । उसले बिस्तारै
भन्यो ‘’हजुर’ ’।
‘’मँसिरको महिना । मध्यरातको बसको यात्रा । यस्सो
ओढ्नेपनि लिएर हिड्नु पर्छ नि’’ थपी ।
उसले ‘’ल्याउनु त पर्थ्यो तर… ‘’मात्र भन्यो । वैजयन्तिले आफूले लगेको बाक्लो ओढ्ने (बर्को)
को केही भाग सन्तोषको जिउतिर पर्ने
गरी फाली । सन्तोषले बर्कोको टुप्पो समात्यो र तान्यो । यतिन्जेल उसको भित्रीमनमा
मात्र होइन, शरीरभरी रस पैदा भइसकेको थियो । के गँरु, के नगँरु वा कँहा समाउ, कँहा समाउ लाग्यो उसलाई । विस्तारै वैजयन्तिको
उही बाँया साप्रोमा हात लग्यो । ‘’के भयो
सन्तोष जी’’ वैजयन्तिले सोधी । केही भएको होइन, जाडो जाडो…. भन्दै अलिभित्रतिर हात घुसार्न लाग्यो ।
विस्तारै वैजयन्तिको पेटिकोटको भाग फेला पार्यो ।
आँखा चिम्म गरेर अलिकति भित्रतिर लग्यो हात । निस्पट अँध्यारो रातका बिचमा राख्यो
वैजयन्तिको भित्री भागको त्रिकोणात्मक जीवनदायिनी मूलगुफा माथि आफ्नो दायाँ हात ।
यसैबिच वैजयन्तिलेपनि विस्तारै आफ्नो हात त्यतैतिर
ल्याइ । उसले एकप्रकारको थप आनन्द महसुस गरिरहेको थियो । वैजयन्तिले त्रिकोणात्मक मूलगुफाको
नजिक पुगेर थकाइ मारिरहेको सन्तोषको हातलाई विस्तारै समाउदै बाहिर ल्याइ ।
विस्तारै माथि उठाउदै एक चुम्मा दिइ । अनि भनी ’’सन्तोष जि के गरेको यस्तो !? म त एक सन्तानकी आमा । त्यसमापनि प्रगतिवादी
समाजसेवी अर्थात राजनीतिक कार्यकर्ता । चिन्ने जतिले आश गरेका छन । मेरै मुख्खै
छेउँ, यो समाजका लागि केही गर्छे भन्ने
गरेका छन । तपाई राष्ट्रसेवक । अधिकृत स्तरको । अझ महिलाअधिकारवादी ।
राष्ट्रसेवाको क्रममा माथि माथि पुग्ने उमेर र लगाव अनि क्षमतापनि भएको तपाइ जस्तो
मान्छेले…….. यस्तो
गर्ने ? भविष्यमा उच्चतम पदम पुगेर देश र
जनताको सेवामा काम गर्ने तपाइका पवित्र हातका औलाहरु अँध्यारो कुनामा लुकेर चलाउने
औँलाहरु होइन सर । कृपया ! यस्ता
पवित्र औँलाहरु रहेको हातलाई सधै इमानी रुपमा चलाउनु होला । जनसेवाको पवित्र काममा
लगाउनु होला । वैइमानी र अनैतिक तथा अपवित्र कामहरुमा कहिल्यै नलगाउने होला । मेरो
हार्दिक शुभकामना छ’’ भन्दै फेरि चुम्मा दिएर विस्तारै सन्तोषको
साप्रातिर राखिदिइ ।
अँध्यारोका बिचमा पनि सन्तोष निशब्द र पानी पानी
भयो । सरी भन्न खोजेको थियो तर उसको गलाबाट शब्द निस्कनै सकेन । पुरै अर्कोतर्फ फर्केर कालो निस्पट रातमा त्रिसुलीको मन्द सुसाहट सुन्दै
चुपचाप बस्यो । सासपनि बिस्तारै फेरयो । कलङ्की पुगेपछि विस्तारै फुसफुसायो ‘’गएँ है’’। वैजयन्ति केही बोलिनन । उ भने आफ्नो अनुहार वैजयन्तिले देख्न्छिन की
भन्ने सम्झेर उनितिर नफर्केरै झरयो बसबाट र टयाक्सी समात्यो । लाग्यो गोदावरीतिर ।
No comments:
Post a Comment