सोच्दैनन्, मरिन्छ होला,
अनि गर्छन,
अन्याय, अत्यचार र ब्यभिचार
मनपर्दी, शरमहिन भ्रष्ट्राचार।१।
सोच्दैनन्, मरिन्छ होला,
अनि गर्छन,
राजश्वको
ब्रम्हलुट
प्रकृतिको
अविवेकी दोहन ।२।
सोच्दैनन्, मरिन्छ होला,
अनि गर्छन,
कालो बजारी, नाफाखोरी,
कब्जा,यातना र चोरी।३।
सोच्दैनन्, मरिन्छ होला,
अनि गर्छन,
शैक्षिक चरम
अराजकता,
स्वास्थ्यमा
बेहिसाब खेलवाड ।४।
सोच्दैनन्, मरिन्छ होला,
अनि गर्छन,
एक अनेक
दुर्ब्यसनी,
सकिन्छन आफै
सक्छन अरुअरु ।५।
सोच्दैनन्, मरिन्छ होला,
अनि गर्छन,
असहायहरु प्रति
अपमान,
जेष्ठतम
गरिकहरुको अपमान ।६।
कृपया! हरदिन
एकपटक,
शसरीर नभएपनि
अन्तरमनलाई
आर्यघाट लैजाउ
गंभीर भएर सोँच, मनन गर
मरेपछि साथै
जाने के हो ?
उत्तर आउने छ,केही होइन
मरेपछि बाँकी
रहने के हो ?
उत्तर आउने छ, सुविचार, सत्कर्म र
न्याय । ७।
अब आर्यघाटबाट
मनलाई घर फर्काउ
फेरि सोँच, अब पनि फेरिदैनौ ?
फेरिदैनौभने
सम्झ,
तिमी कसैबाट र
कहिलेपनि
सच्चा मानवका
रुपमा
अरुको नजरबाट
हेरिदैनौ
बाँच्दासम्म र
मृत्युपर्यन्त !
बाँच्दासम्म र
मृत्युपर्यन्त!! ।८।
अनि सोध,आफैलाई
मानवतावादको
कर्म,
अनि खोज , आफैलाई,
मानव जीवन
हुनुको अर्थ
अनि सम्झ,
तिमीले मानेको
ओँठेधर्मको मर्म ?।९।
तिमी शुन्यसरी
हुने छौ
हुनु र नहुनुको
अर्थ रहने छैन,
तिमी शुन्यसरी
हुने छौ,
हुनु र नहुनुको
अर्थ रहने छैन ।१०।
२०८१।१२।१४ प्यूठान धनवोट। हाल नरेफाँट काठमाण्डौ
No comments:
Post a Comment