Sunday, 17 August 2025

वाल दुराचार सम्बन्धी लघु कथा अबिनाशको बिनाशकारी चर्तिकला

 


सिर्जनाचोकबाट मोटरसाइकलमा चढी १५ वर्षिय अबिनाश र १४ वर्षिया अस्मिता ड्यामसाइडमा पुगे । १७ वर्षिय रुपेसबाट किनेर दुबैले एक एक पप हेसिस ताने । फेवातालको डिलमा बसेर कुरा गर्दै जाँदा एक अर्कामा रिसारिस भयो । अविनाशले अस्मितालाई एक लात्ती दियो । ढुन्मुन्निदै बार समाउन पुगेकी बिचरी !  बार नै भत्किएर तालमा खसी ! अरु कसैले उनलाई उद्धार गरयो । अस्मिताको रु ३००० नगद र सृँगारका सामान रहेको झोला टिपेर अविनाश मोटरसाइकलमा हुँइकियो । 

नजिकै बिरौटामा रहेको नमस्ते अस्पत्तालमा पुर्याएपछि थाहा भयो गाला र तिघ्रामा चोट लाग्नुका अतिरिक्त अस्मिताको हात पनि भाँच्चिएको रहेछ । रिसले चुर भएको अबिनाश हल्लनचोक पुगेर दुईबोत्तल बियर तान्यो । बियरको पैसा नतिरी भाग्ने क्रममा होटल्नीले पक्रन खोज्दा उल्टो उनकै गालामा टोक्दै दगुर्दा एक सडक बालकसँग ठोक्कियो । त्यही झोँकमा सडक बालकलाई पनि एक मुक्का हान्यो । हल्लन चोकमा आइपुग्दा थाहा भो, हेल्मेट होटलमा मै पो छोडिएछ । आ ! होस, कसरी जाने ? भनेर नजिकैको अर्को मोटरसाइकल माथि रहेको हेल्मेट झिकेर फेरि हुइँकियो । सिर्जना चोकमा पुगेर एक बालिकालाई ठक्कर दियो । उनी त्यँही ठहरै भइन । उ भने वास्तै नगरी घरतिर लाग्यो ।

प्रहरीको फन्दामा परि यतिवेला उ बालसुधार गृहमा आत्मवोध गरिरहेको छ ।                                                                                                                                                                                       २०७१।०२।२८   

No comments:

Post a Comment