Friday, 30 January 2026

मनको त्रासादिः अर्थहिन मध्यावधि!?

 चुनाव दुइथरि

आवधिक र मध्यवधिक,

मिति पुगेपछिको आवधिक

मिति नपुग्दैको मध्यवधिक

असन्तुष्टि र बेमेल पछिको

मध्यावधि,

साँचो बोल्न पनि डराउने

गर्नैपर्ने काम, गर्नमा पनि हराउने,

समय त्रासादि!

हुलदँगा, तोडफोड र आगजनी पछिको

मध्यावधि !

हामी असफल प्रयोगशाला त भइरहेका छैनौ ?

एकपछि अर्को गर्दै,

तन्नमतातिर त गइरहेका छैनौ ?

भनिन्छः राज गर्न, राजी बनाउने

एकमात्र वैधानिक माध्यम हो चुनाव

तर सवाल जारी छ

यथास्थितिमा ?

आसन्न चुनावले गर्छ के ?

चुनावी परिणामले ल्याउछ के ?

स्थायित्व,

शान्ति,

बिकास,

समाता र समानता,

पूर्ण न्याय,

आत्मसम्मान सहितको पूर्ण सुरक्षा,

अथवा पूर्ण सुरक्षा सहितको आत्मसम्मान !?

चुनाव घोषणा नै वैध वा अवैध,

सवाल बिचाराधिन रहेको समय,

यहि सँशय र त्रासादिका बिच

हुन गइरहेको चुनावले दिने हो के ?

अब दिने भनेको न्याय न्यायालयले हो ?

अथवा संविधानको ब्याख्या हुल वा राजनीतिले गर्ने हो!?

अथवा साधिकार प्राप्त स्वतन्त्र न्यायालयले ?

स्वतन्त्र न्यायालयले हो भने

त्यसको छिनोफानो गर्छ कहिले ?

अप्रेसन पछिको मृत्यु त नियति होला

तर मृत्यु पछिको अप्रेसनको अर्थ के ?

समय त्रासादि वा जटिल सवाल!

त्यसैले उही सवाल जारी छ

बिषम र बिबादित परिस्थितिमा

हुन गइरहेको चुनावले गर्छ के ?

राजनीतिक स्थायित्व,

मुलुकी शान्ति,

समग्र बिकास,

समता र समानता,

अनि आत्मसम्मान सहितको सुरक्षा,

अथवा उहि यथास्थितिकै निरन्तरता !?

भित्री मनमा त्रासादि

जारी छ, जारी छ र जारी छ ।

फगत अर्को मध्यावधि!

त्रुटी नै त्रुटी रहेको संविधान

बेथिति नै बेथिति जन्माउने

शासकी स्वरुप र निर्बाचन प्रणाली

क्षणिक आवेग, लोभ र उत्तेजनामा रमाउने

हामी जनता जनार्दन अर्थात मतदाता,

अनि निकासको खोजिमा हुने

एकपछि अर्को महँगो मध्यावधि

यो नियति कि

समय त्रासादि ?

अथवा मुलुकी मूल बेथिति !

त्यसैले यतिवेला पनि,

मथिँगलमा मडारिइरहने

निरन्तर जारी बिषय बनेको छ

पुनः पुनः मध्यावधि !

पुनः पुनः मध्यावधि !!

२०८२।१०१।५                               ऐरावती १ धनवोट, प्यूठान।

राजनीतिक रङ्गी बिरङ्गी फसलकाः अनेक पसल

 जन्म घरको खास खेती भनेको कृषि । त्यसैले समय सन्दर्भहरुमा बाबु आमाको पेशालाई कृषि भनेर लेखियो । उता बाबु स्वर्गीय लोकमणि आचार्यको पञ्चायती राजनीतिकालका प्रधान पञ्चीय क्रमपछि दाजु कृष्णप्रसाद आचार्य पनि प्रधान पञ्च नै । आफ्नै पनि माथिल्लो डिग्रीभने राजनीति शास्त्र ।

प्रवेशिका देखि नै सरकारी मानो खाने अवसर जुटेकाले गैरसरकारी मानोका लागि मरिहत्ते गर्नुपर्ने वा अरु कुनै खेती गर्नुपर्ने आवश्यकता परेन । निरन्तर करिब ४४ वर्ष सरकारी मानो थापेका हत्केलाहरु राजनीतिज्ञहरुका पछाडि लागेर जदौ! गर्न अगाडि सर्न मानेनन । अन्तरहृदयले पनि उचालेन । तर बिडम्बना, दुई कार्यकाल नेपाल निजामती कर्मचारी संगठनको प्रमुख सल्लाहकार र प्रमुख प्रशिक्षक भएर काम गरिरहेको नाताले होला, बामदेव गौतमले गृहमन्त्री हुँदा रोल्पाको प्रमुख जिल्ला अधिकारीका रुपमा सिफारिस गरेपछि बि सँ २०५३ सालतिर कागजमा सिडिओपनि भइयो ।

न्यायसेवाको कायम मुकायम प्रथम श्रेणीको रजिष्ट्रार पदमा ततकाल पुनराबेदन अदालत जुम्लामा काम गरिरहेको र निकटमै प्रथम श्रेणीको सहसचिव पदमा बढुवा हुने प्रबल संभावना भएकोले सेवा परिवर्तन सरहको सिडियोको जिम्मेवारीमा जान अन्तरमनले दिएन । यही मौकामा हेरौँ हामीहरुको छातीमा कसरी गोली हाने आदेश दिने रहेछौ’’ भनेर  ततकालीन माओवादीका क्षेत्रीय कमाण्डरहरुदेखि स्थानियहरुको थर्काइपनि खाइयो त्यही बेला । अर्कोतर्फ अदालतभित्र भने आन्तरिक बेथितिहरुको बिरुद्दमा कामकुरा गर्ने र केही नेताहरुसँग ब्यक्तिगत सम्बन्ध रहेको भन्ने आधारमा माओवादी भनाइयो र अप्रत्यक्ष रुपमा बनाइयो । एकप्रकारले गजबको अनुभवी बन्यो बितेको जिन्दगीमा ।

सरकारी खान्गीकै बान्कीमा अवलोकन र प्रशिक्षण आदिका सन्दर्मा केही बिदेशी मुलुकको माटो कुच्ने र केही बुझ्ने अवसर पनि पाइयो । त्यही अबसरमा त्यहाँको राजनीति, ब्यापार प्रशासन र न्याय आदिको बारेमा केही जान्न खोजियो । त्यही क्रममा बुझियो, कि सबैभन्दा कम मानिसले सबैभन्दा कम समय खर्चने खेती भनेको राजनीतिक खेती नै रहेछ । खास खास र माथिल्लो पदमा रहेकाहरु बाहेक राजनीतिमा लागेका अन्यहरुको पनि गरीखाने मेसो र पेशो अर्कै अर्कै (ब्यापार वा गैरसरकारी क्षेत्रको रोजगारी) हुदोँ रहेछ । खास मौकामात्र गर्दा रहेछन राजनीतिक कुराकानी । गरीखाने कामकाजीहरुका लागि त चौबिस घण्टामा ८ घण्टा अनिवार्य सेवा नगरी दैनिकी मेवा पाक्दो नै रहेनछ ।

भोलि अठार बर्ष पुग्ने दिन रहेछभने आजको साँझ आमा बाउसँग बसेर खाना (डिनर) खाने र भोलिपल्ट बिहानै आफ्नो आत्मनिर्भरताको बाटोमा लाग्नै पर्ने ! गजको नीति । आमा बाउको सम्पत्तिमा जन्मसिद्द हक नहुने  । पैत्रिक सम्पत्ति त निगाहको फल मात्र हुने रहेछ धेरै देशहरुमा ।

यता हामीकँहा भने राजनीतिको खेती जताततै । चौबिस घण्टामा अठ्चालिस पटक कुराका बुकुराहरु बनाएर भएपनि गोडमेल गर्ने खेती राजनीति । जनसेवाको खेती मनमेवाको लागि तिब्र गतिमा गइरहेको देख्दा क्रमशः आश्चर्यको सगरमाथा नै बन्न पुगेको हो भित्री मनमा । टोल समाज र देशमा मात्र होइन, घरघरमा राजनीतिक खेती । घरका चारजना सदस्य तर  खाना खाने बेलामा त्यही राजनीतिक खेतीको फरक मेलो र मेसोको कारणले भातको थालपनि फरक फरक ठाउमा लगेर खानेसम्मको अवस्थामा पुगेका दिनचर्याहरु !  राजनीतिक खेतीकै कारणले लोग्ने स्वास्नीका बिचम सम्बन्ध बिच्छेद देखि छिमेकीसँगको बोली बाराबार हुदै सम्पर्क र विवाहावारी आदि मै छूत-अछूतसम्मको घिनौनी अवस्थामा पुगेको एकपटकको समय सम्झदा र देख्दा धत्तेरीका राजनीति ! भन्ने पनि लागेको हो  । तर सबै नीतिको मूल नीति राजनीति भनेर आफैले राजनीति शास्त्रमा पढेको  र जाने-बुझेको खेती भएकाले होला, नचाहेरै पनि राजनीति बोली,ब्यवहार, चिन्तन र मननको बिषय भइरहेको छ । यसैमा झन आश्चर्य लागिरहेको छ ।

समकालिन समय प्रतिनिधि सभाको चुनावको बिकूल फुकिएको समय भएरहोला, जता जता गयो र जो जो संग भेट गरयो उही राजनीतिक कुरा । मानौँ राजनीतिक कुरा गरेन भने खाएको पनि पच्दैन जस्तो!? अथवा जाडोमा आङ नै तात्तिदैन जस्तो !!?

बहुदलीय लोकतान्त्रिक ब्यवस्था संसारको सबैभन्दा उम्दा ब्यवस्था मानिएपनि यसमा शासन प्रशासन चलाउने खास राजनीतिक दलहरु भनेको बढीमा तीन चारवटा र अझ दुइवटा मात्र आलोपालोमा हुने गरेको देखिन्छ धेरै तिर। तर हामीँकहा भने सुकि दे गाँड भन्दा थपिदे गाँड सरह भइरहेको छ । राजनीतिक दलहरु घटलान भनेको झनपछि झन बढिरहेका छन ।

तीन करोड जनतामा एककरोड बिदेश । बाँकी रहेका करिब दुइकरोड । त्यसमा पनि करिब पचासलाख जति नाबालकहरु र पच्चिस लाख जति बृद्दबृद्दाहरु । सबै सरकारी सेवाका सबै क्षेत्रमा लागेहरु करिब दश लाख, आदि आदि मनन गर्नेहोभने सकृय राजनीतिक कुराको खेती गर्नेहरुको उमेर र सँख्या करिब डेढलाख जति । तर गजबले चलिरहेको छ नेपालमा राजनीतिक खेती । वडा सदस्यहरुलेसम्म तलब र भत्ता पाउने र मौका मिले धेरैतिर लामो हात पनि लाउने भएकाले होला, नेपालमा राजनीति सेवा होइन, मेवाकै रुपमा बिकसित भइरहेको छ । त्यसैले यतिवेला डेढसय जति भएका छन दलहरु ।

हरेक क्षेत्रका पद वा तहका राष्ट्रसेवहरु देखि हरेक पेशाका प्रायःसबै मानिसहरु यही राजनीतिक खेतीमा लागेकाले नेपालमा अरु खेती होइन, राजनीतिक खेतीमा लागिरहेका छौ । अस्ति सत्तो सराप गरेको दलका पछि हिजो लागेको र हिजोमात्रै जोडिएको दलसँगको नाता पनि आजै तोडन पुग्ने साँसारिक मनुवा भनेको नेपाल कै हो जस्तो अवस्था छ ।

सैदान्तिक रुपमा राजनीति र चुनाव भनेको परिवर्तनका लागि, मुलुकी अस्थिरतामा स्थायित्वका लागि, मुलुकी स्वाधिनताको रक्षमा लागि र सम्बृद्दिका लागि हो भन्ने लाग्नु स्वभाविकै हो तर धेरै कोणबाट सकारात्मक उपतिका लागि होइनकि खतिका लागि राजनीति हुदै गएको छ नेपालमा । तनको खती । धनको खति र मनको खति अनि सम्बन्धको खति पनि ।

राजनीति प्रमुख खेती भएकाले यतिबेला मुलुकी मूल फसल पनि राजनीति नै भएको छ र टोलटोलमा पनि राजनीतिक पसलहरु रहेका छन । रङ्गी बिरङ्गी मध्येका कुन फसल खाँउ र कुन पसलमा किनौ भन्नेमा धेरै नेपालीहरु अलमलमा परिरहेका छन । जुन हेरेपनि उस्तै उस्तै लाग्नु उनिहरुका लागि अर्को समस्या हुदै गइरहेको छ । असाध्यै रुचीका साथ लाउ लाउँ र खाउँ खाँउ जस्तो फसल नफलेकोले जुन पसलमा गएपनि उस्तै त हो भन्ने लागिरहेको छ धेरैलाई ।

असंवैधानिक सरकार र अवैधानिक चुनाव भन्दै समय बिताउनेहरुपनि यतिवेला कुन पसलमा गएर के फसल लिने भन्ने दोधारमा परेका छन । टोल टोलमा उनिहरुको गुनासो छ, खासमा केही हुनेवाला छैन । केवल कालाका ठाउँमा गोरा र गोराका ठाउँमा काला मात्रको परिवर्तन हो भन्ने परिरहेको छ ।

बहिस्कार गरौँ, झनै काला पो आउने हुन कि भन्ने डरमा छन । स्वीकार गरौँ, खासमा केही प्राप्तिको छेकछन्द नै पाइरहेका छैनन । त्यसैले फसादमा छन धेरै नेपालीमनहरु र धेरै नेपालीजनहरु ।

() चुनावपछि संसदीय कुर्सीमा जाने दलहरु कम्तिमा सातदेखि १४ सम्म हुने, () सरकार गठनका लागि १३८ कसैले ल्याउला कि भन्नु आकाशको फल आँखातरि मर सरहको अवस्था हुने र कम्तिमा चारभन्दा कम दल नमिली आगामी सरकार गठन हुन नसक्ने, () बीस लाख भन्दा बढी पपुलर भोट कुनैपनि दलले ल्याउन नसक्ने, () सबैभन्दा बढी सफलता हासिल गर्ला भनेर मुख मिठाएको दललेपनि भित्री अन्तरघात पैसाको छेलोखेलो र राजनीतिको फोहोरी मेलोको कारणले पचपन्न/साठी सिट भन्दा बढी सिट नआउने, () यही संविधान यही चुनावी नीति र थितिका बिचमा हुन गइरहेको चुनावले खासै केही परिवर्तन नल्याउने यस्तै यस्तै पूर्वाआँकलन गर्दै छन हिजो आज धेरै जानकार मनहरु । अनि आफैभित्रको मन पनि त्यही त्यही सम्झेर यसरी गुनगुनाउन बाध्य छः

                  खोजिरहेको छ यो मनले एक युगनायक

                  पाउनै सकेको छैन अझै देश हाक्न लायक ।

अनि आफैले आफ्नै एकमनले प्रश्न गरिरहेको छः आउदो फागुन २१ को निर्बाचनमा भोट हाल्ने कि नहाल्ने ? अनि भोट हाल्न कै लागि राजधानीबाट मोफसल (प्यूठान-धनवोट) पुगेर करिब बीस हजार फोकटमा फाल्ने कि नफाल्ने ? अनि अर्को मनले भनिरहेको छः परिवर्तनको अपेक्षा सहितको मताधिकारको प्रयोगको शुभ-अवसर किन गुमाउने ?  जा जा जसरी पनि जा र खराबहरु मध्येको कम खराबबाट, मन परेको कुनै एक दलको समर्थनमा स्वस्तिक छाप लगा ।

हेरौँ, त्यतिन्जेल भित्री मनले मान्छ कि मान्दैन र पाइलाहरु त्यता सर्छनकि सर्दैनन ? अथवा राजनीतिको शब्द खेती गरेर राजधानीमै बटारिन्छन र थचारिन्छन ?

२०८२।१०।७                  ऐरावती-१ धनवोट, प्यूठान । हाल नरेफाँटँ काठमाण्डौ   

Thursday, 22 January 2026

ब्यङ्य

समय  र समय व्यवस्थापन

‘’प्रत्येक दिन दाह्री फाल्न छ मिनेट लाग्दा एकवर्षमा साढे छत्तिस घण्टा र असी वर्षको आयु सम्झदा २९२० घण्टा अर्थात १२२ दिन त दाह्री फाल्न मै सकिने हुदा दाही फालेर के को समय बर्बाद गर्ने ? केही दार्हीवालहरुलाई लागेको हुन सक्दछ’’

समय र समय ब्यवस्थापनको महत्व विषयमा शब्दहरु उतार्न लाग्दा २५ वर्ष अगाडि दार्ही शिर्षकमा लेखेको ब्यँग्य (पुस्तकः माननीय महात्म्य, २०५७ पृष्ठ ५) निवन्ध भित्रका उल्लिखित पङ्तिहरुको सम्झना आयो ।

गजब छ र अजिब देखिन्छ समय र मान्छेहरुको जिन्दगीका बिचको साइनो पनि । कतिलाई खान लाउन नै फुर्सद छैन मानौ तिनीहरु यस धर्तीमा काम मात्र गर्न आएका हुन । हस्याङ्ग फस्याङमै यस धर्तीको समय बिताउन आएका हुन । हुनेसम्मको सुकिलो मुकिलो हुनुपर्ने पनि छैन उनिहरुलाई । सधै ल्याङ्फ्याँङ्गे । कतिलाई बाँच्दासम्म कमाएको कमाई गर्नु छ बरु खानेभनेको पेट भर्ने त होऽ त्यसैले रुखोसुको जेखाएपनि र जति खाएपनि भयो भन्ने छ । बिचराहरु! आरामले खान नै पाएका हुदैनन र छैनन । सास्ती छ क्षण क्षणमा । बाढी आउला र दाउरा बगाएर लैजाला भन्ने जस्तो अथवा एकभारी घाँस अर्काले काटेर ल्याएर बन नै सकिएला जस्तो ।

कति भने म त खाइरहन्छु भन्ने शैलीमा भेटेसम्म खाइरहने र पाएसम्म लाइरहने खालका देखिन्छन । उनीहरुलाई खान लाउन मै ठिक्क देखिन्छ उनीहरुको समय । जीवन भनेकै आफैले खान लाउन र आफैले मोज मस्ती गर्न हो भन्ने बुझाइमा रहेका हुन्छन यसप्रकारका मानिसहरु । समाज सेवा भन्ने हो भने के का लागि र कस्का लागि समाजसेवा भनेर प्रश्न गर्छन त्यस्ताहरु । समाज सेवाका नाउमा आ आफ्नै मेवा पकाउनु भन्दा सोझो गरेर बस्ने र आफ्नो कमाइ आफै खाने हो । हाइसञ्चो भन्नेमा हुन्छन उनिहरु । गजब छ र अजब देखिन्छ मानिसहरुको जिन्दगीको यात्रा र दिनचर्या । मानव चोला दुई दिनको जिन्दगी हो भन्ने प्रायः सबैलाई थाहा छ तर देख्लास र पख्लास भन्ने भाव र लगावमा नजानेहरु पनि प्रायः पाइदैनन । भरे मर्ने हो तर ऐले लोभको रयाल निकालेर चिउडो देखि तलतलै झार्नेहरुदेखि लिएर मौकामा तर मार्नेहरु सम्मका धेरै देखिन्छन वरपर । गोजीबाट कौडी ननिकाल्ने तर अर्काको पाए भुँडी फुट्ने गरी वा हैजा लाग्ने गरी खानेहरुका लागि पनि समय भनेको खान कै लागि होकि भन्ने देखिन्छ ।

यो समय भनेको पनि गजब कै त्रासादि रहेछ । अलिकति तलबितल परयो कि सम्पत्ति नै खलास । ज्यान नै खत्तम । समयको महत्ववस सम्पत्तिका लागि ज्यान फालौ कि ज्यानकै लागि सम्पत्ति सकौँ भन्ने दोधारमा पनि पार्ने । कतिवजे उठ्ने कति वजे सुत्ने ? के खाने के नखाने ? के लाउने के नलाउने ? कति वजे कहा पुग्ने कँहा नपुग्ने ? कस कसलाई समय दिने र कस कसलाई नदिने ? उहिल्यै बाउ बाजेका पालामा जस्तो हो र आजकल ? घाम जुन हेरेर समय पत्ता लगाउने ? समयका लागि घडी हेर्ने कि मोबाइल वा टिभि खोलेरै ठ्याक्कै पत्ता लगाउने !फसाद पनि कति कति !! मोवाइलमा धेरै झुल्नु वा भुल्नु हुदैन समय बेकारमा जान्छ र नजानिदो गरी जीवन मात्र त के ज्यान नै खान्छ भन्ने समय विद्वानहरु पनि देखिएका छन हिजो आज ।

ठिक्क खानु ठिक्क बोल्नु सुहाउदो लाउनु उचित ठाउमा धाउनु,,,जस्ता अर्ति दिने अभिभावकहरु आ आफै राती नर्सिङ टवाकका साथ अबेर ढोका ढवाक ढवाक पारेर आएको देख्दा र सुन्दा भने उदेक लागेर आउँछ । अनि अर्कोतिर झर्कोको लर्को आउने सन्दर्भहरुपनि धेरै छन । जस्तो कि म त भनेकै बेलामा आउँछु कार्यक्रमहरुमा भनेर धक्कू लाउनेहरुलाई नै प्रमुख अतिथि बनाइदिएपनि एकघण्टा ढिलो त अवश्य गर्छन र भन्छन नेपाली समय अलि अलि त ढिला भइहाल्दछ नि ! लगन भन्ने एउटा जबरजस्त समय छ नेपाली खास गरी हिन्दू संस्कृतिमा । हो त्यसले केहि मानिसहरुलाई तह लगाएको थियो उहिले उहिले बाउका पालामा । तर आजकल त त्यो पनि साइत सारेपछि हुने भएको छ मानौ घडीको सुइ बटारेर समय मिलाए जस्तो । ज्योतिष र बाहुन बाजेहरु पनि समय अनुसारका भएर होला आजकल समय र समय ब्यवस्थापनको कुनै समस्या नै छैन केही मान्छेहरुका लागि । चाहे त्यही समय नचिनेर वा समयको सहि ब्यवस्थापन गर्न नजानेर उनिहरु स्वयम् नै अधोगतिमा गइरहेका किन नहुन ।

समयको महत्व र समय ब्यवस्थापनको सीप नभएकाहरु वा आवश्यक छैन भन्नेहरुलाई अरु केही भन्नु छैन । यहा यत्तिमात्र भन्नु छ कि समयको महत्व र समय ब्यवस्थापनको सार बुझ्नकालागिः दुई वर्ष कति लामो हुन्छऽ पति बिदेशिएकी गृहिणीलाई सोधी हेर त ।एकवर्ष कित मँहगो हुन्छऽ परीक्षामा फेल भएको बिध्यार्थिलाई सोधि हेर त । यस्तै नौ महिना कति महत्वपूर्ण र कठिन हुन्छ गर्भवतिलाई सोध । एकमहिना कति ओजिलो हुन्छ भन्ने कुरा तवल नपाएको श्रमीकलाई सोध । एक हप्ता कति महत्वपूर्ण र कठीन हुन्छ भन्ने कुरा अस्पत्तालको बेडमा बसेको बिरामीलाई सोध । समयको एकदिन पनि कति कठीन हुन्छ भन्ने जान्नका लागि २४ घण्टा भोकोपेटमा रहेको कुनै गरीबलाई सोध । एकघण्टाको मह्त्वको बारेमा सोध्ने होभने पर्खाइमा रहेकी प्रेमिका वा प्रेमीलाई सोधे पुग्छ । एकमिनेटको महत्वको कुरा गर्नेहोभने जहाज छुटेको कारणले रातभर कसेर भोलिपल्ट मात्र जान पाएको तर उता बहिनीको बिहेको लगन नै टरेको  समयलाई सम्झनु जरुरी छ । नबिर्स एक सेकेण्डपनि उत्तिकै महत्वपूर्ण हुन्छ । नपत्याए  एकसेकेण्डले छुटेको जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको ज्यान गएको तर आफू भने जहाज छुटेको कारणले बाँच्न पाएको घटनालाई सम्झे पुग्दछ । हत्तेरीका! समय पनि कस्तो कस्तो ? एक सेकेण्ड त के एक मिलि सेकेण्डपनि वलवान हुन्छ र महत्वपूर्ण हुन्छ । अरु धेरै सम्झनु जरुरी छैन ।एकमिलि सेकेण्डको कारणले विश्व म्याराथुनमा प्रथम हुनबाट बन्चित भएको र करोडौँ रकम र चम्किलो स्वर्ण पदक अरु कसैको घातीमा टल्किएको हेरेर बस्न बाध्य भएको क्षणलाई सम्झे पुग्दछ । यसरी सम्झदा सम्झदै समय र समय व्यवस्थापनको महत्वका तर्कहरु लर्को लागेर आउन लागेकाले खाना खाने समयपनि नपुग्ने र खानै नखाएर ज्यान नै जाने हो कि भन्ने डरका मारे मैले कि बोर्ड चलाउन नै छोडेँ र सटडाउन गरेँ ल्याप टप । अनि त हाइसन्चो ।

यस्को अर्थ केही नगरी बस्दा हाइसन्चो हुन्छ भन्ने चाँही हैन है ? होस गर्नुस है, फेरि समय र समयको व्यवस्थापन गर्न नसकेको ठानेर समयले खुच्चिङ गर्ला र जिन्दगीमा नसोँचेको समय आइपर्ला । 

२०८२।०९।१६                                                                                              ऐरावती १ धनवोट । प्यूठान