हिजो गयो,
जादैछ आज,
भोलिपनि जान्छ,
जसो तसो जे
गरेनी
जान्छन सधै
आफ्नै दिन
जिन्दगीलाई
सन्तापमा लान्छौ तिमी किन ?।१।
दुइ दिनको चोला
हो यो
आउने जाने सबै
बिनासित्ति
राख्दै चिन्ता
किन रहन्छौ सधै
मीठो चोखो जे छ
खानु
सन्तोषमय तनमन लानु
जे गरेनि जान्छ
जीवन चिन्ता लिनु किन
जिन्दगीलाई
सन्तापमा लान्छौ तिमी किन ?।२।
जति धेरै भाँडा
कुडाँ
चुबुर्काका
ताँती ताँती
जति धेरै
दयामाया
त्यति धेरै
धेरै जाति
यही जन्म नै
अन्तिम जन्म
पूनर्जन्मीय
छैनन दिन
सत्यदृश्य झुठो
मानी, कल्पनामा भुल्छौ किन ?।३।
बाचुन्जेल श्रम
गर
सतकर्ममा मन
लगाउ
मनको चिन्ता
तनको भय
शान्त शौम्य
बनी भगाउ
अमानवीयकाम
गरुन अरुले
देखासिकिका
हैनन दिन
मृत्युपछि
कृतिशेष
सुकर्म मै हो, भुल्छौ किन ?।४।
हिजो गयो,
जादैछ आज,
भोलिपनि जान्छ,
जसो तसो जे
गरेनी
जान्छन सधै
आफ्नै दिन
जिन्दगीलाई
सन्तापमा लान्छौ तिमी किन ?।१।
२०८२।०२।२१ प्यूठान
धनवोट । हाल नरेफाँट काठमाणौं
No comments:
Post a Comment