Friday, 8 August 2025

गरीखाने बनाउ

 

 गरी खाने बनाउ

                         डिल्लीराज आचार्य

 

कोरोनासँग डराइयो

मात्र अलि अलि होइन

अति डराइयो

डराउँदा डराउँदै

धेरै त आ आफ्नै घरभित्र हराइयो

तर कोरोना मान्छेदेखि डराएन

जे  जे गरेपनि कोरोना हराएन

त्यसैले अब कोरोनासँग डराएर

भाग्ने होइन

माग्ने होइन

लुक्ने होइन

झुक्ने होइन

सुक्नेपनि होइन

कोरोना विरुद्द डटनुपर्छ

जीवन शैलीमै परिवर्तन ल्याई उठ्नुपर्छ

आ आफ्नै माटो खोस्रदै

आ आफ्नै बाटो पक्रदै

सँघर्षमय जीवन पद्दतिकासाथ जुट्नुपर्छ

परीक्षण सुस्त तर लकडाउन मस्त

अर्थात लकडाउन फेरि बढायौँ

उहि गति र उहि मतिमा

कोरोनालाई फेरि चढायौँ

फेरि कोरोनाकै शरणमा परयौँ

लाग्छ, अलिकति गल्ती गरयौँ

अब लकडाउन विरुद्द

गरीखाने सँस्कृतिकासाथ बोल्नुपर्छ

प्रभावक्षेत्रका आधारमा विस्तारै खोल्नुपर्छ

ग्रीन जोन सबै खुला

एलो जोन केही बन्द धेरै खुला

रेड जोन धेरै बन्द केही खुला

बाँझा खेतहरु जोत्ने र आली कान्ला फोड्ने बनाउ

हर नेपालीको जीवनलाई

गरीखाने सँस्कृतिसँग जोड्न लगाउ

हरवस्तीका गरीखानेलाई साथ देउ

श्रमजीवीहरुलाई पाखुरी बजारेर मात्र भात देउ

कृपया! बसी खाने होइन,

गरी खाने बन्न देउ

कृपया! हात थापेर होइन,

श्रम वजारेर खान देउ

सरकारी धन मनकारी बनेर नबाडँ

सार्वजनिक र सामुहिक काममा लगाउ

के कसो गर्दा श्रम वल्छ

के कसो गर्दा श्रम फल्छ

त्यो त्यो गर गर्न लगाउ

कामसँग मामको भावना जगाउ

हात थाप्ने सँस्कारलाई भगाउ

गरीखाने सँस्कृतिलाई बढाउ

अनि त हेर्दै जाउ

वस्ती वस्ती तागत लिएर आफै जाग्नेछ

श्रमजीवी मान्छेको तागत देखेर कोरोना आफै भाग्ने ।

भो अति भो अब लकडाउन नबढाउ

मान्छेलाई बसी खाने होइन गरी खाने बनाउ

हात थाप्ने सँस्कारलाई भगाउ

गरीखाने सँस्कृतिलाई बढाउ

बसी खाने राहतको हातले होइन

गरीखाने श्रमजीवीपनमा स्याबासी चढाउ

हात थाप्ने सँस्कारलाई भगाउ

गरीखाने सँस्कृतिलाई बढाउ ।

 

 २०७७।१।२४ साँझ                           माइस्थान, वीरगन्ज         

 

 

 

 

 

No comments:

Post a Comment