सबको हुन्छ
हृदय हेर
सम्झ दिनका दिन
आफन्त र
संगसाथीलाई
रुखो बचन लाउछौ
किन ?।१।
ज्वरो आउँछ, रोग लाग्छ
मानव जन्म
भएपछि
ओषति त्यो किन
चाहिन्छ
जब मान्छे
मरेपछि ।२।
आफ्नै बच्चा
लालन पालन
हुर्कयाउँदामा
हरेक दिन
सम्झी हेर हुर्काउने
तिम्लाई
बाउ आमाका
दुःखका दिन ।३।
तिमी पनि बृद्द
हुन्छौ
सम्झ हरेक
दिनका दिन
बृद्दा आमा
बाबुहरुलाई
गर्छौ हेला सधै
किन ? २०८२।०२।२१ प्यूठान धनवोट, नरेफाट
काठमाणंडौ
No comments:
Post a Comment