Friday, 15 August 2025

मृत्युशेषः (कविता)

 

मरेपछि वायु प्रदुषित बनाउने गरी किन पोल्ने ?

गाडनु नि बरु !,

धरतीलाई पोषण त हुन्छ,

अध्ययन सामाग्रीका रुपमा आफैलाई पस्कनु त,

बाँच्ने प्रयासको अजम्बरी चाहना बन्छ,

सचेत जनजनको मन छुन्छ ।१।

 

सके अध्ययन सामाग्री बनाउन,

चिकित्सा शास्त्रालयहरुलाई बाड्नु

नसके जन्मेको प्रियधरती मै गाड्नु,

त्यै पनि नसके मात्र जलाउनु,

अवश्यमभावी छ जीवन र मृत्यु

मानव जीवनको सृष्टि चलाउनु ।२।

 

स्वर्ग नर्कको कुरा बेकार हो

सत्कर्मीका लागि,

त्यही स्वर्गको आधार बन्छ,

दुष्कर्मी,

 मृत्युपरान्तपनि प्रदोषी मै जान्छ,।३।

 

सतकर्म, सुन्दर संसार

दुष्कर्मः यत्रतत्र अन्धकार ।४।

 

२०८१।१२।१३       प्यूठान, धनवोट। हाल नरेफाँट काठमाण्डौ

No comments:

Post a Comment