छोरा जन्मदा मात्र दीयो बालेको देखेँ
कतिले छोरीलाई गर्भमै फालेको पनि देखे
जब बुढेसकालमा छोराले बा आमालाई
बृद्द आश्रमतिर लैजान्छ
तब छोरीले बा आमालाई लगेर पालेको पनि देखे
जीनवमा के के देखे ? के के देखेँ ??
केही मान्छेहरुले अँहकार पालेको देखेँ
मान्छे तर मान्छेमा हुनुपर्ने प्रमुख गुण मानवता नै ढालेको देखे
त्यसैले त मानवता जगाउनका लागि
केही गीत लेखे, केही कविता लेखेँ
अन्त नभएपनि तिनै गीत / कविताका शब्दहरुको मर्ममा
मैले मानवताको कर्म, धर्म र मर्म देखेँ ।
No comments:
Post a Comment