Saturday, 16 August 2025

‘सम्झनाको आँखीझ्यालबाट’ लाई नियाल्दा शनिबार, श्रावण १६, २०७८ युगबोध समाचारदाता सुशिल गौतम

  

                 सौगात


डिल्लीराज आचार्य न्यायिक क्षेत्रको लामो अनुभवसहित हाल उच्च अदालतको न्यायाधीशको रुपमा कार्यरत रहेका छन् पेशागतरुपमा न्यायमूर्तिको परिचय भए पनि अर्को विशिष्ट परिचय लेखक÷स्तम्भकारको रुपमा रहेको छ गोरखापत्रमा २०३९ सालमा कानुन व्यवहारका केही पक्ष शीर्षकको लेखबाट लेखनयात्रा प्रारम्भ गरेका आचार्यले हालसम्म कानुनसम्बन्धी पुस्तक नियात्रा निबन्ध गरी दशवटा पुस्तक प्रकाशित गरिसकेका छन् भने एघारौं कृतिको रुपमा सम्झनाको आँखी झ्यालबाट (निबन्ध संग्रह) हालै प्रकाशित भएको दाङबाट प्रकाशित हुने युगबोध बुटवलबाट प्रकाशित हुने मेचीकाली (दैनिक) को स्तम्भकारको रुपमा अन्य पत्रपत्रिकामा गरी समसामयिक विषयमा उनका थुप्रै फुटकर रचनाहरु पनि प्रकाशित छन् न्यायिक क्षेत्रको आफ्नै विशिष्ट चरित्रले पनि हुनसक्छ त्यस क्षेत्रमा कार्यरत रहने अन्य सामाजिक क्षेत्रका अत्यन्त कम क्रियाशील हुने परम्पराविपरीत आचार्यको साहित्यिक सामाजिक संस्थागत संलग्नता र सक्रिय क्रियाशीलता रहँदै आएको छ यसले आचार्यको कृतित्व व्यक्तित्वलाई बहुआयामिक बनाउन मद्दत गरेको आफ्नै पृथक पहिचान गराउन सफल पनि भएको

नेपाली साहित्यमा निबन्ध लेखनले करिव दुईसय पचास वर्ष पूरा गरिसकेको छ विक्रम सम्बत १८३१ मा पृथ्वीनारायण शाहको दिव्योपदेशबाट प्रारम्भ भएको नेपाली निवन्ध परम्परा अहिले बहुआयामिक भएको विषय प्रस्तुति शैलीका दृष्टिले थप फराकिलो हुँदैछ कतिपय सन्दर्भमा हिजोको निश्चित परिभाषा भन्दा धेरै मुक्त पनि निजात्मकता, प्रष्ट विषयवस्तु, गहन अनुभूति, गहिरो भाव र प्रखर तार्किकता निबन्धका प्रमुख विशेषता हुन् नेपाली निबन्ध परम्परामा अहिलेको पुस्तासम्मको विभिन्न कालखण्डमा थुप्रै निबन्धकारहरुको योगदान भए पनि अहिले पनि लक्ष्मीप्रसाद देवकोटा शंकर लामिछानेले नेपाली निबन्धमा विशिष्ट पहिचान कायम गरिराखेका छन्

हरेक विधा झै निबन्धका आफ्ना दायरा परिभाषा भए पनि निबन्धकारहरुका नयाँ नयाँ प्रयोगले निबन्धलाई एउटा घेराको परिभाषामा कैद गर्न नसकिने भएको विषयवस्तु, भाषा, शैली, आत्मपरकता, वस्तुपरकता आदिका आधारमा निबन्धको वर्गीकरण गर्ने परम्परा रहँदै आएकोमा पछिल्लो चरणमा त्यस्तो परम्परा पनि भंग हुन थालेको देखिन थालेको छ अहिले एउटै निबन्ध संग्रहमा आत्मपरक, वस्तुपरक, नियात्रा, संस्मरण, जीवनी आदि थुप्रै विषयवस्तु समेट्न थालिएको छ

निबन्धकार डिल्लीराज आचार्यको सम्झनाको आँखीझ्यालबाट (निबन्ध संग्रह) मा पच्चीसवटा निबन्धहरु संग्रहित छन् धेरैजसो निबन्धहरु वि.सं. २०७० देखि २०७७ को अवधिमा लेखिएका हुन् भने कलमको जेलयात्रा शीर्षकको निबन्ध भने २०४९ सालमा लेखिएको हो सबैजसो निबन्धहरु न्यायिक क्षेत्रको वरिपरी केन्द्रित छन् लामो कालखण्ड न्यायालयमा कार्यरत रहँदा न्यायिक प्रक्रियामा सहयोग गर्दादेखि आफै त्यस प्रक्रियामा निर्णायक पक्ष बन्दाका अनुभव, अनुभूति, अवलोकन, सुख दुःख, पेलाइ, हेपाइ, संघर्ष र स्वाभिमानका कथा व्यथा हुन् यस संग्रहमा संग्रहित निबन्धहरु विषयवस्तुको दृष्टिकोणले यस संग्रहमा चार प्रकारका निबन्धहरु समेटिएका छन् न्याय सम्पादन गर्ने क्रममा आएका मुद्दाबाट संवेदनाले उत्पन्न गरेका निबन्धहरु जसमा अन्धविश्वासको शिकार बालहत्या अब त्यस्तो कहिल्यै नहोस् घरेलु हिंसा पौरुषत्व जुनी फेर्ने अन्धविश्वासमा पृतिहत्या रहेका छन्

यसैगरी तनहुँ मन प¥यो, मलाई न्यायको चौतारीमा गोर्खाली तिर्खा मेट्दा, पूर्वाञ्चल यात्रामा सुखद सन्देश, स्पेन यात्रा र युरोपको सम्झना नियात्रा हुन् थाहाबारे केही आहाहरु मरेर पनि बाँचिरहेका न्यायमूर्ति हरिप्रसाद प्रधान सम्झनाको तरेलीमा, न्यायमूर्ति केदारनाथ आचार्य सम्झनाको आँखी झ्यालमा, विश्वनाथ उपाध्याय जीवनी परक निबन्ध हुन् अनुपम मज्जा इजलास अधिकृतको कठघरा, कलमको जेल यात्रा, कस्ममलाई धोका, बटौली, तानाशाह प्रतिनिधिसँग जम्काभेट, बारको व्यावसायिकता, बुमराङ बनेको चट्टापाङी, आदेश,। यात्राको सिलसिला, लात्तीले हानिए पनि, टाँड माथि, शब्दको भड्काउले, फेरी मध्यपश्चिमतिर, सगोत्रीको झापट, पथामौकामा पोख्न बाँकी रहेको मनको पिर शीर्षकका निबन्धहरु निबन्धकारले आफ्नो जागीरे जीवनका भोगाइ, अनुभव र अनुमूति, आदेश, संवेदना आदिले भरिएका आत्मपरक निबन्धहरु हुन्

न्यायिकरुपका लागि बआएका केही मुद्दाहरुका विषयवस्तु केन्द्रित भएर लेखिएका निबन्धहरुले हाम्रो समाजको पछौटे चिन्तन अन्धविश्वास पुरुषप्रधान मानसिकताले समाजमा पारेको पितृसत्तात्मक सोचको शब्द चित्र कोर्दै त्यसले उत्पन्न गरेका अपराधकर्म उल्लेख गरिएको छ मृत्युपछि जुनी फेर्ने अन्धविश्वासले आफ्नै बाबुआमालाई हत्या गरेको घटना केन्द्रित जुनी फेर्ने अन्धविश्वासमा पितृहत्या शीर्षकको निबन्धले २१ सौ सदीको वैज्ञानिक युगमा पनि अन्धविश्वासले हाम्रो समाजमा कुन हदसम्म जरा गाडेको भन्ने कुरा प्रष्ट पारेको यसैगरी नियात्रा विदाका निबन्धले सम्बन्धित क्षेत्रको भूगोल, इतिहास, जनजीवन, सामाजिक अवस्था, संस्कृति आदिबारे गतिलो खोज र अनुभूति समेटिएका छन् तीनजना नेपालमा चर्चित न्यायाधीश हरिप्रसाद प्रधान, विश्वनाथ उपाध्याय र केदारनाथ आचार्यबारे लेखिएका निबन्धले ती व्यक्तित्वहरुका जीवनका विविध पाटामाथि प्रकाश पारिएको छ यसरी प्रकाश पार्दा निबन्धकार वस्तुनिष्ठतामा खरो उत्रिएको पाइएको अति प्रशंसा अति निन्दाबाट मुक्त भएर असल कमजोर दुबै पाटाको सन्तुलन राख्न निबन्धकार सफल छन् औपचारिकरुपमा न्याय क्षेत्रमा संलग्न नभए पनि आफ्नो सम्पूर्ण जीवन सामाजिक न्यायका लागि समर्पित गरेका रुपचन्द्र विष्टबारेको निबन्ध खोजमूलक निबन्ध पढ्ने हरेक असल पाठकमा थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टप्रति अगाध श्रद्धाभाव उत्पन्न हुन्छ जागीरे जीवनका विविध उकाली ओराली, घात प्रतिघात, सुखद र दुखद प्रसँग जोडिएका निबन्धहरुले निबन्धकारले इमानको रक्षाका लागि गरेका संघर्षलाई प्रतिबिम्बित गर्दछन् तर यसरी लेख्दा लेखकले आफ्नो कतै पनि महिमा मण्डित गरेका छैनन् आफ्ना कमजोर पक्षबारे पनि उल्लेख गरेर लेखकीय इमानदारिता प्रदर्शन गरेका छन् जुन आँट कमैमा मात्र पाइन्छ

निबन्ध संग्रहको भूमिका जसलाई लेखकले साविती भनेका छन् जस अन्तर्गत उनी भन्छन् ‘कुनै विषयलाई स्वतन्त्र लेखकीय कोणबाट देख्न कठिन खुलेर लेख्न कठिन अर्थात पदीय दायित्व एवं अनुशासनवश जिब्रो चपाइएको मन फुकाएर लेख्न सकिएको छैन।’ तथापि समग्र निबन्ध हेर्दा निबन्धकार धेरै हदसम्म निर्भिक देखिन्छन् पदीय जिम्मेवारीले स्वाभाविकरुपमा केही थिचिए पनि सत्य सामाजिक न्यायप्रति निधन्धकारको अविचल आस्था यस निबन्ध संग्रहमा देखिने गरी नै उद्घाटित भएको आफ्नो लेखकीय यात्रा सर्वोत्तम विवेक प्रयोग गरे वापत थरीथरीका बाब प्रभाव र खतरा मोल्दै विवेकप्रति उनले अविचल आस्था नै राख्न सफल भएको प्रशंसा उनका लेखनी हुन् पेशागत हक हितका लागि जेल पर्दा होस् वा लेखक स्तम्भकार भएवापत प्रताडित हुनु पर्दा होस्, लेखक विचलित भएका छैनन् प्राज्ञिक स्वतन्त्रतामाथिको बन्देज अस्वीकार्य तर पनि विवेक वन्धकी राख्न नचाहनेलाई पञ्चायतकाल के लोकतन्त्र गणतन्त्रमा समेत प्रताडित गराउने सामन्ती चरित्र हेर्दा महाकवि देवकोटाको कविता प्रभुजी मलाई भेडो बनाऊको सम्झना आउँछ अझै पनि विवेकको प्रयोग हैन भेडो बन्न प्रेरित गर्ने प्रवृत्ति बलशाली तर थुप्रै कठिनाई वीच पनि निरन्तर कलम चलाइरहने डिल्लीराज आचार्यबारे नै राजधानीका प्रतिष्ठित मानिने सञ्चार माध्यमहरुले यथार्थ नबुझी छापिएका कति समाचारहरु बुमराङ बनेको चट्पानी आदेश पढ्दा हरेक पाठक दुखी हुन्छ

४१ वर्षको जागीरे यात्रामा २६ औं पटक काज र सरुवा भोग्दा न्याय लिने संरचनाभित्र समेत कता–कता अन्यायको वातावरण हुँदा पनि निबन्धकार आफ्नो स्वाभिमान लिलाम गर्न इन्कार गर्दै भन्छन्– जति पेल्छौं पेल जति सक्छौ अन्याय गर सकेसम्म खाउँला, जागरी नभए जन्मेको माटो खोस्रन जनमस्थगलतिर जाउँला (यात्रा जागिरे सिलसिलामा पेज १६०)निबन्धकार आचार्यको भावुक एवं संवेदनशील व्यक्तित्व यस निबन्ध संग्रहमा रहेका थुपै्र निबन्धहरुमा प्रतिबिम्बित भएको खासगरी न्यायिक निरुपणको सन्दर्भमा एकातिर कानुनका दफा उपदफा, विधि प्रक्रिया अर्कोतिर ती विधि प्रक्रिया नै न्याय पाउने कुरामा अवरोध कागज बोल्ने कि मानवता न्याय बोल्ने यस्तो विषम परिस्थितिका धेरै सन्दर्भहरु निबन्धहरुमा छन् न्याय हक हो ढिलो हैन यथोचित समयमा न्याय हरेकको हक हो न्यायकर्मीको कर्तव्य तर विधि प्रक्रियाको डोरीले छेकेको हुन्छ (न्यायका याचनामा आँसुहरु पेज ९०) उनी न्यायिक प्रक्रियाको सन्दर्भमा प्रश्न गर्दै भन्छन् के विधि प्रक्रिया भनेको श्राद्धमा विरालो बाँधेको जस्तो हो ? उनी त्यस्ता सामाजिक न्यायका विषयमा अदालतले न्यायिक सक्रियता (ज्गमष्अब िब्अतष्खष्कm) देखाउन जरुरी भएको कुरा भन्नसमेत पछि पर्दैनन् विडम्बना, अदालतले राजनीतिक विषयमा पो न्यायिक सक्रियता देखाउँछ त्यस्तै सक्रियताको मुद्दा मनमोहन अधिकारीले संसद विघटनको मुद्दाबारे सर्वोच्चका तत्कालीन न्यायाधीश विश्वनाथ उपाध्यायको फैसलाबारे प्राज्ञिक विमर्श गर्दा भने प्राज्ञिक स्वतन्त्रता बन्देज हुने गरी निबन्धकार प्रताडित हुनु परेको प्रसंग पनि पुस्तकमा रहेको

प्रस्तुत संग्रहमा विचारात्मक निबन्धहरुमा गम्भीर प्रकृतिका प्रमाण र तर्क छन् भने भावनात्मक निबन्धमा भावको प्रधानता र अनुभूतिको गहनता पाइन्छ निबन्ध संरचनाका चार तह शीर्षक, प्रस्तावना, विषय विस्तार र उपसंहारलाई लेखकले यथोचित ध्यान दिएका छन् आकारका दृष्टिले साना, मध्यम र लामो तिनै आकारका निबन्धहरु यस संग्रहमा रहेका छन् भाषा, शैली प्रष्ट र सरल छ समग्रमा प्रस्तुत निबन्ध संग्रह रोचक पठनीय लेखकको भूमिकाको रुपमा रहेको सावितीले थोरै शब्दमा धेरै कुरा बोल्छ लेखकीय पृष्ठभूमि खुलस्त पार्दछ बरिष्ठ साहित्यकार पत्रकार नारायणप्रसाद शर्माको शुभेच्छाले पुस्तकको थप गरिमा बढाएको

धेरैजसो निबन्धहरुमा तिथि मिति उल्लेख हुनुपर्ने ठाउँमा उल्लेख गरिएको छ तर कतै–कतै छुटेको उदाहरणका लागि कलमको जेलयात्रा निबन्धमा पहिलो आमनिर्वाचन भन्ने वाक्यांश लेखिएको पृष्ठभूमि थाहा पाएका पाठकले २०४६ सालको आन्दोलनपछिको पहिलो आमनिर्वाचन भनेर सजिलोसँग नबुझ्ने पनि होइन तर कतिपयलाई अलमल पनि पर्न सक्छ छुट्टाछुट्टै समयमा लेखिएकाले पनि हुन सक्छ एक निबन्धका प्रसंग अर्को निबन्धमा यदाकदा दोहोरिएको पनि पाइन्छ

समग्रमा निबन्ध कौतुहलता जगाउने पढुँ पढुँ लाग्नेछन् कतिपय निबन्ध पढिसकेपछि न्यायिक क्षेत्रको आन्तरिक तस्विर बुझ्दा पाठक गम्भीर हुन्छ आफ्नै संरचनाभित्र नै न्याय दिन नसक्ने संरचनाले आममान्छेलाई के कति न्याय दिन सक्ला भन्ने प्रश्न गम्भीर पाठकसामु आउँछ अन्तमा, झण्डै चार दशकदेखि सिर्जनात्मक लेखनको अविरल यात्रा जारी राखेका लेखक डिल्लीराज आचार्यको एघारौं पुस्तक सम्झनाको आँखी झ्यालको लागि हार्दिक बधाई ज्ञापन गर्दै सिर्जनाको क्षेत्रमा आगामी यात्रा बढ्दै जाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु

 

No comments:

Post a Comment