बिदेशमा नेपाल पाइदैन
डाँफे र मुनाल पाइदैन
चाँदी जस्तै टल्कने हिमाल पाइदैन
नेपाली माया पाइदैन
भो म त बिदेश जान्न ।१।
मलाइ यहीको माटो नै ठिक्छ
मलाइ यहीको साग, सिस्नो र आटो ठिक्छ
किनकी मेरो यहा पहिचान छ
अलिकति भएपनि स्वाभिमान छ
छर छिमेक र गाँउ वस्तीमा
थोरै भएपनि मेरो यँहा बोली बिक्छ ।२।
मेरो बिनम्र आग्रह छ तिमीलाई
भरसक तिमी पनि बिदेश नजाउ
आफन्तलाइ पनि भरसक नपठाउ
जान्छौ वा पठाउछौ भनेपनि
दक्ष जनशक्ति बनेर जाउ वा पठाउ
भरिया दर्बान र कुल्लीमा दरिने गरी
परदेशिको हेपाइमा दिनरात रुने गरी
कृपया ! बिदेश नजाउ र नपठाउ ।३।
यहीको खोरिया खनेर कोदो र जौँ फलाउ
यहीको पानीमा मत्स्यपालन चलाउ
आफ्नै भेडाँ बाख्रा र गाइहरु चराउ
निरश र उजाड गाँउ बस्तिहरुलाई
रसिलो र हराभरामय बनाउ ।४।
जानै पर्ने बाध्यता लाग्योभने पनि
केही न केही बौद्धिक सीप र क्षमता
बोकेर जाउ
केही समय बैदेशिक मुद्रा कमाउ लाग्छ
भने
मात्र केही समयकालागि जाउ
मात्र केही समयकालागि पठाउ
तर यही नेपाली माटोमा मर्ने गरी आउ
कृपया ! आफन्तहरुलाइ पनि
नेपाली सँस्कृतिको माटोमा रमाउन
फेरि फर्केर आउने गरी पठाउ
देशभक्तिका गीतहरु सँगै पठाउ
देशभक्तिका प्रितहरु जगाउदै आउ
कृपया ! केही समय जान्छौ भनेमात्र जाउ
कृपया ! केही समयकालागि पठाउँछौ भने मात्र पठाउ
तर नबिर्स यहीको बाटोमा हिड्ने गरी
मात्र जाउ
यहीको माटोमा मर्ने गरी मात्र पठाउ
केही समयकालागि तिमी जँहा गएपनि
प्रिय, मातृभूमिका लागि केही गर्ने गरी आउ ।५।
२०७०।०९।०६ हाल हेटौडा पोखरा
No comments:
Post a Comment