उपभोक्ता अदालत भोक्ता नभएको कुनै व्यक्ति वा
संस्था हुँदैन । यस अर्थमा उपभोक्ता हकहित संरक्षणलाई आम रूपमा सबै नागरिकको
हकहित संरक्षणका रूपमा हेर्न आवश्यक छ । उपभोक्ता संरक्षण अभियानलाई
व्यक्तिको दैनिक जीवनयापनसँग सम्बन्धित आधारभूत हक–अधिकार संरक्षणका रूपमा लिन
सकिन्छ ।
प्रत्येक उपभोक्तालाई गुणस्तीय वस्तु तथा सेवा
प्राप्त गर्ने हक हुने छ । गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई
कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुने छ । यो व्यवस्था संविधानको धारा ४४ को
व्यवस्था हो । उपभोक्ताको हक संबन्धि संवैधानिक हकको सरोकार स्वास्थ्य सम्बन्धि हक
र सामजिक न्यायको हक संग पनि रहेको हुन्छ । उपभोक्ता संरक्षण ऐन २०७५ आएको साढे ६
वर्ष पछि विशेष अदालत प्रकृतिको ३ सदस्यी उपभोक्ता अदालत गठन भएको छ । यसका
अतिरिक्त १ वर्षसम्म कैद हुने सम्मका उपभोक्ता अधिकार हनन सम्बन्धी कसूरहरु महानिर्देशकले
हेर्न पाउने व्यवस्था ऐनको दफा ४० मा रहेको छ तर बिडम्बना महानिर्देशक दणंडाधिकारी
मात्र छन। क्षतिपूर्ति भराउने अधिकारवालाका रुपमा छैनन । उपभोक्ता अदालत गठन भएको
केही दिन मात्र भएको छ । तर यसमा जिल्ला न्यायाधीश न्याय सेवाको उपसचिव र प्रशासन
सेवाको उपसचिव रहने जून संरचना बनाइएको छ, यो नै
विश्वसनीय र प्रभावकारी प्रारम्भिक रुपमा नै देखिदैनन । किनकी कानून र प्रशासनिक
आँखाले हेरेर मात्र उपभोक्ता अधिकार संरक्षण हुने र समुचित क्षतिपूर्ति भरणको
कार्यक्षमता प्रभावकारी हुन सक्दैन । यसमा सम्बन्धित कसूरजन्य क्षेत्रको विज्ञताको
सख्त जरुरत प्रदर्छ । जस्तो कि उपचारमा भएको हननमा सम्बन्धित उपचारबारेमा ज्ञात
हुने विशेषज्ञ चिकित्सक हुनु पर्छ । यस्तै निर्माण सम्बन्धमा इञ्जीनियर, खाध्यसम्बन्धमा खाध्य विज्ञ आदि आदि । तर उपभोक्तालाई
न्याय दिनेहरु सबै कानूनची र प्रशासनिक डंण्डाधारी मानसिकताका हुने भएपछि कसरी
संयोजन र प्रभावकारी हुन सक्दछ ? ज्यादै
बिचारणीय र मननीय बिषय हो ।
उपभोक्ता अदालत जिल्ला अदालत सरह हुने भनिएको छ
तर महानिर्देशकले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनराबेदन लाग्ने व्यवस्था छ ।
उता उपभोक्ता अदालतको निर्णय उपुर उच्च अदालतमा पुनराबेदन लाग्ने व्यवस्था छ ।
छिटो छरितो र अझ भन्नेहो भने ततकाल न्याय चाहिने विषय फेरि उही अदालती लम्बेतान
प्रकृयामा जाने र अनुमान वा अल्पज्ञानको आधारमा न्याय हुन पुग्ने होभने उपभोक्ता
अदालत लैवरी अदालत बन्ने डर हुने छ । लैवरी यस अर्थमा कि अदालत छ छैन भन्दा छ ।
गठन गर्नु मै केहीको सफलताको बखान आइरहेको छ तर वास्तविक न्याय भने लैवरी तालको हुने
संरचनागत अवस्थाले कार्यगत सफलताको आशा गर्ने स्थान धेरैकम छ । यसतर्फ सम्बन्धित
सबैको ध्यान गइ पुन संरचनायुक्त प्रभावकारी उपभोक्ता अदालत गठन र संक्षिप्त र
प्रभावकारी कार्यसम्पन्नता पछि मात्र उपभोक्ता न्याय संवोधित हुनेछ नत्र लैवरी
तालमै जाने करिब करिब निश्चित छ ।
उपभोक्ता अदालतमा सरकारबादी भइ अभियोजन दर्ता
हुने अनुचित ब्यापारीक क्रियाकलाप ( Unfair Trade Practice UTP ) एकाधिकारपुर्ण ब्यापारीक
क्रियाकलाप (Monopolistic Trade
Practice MTP ) निशेधित ब्यापारीक क्रियाकलाप (Restrictive Trade Practice RTP ) मुद्दाहरुको सम्पुर्ण जिम्मेवारी "बिशेष सरकारि वकिलको
कार्यालय रामशाहपथ" लाई दिइएकोछ ।
बस्तु ,सेवा , डिजिटल कन्टेनबाट उपभोक्तालाई आर्थिक , शारीरिक , मानसिक , भौतिक र अन्य कुनै हानी नोक्सानी पुगेको र त्रुटिपूर्ण
उत्पादन सम्बन्धि मुद्दा उपभोक्ता वा
उपभोक्ता सस्थाले सोझै उपभोक्ता अदालतमा मुद्दा दर्ता गर्न सक्छन्
No comments:
Post a Comment