हाम्रा वावैले छोरी दिन जानेछन्,
बरिलै दाङ छोडी पोखरा
फेवा राम्रो बेगनास झन राम्रो,
बरिलै घर प-यो यहीं हाम्रो ।
जन्म घर दाङ जिल्ला परेनी,
बरिलै कर्म घर पोखरा
सुन्दर सफा रसिलो सहर,
बरिलै याँ भन्दा काँ छ र ।
माछापुच्छ्रे त्यो धौलागिरी,
बरिलै मन हुन्छ फिरिरी
सातै तालको सहर हाम्रो,
बरिलै पोखरा झन राम्रो ।
सफा सहर सफै छ मन पनि,
बरिलै हरियो वन पनि
बाहिर निस्के हेरि रँहू लाग्छ,
बरिलै घुम्छु यहीं फनफनी ।
बाग्लुङ जाने मुक्तिनाथ जाने,
बरिलै यै प-यो मूल
बाटो
सम्झनामा बाह्रकुने आएनी,
बरिलै रुपाताल त्यै साटो ।
बिहान उठी सेता हिमाल हेर्छु,
बरिलै बरपिपल छाँयामा
पश्चिम फर्कि पुर्लुक्क हेर्छु,
बरिलै दाङ घोराही मायाँमा ।
हाम्रा वावैले छोरी दिन जानेछन्,
बरिलै दाङ छोडी पोखरा ।
फेवा राम्रो बेगनास झन राम्रो,
बरिलै घर प-यो यहीँ हाम्रो ।
(मिति २०७०/५/१४ गते दाँग पोखरा सम्पर्क समाजले पोखरामा
रहेका दँगाली चेलीहरुको सम्मानमा आयोजनामा गरेको तीज मिलन कार्यक्रममा प्रस्तुत
तीज गीत)
No comments:
Post a Comment