जब रात पर्छ
मलाइृ कसैको साथ चाहिन्छ
जब मनमा घात पर्छ
मलाइृ कसैको हात चाहिन्छ
भन त रातमा साथ दिने
र घातमा सान्त्वनाको हात दिने
तिमी हौ वा अरु कोही ?
तिमी छौ वा अरु कोही ?
यो मेरो बिछ्यौना पूर्वप्रहरको भाव हो
यो मेरो आनन्दानुभूतिको लगाव हो ।
तिमी जे चाहन्छ्यौ त्यही गर
काब्यरसमा रमाउ वा मस्त निद्रामा पर
तर मेरो लागी भने तिमीले जवाफ दिनै पर्छ
किनकी जवाफ बिना
मेरो मनको घात हट्ने छैन
किनकी जवाफ बिना
मेरो मनले पनि तिमीलाइृ साथ दिने छैन ।
म भन्छु
साथ देउ वा घात
तिम्रो खुसी
जवाफ देउ वा मौन रहु
तिम्रो खुसी
जेभएपनि म तिम्रै खुसीमा बाँच्ने छुँ
जे दिएपनि मैले मुटुभित्रै साँच्ने छु ।
२०७० कार्तिक ४ गते राती ११।१५ वजे
No comments:
Post a Comment