मलाई धेरै माया गर्ने, मान्छे थियो कोही एउटा
त्यही माया नी चुँडी लग्यो, निर्दयी नै रैछ देउता । १।
सम्झनामा त्यही मायाको, रोपेकी थेँ एक फूल
बनिदियो आज हेर, सम्मानको अर्को मुल ।२।
दिनरात सम्झि रहन्छु, एक्लै
बसी बसी
नसुक्ने भो कोर्दा पनि, कलमको
यो मसी । ३।
अरुसँग बसी साट्न, खोजेको त्यो दुःख
बनिदियो आज हेर, सबको साझा सुख्ख । ४।
सब जनाले बुझिदिनु , प्रियतमको
मर्म
निभाई हिड्नु जीवनमा, मावनताको
धर्म । ५।
मलाई धेरै माया गर्ने, मान्छे थियो कोही एउटा
त्यही माया नी चुँडी लग्यो, निर्दयी नै रैछ देउता । ६।
(स्व. राजन
प्राशर सम्झनामा/ ''डागर स्मृति पुरस्कार
२०७१''
कार्यक्रममा-----पुरस्कार सस्थापिका---रमा
प्राशरको भावनालाई छुने प्रयास स्वरुप गरिएको
शब्द सिर्जना २०७१।०५।१४ )
No comments:
Post a Comment