नखाउ चेली गोडाको जल ह्दयले मान
नदेउ चेला गोडाको जल आफैजस्तै ठान
यो त दास सँस्कार हो बुझी काम गरौँ
कुरितिलाई हटाउन सबै लागि परौँ ।१।
हाँसी खुसी रमाइलोमा सँगै बस्ने खाने
जीवनका हरघडीमा मन मिलाउदै जाने
मुटुसँगमुटु साट्ने माया सँग छायाँ
द्धेषराग हटाई सबले अजम्बरी माया ।२।
दिदिबहिनी आमा भाञ्जी सबै खुसी हुने
एकअर्काले सम्मान गर्दै सबको मन छुने
राखी मनमा सधैसधै सम्बृद्ध चाहना
सुसँस्कृत बनोस तीज भन्ने छ शुभ-चाहना ।३।
2071/04/20 adrdhanbot@gmail.com
No comments:
Post a Comment