Friday, 15 August 2025

माटोको मायामा (कविता)

 नेपाली केही मान्छेहरु

घर गोठ बारी र हरियाली

सबै भरिपूर्ण भएको गाँउ छोडेर

एकपछि अर्को गर्दै सहर पसेका छन,

ती मध्ये केही केहि

जहान बच्चाहरु सहरमा छोडेर

मुग्लान पसेर उतै बसेका छन,

सहरमा बस्नेले गाँउ बिर्से

बिदेशमा बस्नेले सहर बिर्से

सहरमा बस्नेहरु पनि धेरै जसो

भाडाको कोठामा बसेका छन

केही केहीले सहर घर बनाका छन,

गाउको बारी बाँझै राखेर

सहरको कचाक कुचुक वस्ती

कौशीमा फलेका दुइ चारवटा

घिरौँला र काक्राँमा रमाएँ छन

यसरी सहर बस्नेले गाँउ बिर्सने

परदेश बस्नेले सहर बिर्सने

यात्राको अन्तर्य आफै बिर्सनु हो

गाउँ वा सहरको हेलाई होइन

आफैले आफैलाई हेला गर्नु हो

खोजिरहेका छन गाउँका घरहरुले

सरापी रहेका छन गाँउका बाझा बारीहरुले

सरापबाट जोगिन सक्नेहरु जति हो

गाँउ फर्क,सकेसम्म गाउ फर्क

जन्मे हुर्केको माटो टेक

उर्बर शान्त र हरियाली देख

आ आफ्नै माटोमा पसिना चढाउ

आ आफ्नै माटोमा रमाउदै, आयु बढाउ ।

 

२०८२।०२।२५                                                  प्यूठान धन्वोट

 

 

No comments:

Post a Comment