न्यायाधीशहरु लगतमुखी भए । बुझ्नुपर्ने प्रमाण
नबुझिकनै फैसला गर्न लागे । झन असारमा त मुला काटे झैँ काट्छन अर्थात छिन्छन
मुद्दाहरु । केही वकिलहरुको भनाइ छ असारमा मुद्दा पेसी राख्न मान्दैनन झगडिया
अर्थात अदालत प्रयोगकर्ताहरु । पेसीमा रहेको भएपनि पेशी हटाउन दबाब दिन्छन हामीलाई
।
प्राय सबै कानून व्यवासयीहरुको चाहनाको बिषय बन्छ
''सबै मुद्दाहरुमा झगडीया झिकाउने आदेश
भइदियोस ''। यो उनीहरुको व्यवसायिक कर्म र धर्म
दुवै हो । तर कुनैपनि हालतमा फरक नपर्ने मुद्दामापनि सुरु अदालत वा तहको फैसला फरक
पर्ने देखियो भन्दै बिपक्षी झिकाउने आदेश गर्दा न्याय ढिलो र खर्चिलो हुनेमात्र
होइन कि पुनराबेदकीय न्यायको मर्म मै प्रहार हुन जान्छ । सुरु तहका न्यायाधीश वा
न्यायकर्ताहरु सबै बेकामे अनि ज्ञान र विवेकको अभावका हुलहरु मात्र हुन भनेजस्तो
हुन जान्छ । सिदान्त जति सुरु तहको फैसला पुनराबेदन तहबाट सदर भयो त्यति राम्रो ।
त्यति सुरु तहका न्यायाधीकारीहरु सक्षम र इमान्दार रहेको प्रमाणित हुनु हो । ठिक यही तथ्य लागू हुन्छ पुनराबेदन तह अर्थात
उच्च अदालतहरुको फैसला उपर सर्बोच्च अदालतमा पुनराबेदन पर्ने मुद्दाहरुमा पनि ।
धेरै मुद्दा छिनेको दिन एकजना न्यायाधीश भन्ने
गर्दथे ''आज त चिरिप चिरिप पारियो मुद्दाहरु
शङखे किराले हरिपरियो काटे जस्तो ....'' ।
उता अधिकाँश वकिलहरुले लगाउने आरोप भएको छ
पुनराबेदन अदालत सुरु सदर अदालत भयो भन्ने । अझ झगडीया झिकाउने आदेश नै नगरीकन
सुरु सदर !
सालाखाला सुरु सदर हुने सँख्या पुनराबेदन तहमा ६५
प्रतिशत रहेको छ । यो बढेर ८०।८५ तिर पुग्नु पर्छ स्थानिय तहमा प्रभावकारी न्याय
प्राप्तिका लागि । जस्तो मुद्दामा पनि
झगडीया झिकाउने आदेश भइदियोस भन्ने चाहनाको केन्द्रिय भाव भनेको कम्तिमा अर्को एक
बहसको चाहना ब्यबसायिक सोचँ मात्र हो । यसबाट पक्ष त खर्चिलो न्यायको मारमा पर्छ
नै ।
उता ''मिट त जज''
कार्यक्रममा होस वा अन्य कार्यक्रमहरुमा अदालतबाट बढी मुद्दा स्थगित भएको र बिना
आधार झगडिया झिकाउने आदेश भएको भन्ने जस्ता गुनासाहरु सेवाग्राहिहरुबाट आइनै रहेका
हुन्छन । सवाल उठ्छ झगडीया झिकाउने आदेश न्यायका लागि कि मात्र प्रक्रियाका लागि ? न्यायका लागि हो भने स्वयम हार्ने पक्षका लागि
पनि हुने न्याय त्यही हो जो सुरु तहको अदालते गरेको छ भने किन चाहियो अर्को पेसी र
किन चाहियो बहसपछि बहसको नाटक ?? केही उदाहरणहरु हेरौ त झगडीया झिकाउने आदेश
गर्नुको अर्थ र आवश्यकता देखिन्छ ?
·
बाबुले
२०३२ सालमा घरसारको राजिनामा गरिदिए चार कठ्ठा मध्येको आधि अर्थात दुई कठ्ठा जग्गा
। समयमा पास गरिदिएनन । लिनेको मुद्दा परयो ततकालिन कानून अनुसार । पारित हुने ठहर
भयो । पूर्जि भयो । दाखिल खारेज पनि भयो ।
बाबुको देहावसान भयो । छोरीको अपुताली पाउने हकको अवस्था सिर्जना भयो । अब बाबुले
२०३२ सालमै बेचेको जग्गाको राजिनामा लिखत बदर गराउन छोरी अदालत आइन । सुरु अदालतले
हदम्यादको अभावमा खारेज गरयो । पुनराबेदन तहमा आयो मुद्दा । पुनराबेदन तहमा जिकिर लिइयो कि बेचेको जग्गा कि न ३८ को हो । हो
त्यही कि न ३८ को ८ लाई सच्चयाएर ६ अर्थात ३६ बनाइयो २०३२ सालको राजिनामामा र
अदालतको फैसालमा अनि अदालतको पास पुर्जि सबैमा । सरकारी कागज कृते तर्फ उजुर
गर्नेहदम्याद जैले सुकैपनि बाकि रहने हुदा उजुर नगरुन्जेल यो मुद्दा छिन्न मिल्दैन
। ऐलेलाई २०३४ सालमा पारित हुने ठहरेको फैसलाको मिसिल झिकाइनु पर्छ । नत्र असारमा
अनाहकमा न्याय मर्न पुग्छ !
·
कपाली
तमसुक अनुसारको सावाँ ब्याज रु २०००० भरीपाउ भन्ने फिराददाबी । दाबीको लिखतमा
लागेको छाप मेरै हो । पैसापनि लिएको हो । तर तिरिसकेको हुँ । तमसुक पछि फट्टा
गरौला भनेका । बिश्वासमा परी बसेको त मुद्दा पो परेछ । तिर्नु पर्ने हैन भन्ने
जिकिर । सुरु तहले भरिपाउने ठहराएको । पुनराबेदन तहमा लिखत साक्षी नबुझी गरेको
फैसला न्यायसँगत छैन भन्ने जिकिरका साथ । अब लिखतलाई सद्दे भन्नेसहिछाप स्विकार
गर्ने तर रकम तिरेको प्रमाण केही पेश नगर्ने अनि फैसला अनुसारको साँबा ब्याज
भुक्तानी दिनेतिर नलागी पुनराबेदन गर्ने अझ बिपक्षी झिकाउनै पर्ने बहसको दलिल !! किन ? सवाल प्रष्ट छ जति ढिलो गरेपनि तिर्ने आखिर सावा रु एक लाख र ब्याज
लाख मात्र हो । त्यो भन्दा बढी तिर्नु नपर्ने । हो यही कानुनी ब्यबस्थाको कमजोरीका
कारणले अर्को पक्षलाई ढिलो गर्नका लागि । यस्तोमा पनि बिपक्षी झिकाउनै पर्ने ? !
·
कि न
१२ को १२ कठ्ठा जग्गा आलिसारी खिचोला गरी ५ कठ्ठा मिसाइ खिचोला गरयो भन्ने बादी ।
हैन मेरै जग्गा मात्र जोतेको छूँ । बादीको जग्गा पहिले देखि बाटोमा परेको हो भन्ने
प्रतिबादी । नक्शागर्दा प्रतिबादीले भोग गरेको जग्गा १७ कठ्टा देखिन आयो ।
स्रेस्ताबाट उसको दर्ताको जग्गा ९ कठ्टा मात्र भन्ने देखिन्छ । यसरी बादीको जग्गा
नपुगेको र प्रतिबादीको जग्गा स्रेस्ताभन्दा ८ धुर बढि देखिएको तथा नक्शा आकृति
हेर्दा समेत नापीको नक्शाको ट्रेसको आकृतिभन्दा प्रतिबादीले साधँसिमाना देखाएको
आधारमा भएको जग्गाको आकृति समेत नमिलेको भन्ने समेत आधारमा खिचोला ठहर । पुनराबेदन
तहमा पुनः नक्शाको याचनाका साथ पुनराबेदन । सरासर बढी जग्गा प्रतिबादीले भोग गरेको
देखिएको र बादिको जग्गा नपुगेको अवस्थामा फेरि नक्शा के का लागि ? यस्तोमा बिपक्षी झिकाउनु पर्ने किन ?
·
अँश
पाउ भन्ने बादी । खान लाउन दिएकै छूँ । ब्यबहार चलाउन रु १० लाख लिएको हूँ
नरेन्द्रबाट । अँश लैजान खोजे दिन्न भन्न मिलेन । ऋणसमेत बण्डा लगाइ पाउँ भन्ने
प्रतिबादी । ऋणको हकमा साहुको नालेस परेका बखत ठहरे बमोजिम हुने गरी तायदाती
फाँटवारी अनुसारको सम्पत्तिबाट तीनभागको १ भाग पाउने सुरु ठहर । ऋण बण्डा नलगाएको
फैसला मिलेन । साहूलाई अ. बँ
१३९ नँ बमोजिम बुझी न्याय पाँउ भन्ने प्रतिबादीको पुनराबेदन । माग्नै नआएको
साहूलाई खोज्ने प्रयोजनका लागि अदालतले बिपक्षी झिकाउने ?
·
गाइले गहुँ खाएको बिषयमा भएको भनाभनपछि बाबु
छोरा मिलेर कुटपीट गरे । दाहिने पाखुरमा 2x3 से मि को चोट छ । शरीरका
बिभिन्न पाच ठाउँमा निलडामहरु रहेका छन । सजाय गरिपाँउ भन्ने बादी । बिबाद
भएकोसम्म हो तर धकेलाधकेल हुदा आफै लडी लागेको चोट हो । कुटपीट गरेका होइनौ भन्ने
प्रतिबाद । प्रतिबादीका साक्षीले ख्बै के भएको हो थाहा भएन भन्ने र बादीका
साक्षीले कुटपीट भएको देखेको हूँ भन्ने बकपत्र । सुरुले कुटपीट ठहरगरी तथा घाउ
खर्च रु १००० भराउने समेत ठहर गरेको । मेरा केही साक्षी बुझ्न बाकी छन । सबै
साक्षीलाई नबुझी गरेको फैसला न्यायसँगत नहुदा साक्षी बुझी इन्साफ पाउ भन्ने
पुनराबेदन । अब पुनः साक्षी बुझी फैसला गर्नका लागि बिपक्षी झिकाउने ??
·
बगैचामा
आपँ खाइरहेकोले धपाउन जादाँ सिक्रि लुटी लगेको भन्ने बादी । तानातान हुदा सिक्री
चुडिँएको सम्म हो लुटेको होइन भन्ने प्रतिबादी । सिक्रि लिएर भाग्दै गरेको देखेको
हुँ भन्ने बादीका साक्षीहरुको बकपत्र । बगैचाको आँप खाएको बिषयमा भनाभन भएको भन्ने
सम्म थाहा पाएको हूँ । अरु मलाई थाहा छैन भन्ने प्रतिबादीको साक्षीको बकपत्र ।
सुरु तहले बादीदाबी बमोजिम लुटपीट ठहर जरिवाना तथा बिगो रु ७५००० भराउने ठहर ।
सिक्रि बरामद नभएको अवस्थामा लुटपीट ठहराएको मिलेन । सिक्रि सुनको हो की पित्तलको
केहो नखुलेको अवस्था हुदा सुरु फैसला उल्टि गरीपाउ भन्ने पुनराबेदन । गाउँ घरका
मानिसहरु हुदा मिलापत्र हुन पनि सक्ने भएकाले बिपक्षी झिकाइ पाउँ भन्ने समेत बहस ।
मिलापत्र हुनकालागि लुटपीटको बिगो भरिभराउका बखत पनि त मिलापत्र हुन सक्दछ ! मिलापत्र
हुनसक्ने अनुमानका आधारमा बिपक्षि झिकाउने ??
·
१३
एम्पुल डाइजापाम १३ एम्पुल नाइट्रोभ्याट र १३ एम्पुल फेनारगन भारतीय बजारबाट किनेर
काठमाण्डौ जादै गर्दा पक्राउ परेकोमा साबित छ र भन्छ आफैले खानका लागि हो । र
पहिलो पटक हो । सुरुले लागू ओषध सेवनसम्मको कसूरदार ठहर गरेको । तर सरकारी पक्ष
बिदेश गइ खरिदगरी ल्याएकोले ओसारपसार मै सजाय हुनु पर्छ भन्ने पुनराबेदन । यसरी
आउने पुनराबेदनहरुको सँखया बढी नै हुन्छ । यस्तोमा पनि बिपक्षी झिकाउने ?
अनगिन्ति उदाहरणहरु छन यसप्रकारका । वास्तवमा अझै
पनि बिपक्षी झिकाउने आदेश गर् न्यायाधीशहरु उदार भएको अवस्था छ । परिणामत
अर्कोपक्षलाई झन्झट, न्यायमा महङगोपन र बढदो बढ्दो
आर्थिक भार, अदालतमा
कार्यबोझको तथ्याङक मात्र बढाउने काम । उही न्यायाधीश समेतले पछि हेर्दा सुरुकै
फैसला सदर गर्ने तर उसैले सुरुको फैसला फरक पर्न सक्ने भन्दै बिपक्षी झिकाउने ? अचम्मको कार्यशैली क्षमता वा न्यायका रुपहरु अझै
जारी छन ।
No comments:
Post a Comment