Sunday, 17 August 2025

अबिस्मरणीय पोखरेली सम्झनाहरुमाः ‘’दाङ्गपोखरा सम्पर्क समाज’’ को सम्झना

 

सधै र सबै अवस्थामा तन र मन एकैसाथ हुदा रहेनछन । तन एकातिर र मन अर्कोतिर । यसोहुन गयोभने मानिस बेहोसी हुन जान्छ भनिन्छ । ठ्याक्कै बेहोसी त हैन तर अली अली बेहोसीपन बढेको छ आजकल मलाई । तनले पोखरा छोडिसकेपनि मनले छोडेको छैन । तन बाध्यताले झिटीगुण्टा बोकेर हेटौडा हुदै काठमाण्डौ आइपुगेपनि मन उतै अर्थात पोखरातिरै छ । त्यसैले होला हिड्नु अघि यसरी लेख्न पुगेको थियो मेरो मनलेः ''पोखरा मन परयो मलाईः गाहारो भो छोडेर जानलाई, केही छनकी सम्झने, चिनो बोकेर हेटौडा लानलाई''

नभन्दै धेरै चिनोहरु दिए पोखरेलीहरुले । सुशासनका लागि नागरिक समाज (सुनास) ले आफ्नो बार्षिक साधारणसभामा प्रमुख आतिथ्यताकासाथ भ्रष्टाचार बिरोधी अर्थात सुशासनका एक अभियन्ता तथा सुप्रशिद्ध समाजसेवी श्री आनन्दराज मुल्मीले हेटौडाका लागि बिदाइको माला पहिराई दिदा पोखराको सफल कार्यकालका लागि धन्यवाद दिइरहेको लाग्यो । ''सुनासको चारवटा कार्यक्रममा प्रमुख भुमिका निर्बाहकर्ता मात्र हैन, भ्रष्टाचार बिरोधी अभियानमा खेलेको भूमिका सधैका लागि स्मरणीय रहेको छ'' भनी सुनासका अध्यक्ष श्री पुण्यप्रसाद पौडेलका अभिब्यक्तिहरु हेटौडाको कार्यकालकालागि पनि प्रेरणाका शब्दहरु बनेर मनको मझेरीमा बसिरहे ।सुनासको कार्यक्रममा ''पोखरा सुशासनको राजधानी’’बनोस भन्न मनलाग्यो । यहा आउने हरेक राष्ट्रसेवकहरु सदाचारी बनोस । अन्यथा सुशासनका हिमायती पोखरेली मनहरुले दण्डदिने छन''भनेर पनि थप्न पुगेँ

नागरिक समाज पोखराको बिदाई कार्यक्रम मेरा लागि अर्को कहिल्यै नबिर्सने क्षणका रुपमा रहन पुग्यो । हरेक राष्ट्रसेवकहरुको सही मुल्याकँनकर्ता भनेको स्थानिय नागरिक समाज हो । सँयोजक रामबहादुर पौडेलले सरुवाको चर्चा सुन्दासाथ समय मिलाउन आग्रह गरिरहनु भएको थियो । अदालत भित्रका केही बिकृतिहरुलाई अगाडि सार्दै ढिलो न्याय र न्यायमा देखिएका केही पनपक्षपनका बिरुद्ध कर्मक्षेत्रमालागि रहने शुभेच्छा जैनब खातुनले दिँइरहदा गर्नुपर्ने अझै धेरै रहेछन भन्ने लागेर आयो । नागरिक समाजका सक्रिय ब्यक्तित्वहरु धिरज थापा, खगराज आचार्य, तिलकप्रसाद आचार्यआदि सबै सबैको शुभकामना ''भावी यात्रा न्यायको शिखर चुम्ने'' भावमा रह्यो । ''पोखरामा जस्तै सुकर्मले हेटौडालाई पनि गुल्जारमय बनाउनु हुनेछ''पोखराका जानेमाने युवा सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठका अभिब्यक्तिहरु झनै वजनदार र सतत प्रेरणाका स्रोत बनेर रहेका छन् भित्रि मनमा ।

यसैगरी मानव अधिकारका लागि पत्रकार सँघ पोखराको शुभयात्रा कार्यक्रमले त भित्रीमनको आँशु नै चुहायो कार्यक्रम स्थल मै उसैवेला । अर्जुन गिरि, रामबहादुर पौडेल, दीपक पौडेल, भुवन पराजुली, सरलाकुमारी पाण्डे, बेदहरि तिमिल्सेना, पुण्य पौडेल, इन्सेक प्रमुख शिब खकुरेल, स्वन्तत्र पत्रकार महासँघका अध्यक्ष कृष्णप्रसाद बास्तोला, मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख डा. टिकाप्रसाद पोखरेलसहित अध्यक्ष राजेश साप्कोटा समेतका अभिब्यक्तिहरुले सतत प्रेरणा दिइरहेको छ ।

'पोखरामा राम्रो काम गरयौ, हेटौडामा अझै राम्रो गरे'' भन्ने शुभेच्छात्मक शब्दहरुले भित्रि मनलाई जिम्मेवारी वोधले भारी बनाइरहेको छ । असफल गौतमले धन्यवादको गीती शब्द राख्दा कुन्नी किन हो मेरा आँखाहरु रसाए । रुमाल झिकेर पुछेँ । पत्रकार बीरेन्द्र साप्कोटाका आँखा मात्र हैन, कलम नै परेछ मेरा आखाँ वरिपरि नै त्यस क्षणमा । भोलिपल्ट समाचार सम्प्रेषण गरीहाले ''आँशु झार्दै हेटौडाको कर्मथलातिर लागे आचार्य''(आदर्श समाज ८ भाद्र २०७१) ।यस्ता कार्यक्रमहरुलाई शुभयात्रा (बिदाई कार्यक्रम भन्नु भन्दा शुभयात्रा कार्यक्रम भन्नु सबै अर्थमा उचित हुन्छ भन्ने मेरो बुझाई रहेको छ ) कार्यक्रमको अर्को स्मरणीय क्षण बन्यो पुनराबेदन बार इकाइ पोखरा तथा जिल्ला बार इकाइ कास्कीद्धारा आयोजित सयुँक्त कार्यक्रम । मुख्य न्यायाधीश डम्बरबहादुर शाहीको स्वागतसहितको शुभयात्रा सँयुक्त कार्यक्रम ।

कानुनतः हरेक न्यायाधीशहरुको औपचारिक मुल्याकँनकर्ता न्यायपरिषद हो । नियुक्ति सरुवा र बढुवा (कानुनतः नियुक्ति नै भनिन्छ) तथा पुरस्कार र दण्डका निर्णयहरु गर्ने अधिकारप्राप्त सँस्था त्यही नै हो । तर अनौपचारिक मुल्याकँनकर्ताहरु धेरै हुन्छन समाजमा ।  बिशेषतः नागरिक समाज पत्रकारिता र सँगठित बार हरेक न्यायाधीशका लागि अहम महत्व राख्ने मुल्याँकनकर्ताहरु हुन । कतिपय न्यायाधीशलाई स्थानिय बार इकाइले बिदाई नगरेका अवस्थाहरु पनि छन । त्यसो हुनु भनेको सम्बन्धित न्यायाधीशको कार्यक्षमता र इमान्दारितामा माथि स्थानिय बार इकाइको अस्विकार्यता हो र सँगठित रुपमा रहेको परोक्ष्य बिरोध पनि हो । यध्यपी यसो हुनुमा यदाकदा ब्यक्तिगत आग्रह वा पुर्बाग्रहले वा राजनीतिक रँग वा ढँगले पनि काम गरेको छ है भन्नेहरु पनि छन तर सारमा बार इकाइको मुल्याकँन न्यायाधीशहरुको कार्यक्षमताको पहिचानको सबैभन्दा बढी वजनदार मुल्याकँन हो हरेक न्यायाधीशहरुका लागि ।

जिल्ला बार इकाइ कास्कीका अध्यक्ष पदमपाणि देवकोटा तथा पुनराबेदन बार इकाइका अध्यक्ष खगेन्द्रराज आचार्यसहितका सबै बिद्धवानमित्रहरुले पोखराको कार्यकालको प्रँशसाकासाथ दिएका शुभयात्रा शब्दहरु सम्झिरहेको छ भित्रि मनले । वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुँगले ''सार्वजनिक कार्यक्रममा भएको अधिक सहभागिताले न्याय सम्पादनमा आफैलाई केही असहज बनाएको हुनुपर्छ’’भन्दै यसमा ‘’अझबढी सन्तुलनता ल्याउन'' दिएको सुझावयुक्त शब्दहरु मेरालागि सधै सधै सम्झने शब्द र भाव बनेर हंदयमा बास गरेकाछन् । कार्यक्रमको बिचमै उठ्नु परयो ज्येष्ठ नागरिक सरोकार समाज पोखराको आमन्त्रणलाई ब्यबस्थापन गर्न ।

कार्यक्रम स्थलमा पुग्दा मात्र थाहा भयो,करिब साढे तिन वर्षको कार्यकालमा ज्येष्ठ नागरिक सरोकार समाज पोखराका बिविध कार्यक्रमहरुमा दखाएको सहभागिताकालगि सम्मानसहितको शुभयात्रा कार्यक्रम पो रहेछ । नजानिदो गरी झरे फेरि हर्षाशुँहरु । अरुले थाहा पाएका भए अझ त्यँहापनि उनै पत्रकार साथीहरु आएका भए भित्र भित्र कति कमलो मनको वा अरु नै के के भन्थे होला भन्ने डर वा भित्री मनमा एकप्रकारको लाज नि बढेर आयो त्यसक्षणमा।

केहि केही प्रसँगमा बढी कठोर र केही केही प्रसँगमा बढी कोमल लाग्छ आफूलाई आफ्नै ह्यदय । खासगरी जसको होस, असाध्यै मनछुने गरी हुने सकारात्मक कामभएको र त्यसलाई सहभागिहरुबाट झन स्याबासीका तालीहरु बढाएको अवस्थामा मेरो भित्री मन पुल्कित हुन्छ । यस्तोमा थाहै नदिई रसाउछन आँखाहरु ।

ज्येष्ठ नागरिकहरु, त्यसैमा पनि समआदरणीय र परमपुज्यनिय पात्रहरु । कनिष्ठहरुका लागि उहाहरुका आशिर्बचनसहितका शुभशब्द नै काफी हुने । त्यस्मा पनि दोसल्ला र  सम्मान पत्र सहितको शुभ आशिष !  मेरा लागि अर्को ऐतिहासिक क्षण बन्यो । कृत कृतज्ञ बने समाजको तर्फबाट श्रद्धेय समाजसेवी बयोबृद्ध श्री सुर्यमोहन भट्टराइले शुभआशिषसहित सम्मान दिँदा ।

छोरेपाटनको दुर्गा मन्दीरमा आयोजित श्रीमदभागवत महापुराण यज्ञ सप्ताहको शुभारम्म पोखराको सार्वजनिक सेवामा समाउन पाएको अन्तिम कलश बन्यो पोखराको कार्यकालमा शुभयात्रा कार्यक्रमको सन्दर्भमा र त्यहाको राष्ट्रसेवाको यात्रामा । धार्मिक बिषयको अध्ययन र आख्यानमा खासै दख्खल त चासो पनि नराख्ने । त्यसमा पनि कथाशिरोमणि दिपकप्रसाद पौडेल र वरिष्ठ समाजसेवी बिशेषतः धार्मिक क्षेत्रा अग्रणी समाजसेवी बनेका आदरणीय श्री लिलाभक्त आचार्य समेतको प्रस्तुति पछि राख्नुपर्ने के नै बाँकी रहन्थ्यो र ?  तैपनि मानव कल्याण नै सर्वधर्मको केन्द्रीय भाव रहेको तर्फ सँकेत गर्दै महाभारत ग्रन्थको उद्योग पर्वभित्रका यी पङतिहरु पनि राख्न मन लाग्यो त्यस क्षणमा।

प्राणी मात्र समान हुन पृथ्वीकाः भन्ने बिचारिकन

जो गर्छन सबकोभलो नरपतेः हुन श्रेष्ठ ति सज्जन । १४

 

अर्कोको कुभलो चिताउनु ठुलोः हो पाप सँसारमा

अर्काको हित झैँ ठुलोः केही छैन ब्रम्हाण्डमा ।१५

भोलिपल्ट हिड्ने बेलाखबर आयो, कास्की जिल्ला अदालत परिवारको । शुभयात्राका सुशब्द,शुभसाइतका माला र सम्झनाहरु थापेर लागियो हेटौडातिर ।

आरम्भमा भनेजस्तै करिब साढे तिनवर्षको कार्यकालमा पोखरा त्यतिवेलासम्मको ३४ वर्षे जागिरे यात्रामा न्यायाधीश पदको कार्यकालको हक्मा सर्बाधिक सक्रिय, सन्तोषजनक र ऐतिहासिक रहयो मेरा लागि । रजिष्ट्रार पदमा करिब ४ वर्ष दाङमा कार्यरत (२०५७०६१) रहदा धेरै कार्यक्रमहरुमा सहभागि भएको लागेको थियो । तर सँख्यात्मक रुपमा त्यहा अर्थात दाङ्गमा धेरै भएपनि गुणात्मक रुपमा पोखराको कार्यकालले उछिन्योदाङ्गको कार्यकालको सार्बजनिक सेवा र पहिचानलाई । न्यायाधीश पदमा नियुक्त भएपछि साप्ताहिक रुपमा स्थानीय कुनै पत्रिकामा स्तम्भ लेखन गर्ने जागिरे जीवनको निरन्तरता पोखरामा हुन सकेन । यो आफ्नै आत्मनिर्णयको परिणति थियो । सो बाहेकलाई तुलना गर्दा पनि दाङ्गको ब्यस्ततालाई पोखराले उछिन्यो ।

हो, माथि भनेजस्तै पोखराले बाहिरी अर्थात औपचारिक चिनो र पहिचानहरु धेरै दियो । त्यसको अतिरिक्त भित्री मनको चिनो । सदभावको चिनो । अजम्मरी बन्ने सम्मानको चिनो । हेटौडा आएर सम्झदा र हेर्दा मात्र होइन, आज राजधानीमा रहेको बखतपनि पटक पटक स्मरणमा आइरहन्छन ति क्षणहरु । ति हातहरु । ति साथहरु।सुसम्पर्क र सुसम्बन्धमा आउने ति माथहरु ।

२०३७ साल बैशाख १५ गतेबाट आरम्भ भएको राष्ट्रसेवाको यात्रा पोखराको कार्यकालपछि २१ औँ पटकको सरुवाका रुपमा हेटौडाका लागि भयो ।त्यसपछिको पाटन २२ औँ र राजश्व न्यायाधिकरण २३ औँकार्यथलो बनेको छ राष्ट्रसेवाको जीवनयात्रामा । ३५ वर्षे सेवाको कार्यकालमा यतिधेरै पटक सरुवा ?  पत्याउन कठिन हुने सन्दर्भ पनि हो । तर मेरो जागिरे यात्रा यसको एक प्रमाण र आधार बनेर बसेको छ । राष्ट्रिय सँग्रहालय छाउनीबाट २०३७ साल बैशाख १५ गते आरम्भ भएको जागिर () काठमाण्डौ जिल्ला अदालत () मध्यमाञ्चल क्षेत्रीय अदालत रानीपोखरी () प्रशासकीय अदालत थापाथली () भेरी अञ्चल अदालत नेपालगन्ज () पुनराबेदन अदाल सुर्खेत () पुनराबेदन अदालत राजबिराज, मुकाम ओखलढुँगा () पुनराबेदन अदालत इलाम () पुनराबेदन अदालत नेपालगन्ज (१०) पुनराबेदन अदालत जुम्ला (११) फेरि पुनराबेदन अदालत सुर्खेत (१२) फेरि पुनराबेदन अदालत नेपालगन्ज (१३) पुनराबेदन अदालत बुटवल (१४) पुनराबेदन अदालत बाग्लुँग (१५) पुनराबेदन अदालत तुल्सीपुर (१६) फेरि पुनराबेदन अदालत बुटवल (१७) तेस्रोपटक पुनराबेदन अदालन सुर्खेत (१८) पुनराबेदन अदालत पाटन (१९)पुनराबेदन अदालत महेन्द्रनगर (२०) पुनराबेदन अदालत पोखरा र पछिल्लो क्रम (२१) मा पुनराबेदन अदालत हेटौडा ।

पदस्थापना सरुवा र काज सरुवा समेतबाट बन्यो उल्लिखित क्रमको स्थानान्तरण । आधि रहर(अर्थात स्वभाबिकता) को आधि कहरको । जागिरभित्रका अन्तरसँघर्षहरु पनि छिटो सरुवाका कारण बने । हाकिमी दासताका बिरुद्ध आवाज उठाउदा वा स्वाभिमानिताका विविध सन्दर्भहरु जुटाउदा कार्बाही स्वरुप दुर्गम सरुवाका अवस्थाहरु तेर्साइयो मेरो जागिरे जीवनयात्रामा । जागिर आखिर जँहा गएपनि राष्ट्रसेवा न हो । माथिकालाई भनेर नेपालगन्जबाट जुम्ला लखेटेको भन्ने सम्झेर तत्काल सन्तोषको सास फेर्ने तत्कालिन मुख्य न्यायाधीश (पछि प्रधान न्यायाधीश) रामप्रसाद श्रेष्ठ वा आन्तरिक बेथितिका बिरुद्ध आवाज निकालेको रोषमा भनसुनको मनसुन चलाएर ओखलढुँगा पठाउन सफल भएको भन्दै खुसीले फूलवारीको बेञ्चमा बसेर खुट्टा हल्लाउने पुनराबेदन अदालत सुर्खेतका तत्कालिन मुख्य न्यायाधीश (स्व हरिश्चन्द्र प्रसाद उपाध्याय) हरु हुन, प्रायः सबै, पछिल्ला दिनहरुमा आम्ने साम्ने हुदा सहजताकासाथ कुरा गर्न हिचकिचाउनअवस्थामा पुगे । सरुवा दण्डको माध्यम बन्यो भनेको त प्रकारान्तर रुपले पुरस्कारको रुपमा पो परिणत भयो । ओखलढुँगाको कामबिहिन अवस्थाले अध्ययनको अवसर दिएर सहायक सचिवस्तरको खुल्ला पदमा सफल बनायोभने, जुम्लाले दुर्गम नम्बरको माध्यमबाट छिटो प्रथम श्रेणीमा बढुवा हुनमा मद्दत गरयो । तुलनात्मक रुपमा भएको त्यही छिटो सहसचिब पदको बढुवा राष्ट्रसेवाको पदयात्राको अवसर र जग बनेको सुखद अनुभूति आजपनि जारीरहेको छ ।

जँहा गएपनि स्थानीय परिवेशमा अघिल्ला पदाधिकारी भन्दा केही फरक शैली र स्वाभावका माध्यमबाट केही सकारात्मक प्रभाव छोड्ने मनभित्रको चाहना रहिरहयो । कार्यशैली त्यसरी नै चलिरहयो । अदालतको कार्य दैनिकी भित्र मात्र सिमित नभएर वा अदालतको चारदिवालभित्र सिमित नभएर विभिन्न कार्यक्रमहरुमा सहभागीता, कार्यपत्र प्रस्तुति वा कार्यक्रमको समउदघाटन आदिको माध्यमबाट सार्वजनिक सेवामा रम्ने र जम्ने कार्यशैली जारी रह्यो । न्यायाधीशको रुपमा पदासिन भएपछि शैलीगत रुपमा केही फरक भएपनि र सँख्यात्मक रुपमा भन्दा केही गुणात्मकताका साथ रहेपनि जारी रहयो त्यो यात्रा । राष्ट्रसेवाको क्रममा सबैभन्दा छोटो अवधि ओखलढुँगाको रहयोभने सबैभन्दा लामो दाङ्ग तुल्सीपुरको । सबैभन्दा बढी सँघर्षशिल समय अञ्चल अदालत नेपालगन्जको कार्यकाल बन्योभने हालसम्मको सबैभन्दा बढी प्रिय र स्मरणीय कार्यकाल पोखरा कै कार्यकाल बन्यो ।

मानचित्रमारसरकारीमान्यतामापोखराक्षेत्रीयसदरमुकामरएकपर्यटकीयस्थलमात्रहोला।तरसमग्रमायतिमात्रबिशेषणलेपोखरालाईवास्तविकन्यायगर्नसक्दैन।पोखरातयहाँकोप्राकृतिकसुन्दरतारवैभवतालेप्रकृतिकोराजधानीबनाएकोछ।यसैगरीयहारहेकादुईदर्जनजतिसाहित्यिकसँघसँस्थाहरुरतिनीहरुकोसँयोजनमाहुनेगरेकासाहित्यिकगतिविधहरुलेयसस्थानलाईसाहित्यकोराजधानीबनाइरहेकाछन्।प्राकृतिकसुन्दरतालेओइरिइरहेकापर्यटकहरुभनिएरहेकाछन्योतपर्यटनकोराजधानीनैहोभनेर।दुइदर्जनजतिछापापत्रिकाहरु,डेढदर्जनजतिएफएमहरुरक्रमशःबढिरहेकाअनलाइनपत्रिकाहरुलेयसक्षेत्रलाईपत्रकारिताकोमोफसलकोराजधानीकारुपमादाबीमात्रहैन,प्रमाणितनैगरिरहेकाछन्।नेपालकैआदिबासीमध्येएकमानिनेगुरुँगअर्थाततमूहरुकोऐतिहासिकसँस्कृतिकाअतिरिक्तनेवारीसमेतकाविविधकलारसँस्कृतिहरुकोसाझाफूलवारीबनेकोछपोखरा।मानवबिकासकोसुचाँकमासबैभन्दाबढीसम्पन्ननेपालकोजिल्लात्यहीकास्कीजिल्लाअर्थातपोखराकैसेरोफेरोबनेकोछसमुन्नतजीवनकोराजधानीपनि।सबैखालेशिक्षाहरुपाइनेपोखरामोफसलकोशिक्षाकोराजधानीपनिहोभन्दाअतिसयोक्तिनहोला।सँगसगैपोखराचेतनशिलनागरिकअगुवाहरुकोहोस्टेरखबरदारीमासुशासनकोराजधानीपनिबन्नलागिरहेकोछ।पछिल्लो समयमा जसरीनागरिकसमाजलेसरकारीनिकायरपाधिकारीहरुकाकार्यहरुप्रतिनिगरानीगरिरहेकोछ,त्यसलेसुशासनकोराजधानीकारुपमापोखराकोपहिचानदिनेछभन्नहिचकिचाउनुपर्नेकेहीछैन।

यतिबेलापोखराकोसम्झनाकोनिरन्तरताकोसेतूबनेकोछदाङ्गपोखरासम्पर्कसमाजरत्यसकाविविधगतिविधिहरु।

दाङ्गबाट पोखरा आई विभिन्न पेशामा रहेकाहरुका बिच सम्बन्धको सेतु बनोस । दाङ्गमा जन्मेर विवाहको प्रियतम डोरीले बाँधिएर पोखरासम्म आइपुगेका चेलीहरु तिनका सन्ततिहरुका बिचमा जानपहिचान हुन सकोस ।दाङ्गको सवारीकोट र पोखराको सराङ्गकोटका बिचमा प्याराग्लाइडिङ्ग उडान यात्रासहितको समानताले अजम्मरी मित मितको साइनो जोडियोस । दङ्गाली सुसँस्कृति र पोखरेली सुसँस्कृतिका एकअर्कोमा फैलियोस । आवश्यकताअनुसार सहयोगका हातहरु बढन सकुन अथवा दानबिर मनहरुमा उत्साहको भुल्का चढ्न सकुन……… यस्तै यस्तै अभिप्राय अर्थात सोचँले ‘’दाङ- पोखरा सम्पर्क समाज’’ गठन गरौँ भन्ने लाग्यो । दाङ्गबाट घरबारे बनेर पोखरा आएकी दिदी गिरा कोइराला, दाङ्गको घनिबगीयाबाट पोखरा आइ चिकित्सा पेशामा रहेर सेवामा अटूट रुपमा अहोरात्र लागि रहेका डा. प्रकाश घिमिरे, औषधि ब्यबसायमा सम्लग्न रहेका गिरिराज के सी, दाङ्गको डाँडागाउँबाट बिबाह बन्धनले पोखरासम्म आइ, यँही नै समाज सेवामा दिलखोलेर जुटिरहने शारदा गौतम आदि आदि धेरै शुभचिन्तक र उत्साही मनहरुको भेटघाट र मिलनले दाङ-पोखरा सम्पर्क समाजको जन्म दियो । तेसो त राप्ती गण्डकी सम्पर्क समाज गठन गरेर रोदी, घाटू, सोरठी, माघी, टप्का, मारुने आदि नाचहरुमा जम्ने र रम्ने नै मन थियो । तर सबैलाई जुटाउन सकिएन ।अझ भनौँ, जिल्लागत प्रतिनिधित्वका आधार सबैलाई त्यसरी उठाउन सकिएन । तर पनि सम्बन्धको सेतुका रुपमा दाङ- पोखरा सम्पर्क समाज जन्मन सक्यो,यसैलाई एक उपलब्धि मानेर आजपनि भित्रि मनमा खुसी लागिरहेको छ ।आगामी दिनमा ‘’+३ प्रदेश सम्पर्क समाज, पोखरा’’ गठन गरेर क्षेत्रगत हिसाबले सबैलाई समेटने यात्रातिर लागोस पोखरामा रहेका दङ्गालीहरुको र समग्र ५ नँ प्रदेशबाट पोखरा आउने र पोखरामा रमाउनेहरुको प्रयास भन्न यो मन जागिरहेको छ ।

हो,पोखराबाट हेटौडा हिड्ने बेलामा दाङ- पोखरा सम्पर्क समाज ले पनि शुभयात्रा कार्यक्रम राख्यो । शुभयात्राको कामनाकासाथ अबिर दियो । माला पहिराइदियो।मनैदेखिको सम्झनाको चिनो दियो ।पोखराबाट हेटौडा पुगी, त्यँहा करिब एकवर्ष काम गरेपछि राजधानी हानिएकोपनि दुई बर्ष हुदै छ तर प्रत्येक पल पल उही पोखराले मन छुदैँछ । यसको श्रेय प्रथमतः पोखरेलीहरुबाट प्राप्त स्नेह र शुभेच्छालाई नै जान्छ ।दोस्रोः श्रेयको हकदार हो ‘’दाङ्ग पोखरा सम्पर्क समाज’’।विशेषतः शारदा गौतमसहितका समाजका पदाधिकारीहरुले हर कार्यक्रममा सम्झनु र कुनै न कुनै कोणबाट टाढैबाट पनि सहभागिता जनाउने अवसर दिनुले सम्झनाको तरेलि आँखाको परेलीमा सधै सधै रहने भएको छ । त्यसैले जानेबेलामा विभिन्न कार्यक्रमहरुमा तलका शब्दहरुमा आफैले लेखेको कवितात्मक शैलीको गीत गाएः

पोखरा मन परयो, मलाई गाहो भो छोडेर जानलाई

थुप्रै छन सदभावका चिनो बोकेर हेटौडा लानलाई

यहाको कार्यकालको अनुभवलाई सारमा भन्दा पोखराको नागरिक समाजले हरेक राष्ट्रसेवकहरुलाई भनिरहेकोछ ''राष्ट्रसेवकहरु यँहा दाम कमाउन हैन, नाम कमाउन आँउ। बिकृति र बिसँगतिसँग हैन, सदाचारितासँग मितेरी लाँउ । सुशासनभक्ति गीत गाँउ । जानेवेलामा नागरिक अभिनन्दनकासाथ सुशोभित बनेर जाउ । पोखरेली सदभावका मालाहरु र शुभआशिषहरुले समग्र जीवन नै सजाउ'' इमान साँची राखेर काम गर्ने मनको धोकोलाई पोखराले साथ दियो । पोखराले हात दियो । इमान नै यस्तो वल हो, जस्ले सावर्जनिक जीवनमा राष्ट्रसेवकलाई छाती फुलाएर बोल्न, हिड्न र चल्न उर्जा प्रदान गर्छ । प्रायः सबैको चाहना र कामना हुन्छ ''इमान सधै हाँस्नु पर्छ, राष्ट्रसेवा इमानको पायनमा बाँच्नुपर्छ''

पञ्चासेको उकालो चढेरजिउभरिका पसिना झार्ने वा सेतीका छालहरुमा राफ्टिङसँगै डुबुल्की मार्ने मनको धोको बाँकी नै रह्यो । यसैगरी पोखराकै बारेमा कुनै न कुनै कोणबाट एउटा कृति लेखन र प्रकाशन गर्ने सिर्जनात्मक मनको धोको पनि बाँकी नै रहयो ।मस्यौदाको त्यो सँगालोयतिबेला पुरा हुने र सकार रुप लिने समय पर्खेर बसिरहेको छ । समग्रमा पोखरेलीहरुको स्नेह, सदभाव र बढीभन्दाबढी शुभआशिषलाई पोल्टाभरी राखेर मात्र अर्को कर्मक्षेत्रमा जाने चाहना पनि चाहना मै सिमित रहयो ।

प्रिय पोखरेली मनहरु ! केही धोको र धेरै सम्झनाका पोकोहरु बोकेर हेटौडा हुदै यतिबेला मुलुकै राजधानीमा छ यो शरिर तर पोखरामा जस्तो सिर्जनामा र सम्पर्कमा रम्न तथा समाजसेवमा जम्न नसकेको र नपाएको भित्रि मनले भनिरहेको छ ‘’फेरि पोखरा जाउ र रमाउदै सिर्जनात्मक कलम चलाउ । फेरिपनि श्रमजिवी पोखरेलीमनहरुमा र सकारात्मकताले भरिएका जनहरुको मनमा घर जमाउ । रोदी, सोरठी आदिमा नाँच र हाँसेर बाँच ।

राष्ट्रसेवाका हरेक पहलुहरुमा क्षमता त चाहिन्छ नै तर इमान्दारिता बिनाको क्षमताको सामाजिक महत्वका दृष्टिमा कुनै अर्थ हुदैन । बरु राष्ट्रघातको बिष बन्न पुग्छ । इमानलाई साथ र बेइमानलाई लात दिने नागरिक सामाज पोखरा र पोखरेली जस्तै सचेत जनमत नेपालमा जताततै आबश्यक छ । जनस्तरको यसखाले खबरदारी बिना कमाउ सँस्कृतिको क्यान्सरले पीडित बनेको नेपाली माटो सुबासमय हुनैसक्ने छैन । जनचाहनानुरुपको सुवासमय परिवेश धेरै नजिकपनि देखिदैन । यही मुलुकी मार्मिकतालाई स्पन्दित गर्ने अभियानमा जुटेका र इमान्दार राष्ट्रसेवकहरुको पहिचान तथा सम्मानमा खटिरहने पोखरेली मनहरु र पोखरेलीजनहरुप्रति मेरो सतत सलाम छ ।

सलाम छ दाङ्ग पोखरा सम्पर्क समाजलाई, जसले हरेक बर्ष पोखरालाई छुने वातावरण बनाइदिएको छ र त्यही सेतूको माध्यमाट पोखरा आवधिक रुपमा सम्झनाका तरेलीहरुमा आँखाको नानीको शोभा र सुरक्षाकवच परेली बनेर आइरहेको छ ।

हेर्दाहेर्दै दाङ्ग पोखरा सम्पर्क समाज स्थापनाको सुभक्षणले अर्को वर्षमा पाइला टेकेछ । यसबिचमा रहेकोअध्यक्ष शारदा गौतमको नेतृत्वको कार्यकालमा समाजले निर्बाह गरेका विविध रचनात्मक कार्यहरु प्रँशसनीय छन । रक्तदान, तीजगीतसहितको दँगाली चेलीमिलन, जेष्ठ नागरिकहरुको सम्मान तथा अशक्तहरुको सेवा, क्यालेण्डर प्रकाशन आदि कार्यहरुले धेरैको मनछोएको हुनुपर्छ भन्ने मेरो बुझाइरहेको छ । केहीको भनाइ वा बुझाइ हुन सक्दछ’’यता पुगेन, उता पुगेन, यसो गरेको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो,…….आदि आदि । भन्न जस्तै सजिलो गर्न हुने भए, उद्धेश्य चन्द्रमा छुने राखेर हुने भए, सिकन्दर वा युरीगागरिन सबै हुने थिए ।भन्नु अघि गर्नुको कठीनाईलाई बुझ्नु जरुरी हुन्छ । निस्वार्थ समाज सेवा र निष्काम भक्ति उस्तै उस्तै हुन ।भन्न सजिलो हुन्छ तर गर्न धेरै कठीन । शब्दमा भन्न सकिएला समाजका लागि गर्न अझै सकिन्थ्यो अथवा गर्नुपर्ने काम अरु धेरै थिए होलान, तर जति भयो त्योभन्दा बढी गर्न अरु बढी मुस्किल त अबश्य नै थियो हैन र ? मुस्किलहरुका बिचमा शारदा गौतमको समितिले केही गरयो ।यसैका लागि उनीहरु धन्यवादका पात्र छन ।आशा राख्न सकिन्छः स्थायी कोष, अबिरल सयुक्त जोश र कार्यक्रम अरु बढी ठोस अवको पाइलो हुने छ ।

अस्तिभन्दा हिजो र हिजोभन्दा आज केहि राम्रो हुनु प्रगतिको उचाइको क्रमशः पाइलो हो । यस्तैभयो भने त्यो सबैले आपसमा बाड्ने खुसीको बिषयबन्दछ । बरु अपेक्षा हुन्छ, यसक्रममा कि खुसीको यो क्रम आवका दिनमा पनि बढिरहोस । समाजको पहिचान बढाउने भावना अबको नेतृत्वमा अझै चढिरहोस ।स्थापनाको बार्षिकोत्सवको अवसरमा समाज सेवी विविध कार्यहरुले आगामी दिनमा निरन्तरता पावस र समाजको गतिविधिमा अझबढी चमक आवस भन्ने हार्दिक शुभेच्छा जाहेर गर्दछु ।

समाजसेवी विविध कर्म र धर्महरुको निर्बाहकासाथ समाज सयौँबर्ष बाँचीरहोस ।दँगाली रपोखरेलीहरुको मन प्रभावकारी सेतू बनेर साँची रहोस । हरदिन फेवाको छालमा तैरिने माछापुच्छ्रे जस्तै मुसुक्क हाँसिरहोस । दाङ्गबाट पोखरामा आइ विविध पेशामा आवद्ध सबै सबै दँगालीहरुको मन दाङ्ग पोखरा सम्पर्क समाज को सेतूले एकआपसमा सुमधुर चिनारी र पहिचानकासाथ ब्यक्तित्व बिकासका प्रबेशद्धारहरु बढ्दै जावस।बस यही चाहना र यही शुभकामना ।

‘’आउँदा जाँदा, लाउँला पीरति’’

 

२०७४०६०५               adrdhanbot@gmail.com                                   नरेफाँट /काठमाण्डौ

(**तत्कालिन पुनराबेदन अदालत पोखरा(हाल उच्च अदालत पोखरा) कै कार्यकालमा प्रकाशित भएको इजलास बाहिर नामक पुस्तक सहितका विभिन्न ९ वटा पुस्तकका लेखक आचार्य दाङ्ग पोखरा सम्पर्क समाज का वरिष्ठ सल्लाकार हुन । प्यूठान जिल्ला, ऐरावती वार्ड न १ धन्वोट उन्को जन्म स्थान र स्थायी घरबास हो तरपनि दाङ्ग सँगको उनको घनिष्ठ र निरन्तर आबद्धतारहेको छ  । त्यतिमात्र होइन, पुख्र्योली केही माटो र जीवन यात्राको केही बाटो दाङ्ग मै छ । उनले दाङ्गको चौघेरा स्थित गोरक्ष्य रत्ननाथ निम्न माध्यमिक विध्यालय र भरतपुर स्थित पद्मोदय पब्लिक माध्यमिक बिध्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेको हुन  एम ए, बिएल, बिएड शैक्षिक उपाधि हासिल गरेका लेखक आचार्य हाल उच्च अदालत पाटनको न्यायाधीशपदमा दरबन्दीरही राजश्व न्यायाधिकरण काठमाण्डौको अध्यक्षका रुपमा कार्यरत छन । आचार्यको पोखराप्रतिको लगाव र श्रद्धासँगै दाङ्ग पोखरा सम्पर्क समाज सँगको सम्बन्धले निरन्तरता प्राप्त गरिरहेको छ ।निरन्तरता प्राप्त गर्ने अवसर मिलिरहोस भन्ने समाजको शुभचाहना र कामना छ सम्पादक)

No comments:

Post a Comment