Thursday, 30 October 2025

ब्यङ्ग्य कविता जेनजी आन्दोलनको उपति

 


सबैखाले दम्मको काम छैन
,

अँहकारको कुनै नाम हुदैन,

अकुत सम्पत्ति,

बेकारको दुःख,

ठीक्क सम्पत्ति,

कम महत्वाकाँक्षा नै सुख,

सुखमा सबैको हाइ हाइ,

दुःखमा नजिक हुने,

कोही पनि नाई,

कार्यकर्ता भाग्ने,

आफन्त लुक्ने,

देख्खिन नसकेर

पर्दापछाडि भुक्ने,

जले राष्ट्रिय धरोहर

जले न्यायालयका ठहर

गरिएछ बिनासित्ति

निर्बाचित कार्यकारी

प्रधानमन्त्रीको रहर!

संविधान जस्तो र जे छ

त्यही बमोजिम चल्दछ देश

अब गर्नु छैन, थप कर कर

जेन जी आन्दोलनको उपति

के पि ओली सरकार गयो,

कार्कीको अन्तरिम आयो,

नेपाली जनमतले ‘’भयोभने’’,

२०८४ को सट्टा ८२ मै,

भोट हाल्न पायो,

बस यत्ति हो,

७६ को वलिदान !

तीनदर्जनको अपाङ्गता!

तीनहजार जतिको घायली!

सात खर्बजतिको स्वाहा !

समाजमा अराजकता

लुटीखाने ठगी संस्कार

बैङ्क कर्जा-सापटि

तिर्न के को दरकार

नहुनेले लुटीखाने,

हुनेलाई छटपटी

एकपछि अर्को,

अराजकता अथाहा!

हृदयभित्रै राख्नुपर्छ,

राम्ररी यसको ‘’थाहा


२०८२ कार्तिक १३      

Wednesday, 29 October 2025

मुलुकी संवैधानिक गतिरोध एवं राजनीतिक सङ्कट समाधानका उपायहरु

 

असंवैधानिक अन्तरिम सरकार र त्यसले घोषणा गरेको फागुन २१ को निर्बचानको स्विकार्यताको सवाल एकातिर र अर्कोतिर समयसिमा, तैयारी र सुरक्षासंयन्त्रको मनोवलसहितका वस्तुगत आधारहरुको अभावले घोषित मितिमा निर्बाचन हुन नसक्ने बलियो अवस्था । 

लोकतन्त्रमा निर्बाचनको बिकल्प छैन । जँहा आवधिक निर्बाचन हुन सक्दैन त्यँहा लोकतन्त्र जीवित रहेको मानिदैन  । निर्बाचन हुनुपर्छ, यसमा बिमति राख्नुपनि उपयुक्त हुदैन तर निर्बाचन होस र हुनुपर्छ हुनुपर्छ भन्दाभन्दै निर्बाचन नहुने वस्तुगत स्थितिले थप विरोध र अस्थिरतावस मुलुकी सङ्कट चुलिने अवस्थाका बारेमा नजरअन्दाज गर्नु झनै  गंभिर त्रुटी र समस्या हुनेछ 

मुलुकी सरकारलाई वैधानिक ट्याकमा ल्याउने मार्गहरुमा संवैधानिक उपचारको मार्ग पहिलो हो । सम्मानित सर्वोच्च अदालतमा गत असौज अन्तिम सातामा एकदर्जनजति रिट निबेदनहरु परे तर पहिलो सुनुवाइ कार्तिक १२ गतेका लागि तोकियो । मर्निङ सोज द डे अर्थात विहानीले दिनको सङ्केत गर्दछ । अर्थात ढिलो गर न्याय नदिउ भनेजस्तो प्रतित हुन गएको छ । आज परेको रिट निबेदन बिदा नपरेको अवस्थामा भोलि नै पहिलो सुनुवाइ गर्ने आजसम्म अपनाइ आएको सामान्य न्यायिक प्रचलन हो । तर त्यस्तो किन भएन र किन गरिएन ? बुझ्न नसक्ने बिषय भएको छ ।

यसप्रकारको जटिल संवैधानिक एवं मुलुकी स्थिरताको न्यायिक सवालमा निरन्तर सुनुवाइको माध्यमबाट न्यायिक संवोधन हुने बिकसित देशहरुको न्यायिक अभ्यास र बेलामौकामा नेपालकै न्यायिक अभ्यासपनि यसतर्फ साँकेतिक रुपमा भएकै हो । तर आरम्भमै बिलम्बपूर्ण यात्राले गन्तब्यलाई सुखद सँकेतका रुपमा लिन कठिन पारेको छ । फेरि सर्वोच्च अदालतबाट प्रतिनिधिसभाको पुनर्स्थापना हुने आदेश नै हुन्छ भन्नेमा पूर्ण आश्वस्त पनि हुने कसरी ?, किनकी सर्वोच्च अदालतले कानूनी न्याय मात्र दिदैन, राजनीतिक न्याय पनि दिन्छ । हरेक देशको सर्वोच्च अदालत आधि न्यायको अदालत र आधि राजनीतिक अदालतका रुपमा रहेको हुन्छ । अर्थात संवैधानिक गतिरोधको सवाललाई संवैधानिक मान्यतायुक्त राजनीतिक आँखा र भाकाले  ब्याख्या गर्न सक्ने अधिकार प्राप्त निकाय हो । माग भयो भन्दैमा मागअनुसारको न्याय हुनेछ भन्नेमा पूर्ण विश्वस्त हुनुपनि उपयुक्त हुने छैन । तर यसप्रकारको जटिल र गंभिर बिषयका बिचाराधिन रिट निबेदनहरुको सुनुवाइमा जे जस्तो निस्कर्ष र मार्गदर्शन भएपनि निरन्तर सुनुवाइकै माध्यमबाट समुचित समयमा हुनुपर्छ । बिलम्ब हुनु न्यायमा इन्कारी हुन जान्छ । यसर्थ संवैधानिक उपचारको मार्ग अवलम्बन गरी परेन बिचाराधिन निबेदनहरुको सुनुवाई निरन्तर सुनुवाई पद्दतिकै माध्यमबाट यथासंभव छिटो हुनुपर्छ भन्ने समयको माग र आम अपेक्षा दुबै हो ।

संवैधानिक उपचारको उपायबाट  वर्तमान संवैधानिक गतिरोध एवं राजनीतिक सङ्कट समाधान हुन सकेन भने अरु उपायहरु भनेका (१)  समर्पणवादी उपाय (२) प्रतिरोध उपाय (३) क्रान्तिकारी उपाय र (४) समन्वयवादी उपायहरु हुन । उल्लिखित अन्य उपायहरु भन्दा समन्वयवादी उपाय उपयुक्त र प्रभावकारी हुने हुदा त्यसतर्फ मात्र यँहा संक्षिप्त चर्चा गरिएको छ ।

समन्वयात्मक तरिकाले समस्या समाधान गर्नका लागि (१) राष्ट्रपतिले गलत संवैधानिक अभ्यासको त्रुटी सच्याउनका लागि जेनजी प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र राजनीतिक दलहरुको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय राजनीतिक सम्मेलनको (सर्वपक्षीय राजनीतिक सम्मेलन विधि राजनीतिक समस्या समाधानको शान्तिपूर्ण विधि मात्र होइन, संविधान निर्माणका विविध विधिहरुमध्ये प्रमुख एक विधि हो) आब्हान गर्ने (२) सम्मेलनले संविधानमा ततकालीन आवश्यक संवोधनको विन्दू पहिचानकासाथ निश्चित अवधि र सोही प्रयोजनका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्ने समेतको कार्यादेशका लागि सर्वपक्षीय लिखित सहमति गर्ने, (३) प्रतिनिधि सभाको कुनै सदस्यको नेतृत्वमा अन्तरिम सरकार गठन र निर्बाचित कार्यकारी प्रधान मन्त्रीको व्यवस्था, निर्बाचनमा १६ वर्षे उमेरलाई मताधिकार र २१ वर्षे उमेरलाई उम्मेदवारी सहितका ततकालीन समस्या संवोधनका लागि संविधान सँशोधन गर्ने, (४) संविधान संशोधनको कार्य सम्पन्न भएपछि आगमी २०८३ साल बैशाख।जेठतिर हुनेगरी प्रतिनिधि सभा बिघटन गर्ने (५) नवनिर्बाचित प्रतिनिधिसभाले संविधान र कानून संशोधनका बाँकी कार्यहरु गरी गराई मुलुकी शासन प्रशासनलाई कानूनको शासनको पूर्ण मान्यताकासाथ पारदर्शि शासन व्यवस्था र भ्रष्टाचार नियन्त्रकालागि अम्बूडस्यान को स्थापना आदि गरी गराई मुलुकलाई शान्ति, बिकास,सुशासन र न्यायको माध्यमबाट समझदारी पूर्ण दिशामा लैजान सकिन्छ । लैजानु पर्छ । अन्यथा निर्बाचन पनि नहुने र लामोसमय असंवैधानिक अन्तरिम सरकारको नेतृत्वमा मुलुकबासी शासित हुनुपर्ने अवस्थाका बिचमा चर्को आन्तरिक द्वन्द र त्यसको गर्भबाट प्रत्यक्ष सैनिक शासन देख्नु र भोग्नुपर्ने दिन धेरै टाढा छैन। यहानेर नेपालमा अभ्यास बाँकी रहेको एउटा आयाम सैनिक शासन मात्रै हो भन्ने सहित झण्डै मुलुक गत असौज २४ गते यसतर्फ गइसकेको वास्तविकतालाई स्मरण पनि गर्नु जरुरी छ   

निर्बाचन भएन र नेपाली सेनाले नचाहाँ नचाँहदै (सार्वजनिक रुपमा भनिसकेको छ कि उ राजनीति गर्न चाहदैन) पनि देश बचाउन र आम नेपाली जनताको सुरक्षा गर्न मुलुकी शासन प्रशासन नै हातमा लिनुपर्ने बाध्यात्मक अवस्था भन्ने महसुस (निर्णय) गरयोभने परिणात दुइमध्ये एक हुनेतर्फपनि बेलैमा सोच्नु जरुरी छ । पहिलोः संवैधानिक राजतन्त्र र लम्बिदो सैनिक शासन पछि हुने निर्बाचनबाट मात्र नागरिक सरकार गठन ।

यी दुबै अवस्था आधुनिक सचेत बहु जनमतको लागि लोकतान्त्रिक र न्यायिक उपलब्धिहरु हुने छैनन । तर घोषित निर्बाचन हुन नसकेको र समन्यायिक तरिकाले समस्या समाधानमा पनि अग्रसर नभएको अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको उपज हुने पक्षलाई पनि नजरअन्दाज गर्न सकिदैन । त्यसैले राष्ट्रपतिकै पहलमा सर्वपक्षीय राजनीतिक सम्मेलन विधिको माध्यमबाट आम सहमतिमा आइ समन्यायिक तरिकाले वर्तमान मुलुकी समस्या समाधान गर्नु सबैका लागि हितकर हुनेछ ।

मुलुकी समस्या साझा प्रयत्नबाट समाधान गरिएनभने राष्ट्रियता खतरामा पर्नेतर्फ सबैको ध्यान जानु जरुरी छ । नेपालमा विगतमा भएका सबै राजनीतिक परिवर्तनहरु परदेशीको सिकाई, सहारा र आहराबाट भएको तितो सत्यलाई मनन गरियोभने मात्रै वर्तमान मुलुकी समस्याको समाधानको समन्यायिक (माथि संक्षिप्तमा विवेचित समन्वयवादी उपाय) उपायको अवलम्बनको अनिवार्यता र महत्वको गहिराई वोध हुन सक्दछ ।

२०८२ कार्तिक ११                                       ऐरावती १ धनवोट, प्यूठान

(प्रस्तुत आलेखः नागरिक समाज कास्कीद्वारा, गत आश्विन ३० गते आयोजित ॅ’’ वर्तमान संवैधानिक गतिरोध एवं राजनीतिक सङ्कटः समाधानका उपायहरु’’  विषयक अन्तरसंबाद कार्यक्रममा प्रस्तुत गरिएको आधारपत्रको संक्षिप्त रुप हो । प्रबेशिका भन्दा कम योग्यताका १८ प्रतिशत, ८ प्रतिशत स्नातक भन्दा कम र बाँकी ७४ प्रतिशत स्नातक भन्दा माथिको शैक्षिक योग्यता प्राप्त ७३ सहभागीहरुका बिचमा भएको मत सर्भेक्षणमा ७४ प्रतिशतबाट प्रस्तुत उपाय समर्थित भएको थियो (लेखक)

सबथोक छ

 


 

हिमाल छ,पहाड छ

गाउ छ, सहर छ

अनेकताका बिच एकता छ

विविधतामा स्वाधिनता छ

यहा के छैन ? सबथोक छ ।१।

सर्सेर माटो पहाडमा

तराई सिँचिन्छ पसिनाले

वर्षे पानी हिमालमा

निधार टल्किन्छ चाँदीले

छहराको आवाज गुञ्जन्छ

पहराको राप रापमा

बटुवाको पसिना चुहिन्छ

उकालीका अनेक धापमा ।२।

गरेर शास्टाङग माटोलाई

घुमेर सप्तघुम्ती बाटाहरु

राखेर ललाटमाथि ति सबै

बिर्सेन अनगित्नी खाटाहरु ।३।

सत्य, कर्तब्य र इमानका

गहनाले ऋँगारिक जीवन

रमेर भू तलीय स्वर्गमा

अनन्त आनन्दित भूवन

खोजेर कतै र छ कहां ?

के छैन यहां अथाह छ

जीवनमा सबथोकको कथा छ

के छैन यहा नेपालमा

चाहेको जति सबथोक छ।

श्रमको पाखुरी बजादै

 

 

सफल शिखरमा चढ्नु छ

हटाई सकल सङ्कटहरु

एकढिक्का भइकन बढ्नु छ ।

के छैन यहा नेपालमा

जीवनको सबै नोकझोक छ

खोजेको यहा सबथोक छ ।

 

मृत्यु जित्ने जीवनलाई पर्ख

 

भन्छन

जीवन सजिलो छैन

र मृत्यु पनि सजिलो छैन,

गास रोकिएपछि,सास रोकिन्छ

सास रोकिएपछि,जीवन सकिन्छ ।१।

जीवन र मृत्युको साइनो, अवश्यमभावी छ

ज्यान रहेसम्म जीवन रहन्छ

जीवनसंगै मृत्युको चावी रहन्छ ।२।

सत्य कर्तब्य र इमान

जीवन पहिचानका वास्तविकता

जीवन चाहन्छौ भने

सत्य कर्तब्य र इमान रोज

जन्मेको माटोको रुप रोज

ताते ताते गर्दै हिड्न सिकेको बाटो खोज।३।

ब्यर्थैमा परदेशिन्छौ किन ?
क्षणिक ऋङ्गारिक सौन्दर्यता रोज्छौ किन ?

हिरा र ज्वैलरी जटित आलिशान महलको खोजिमा

भौँतारिदो यात्रा

अब बदलिनु पर्छ

आफंनै माटोको माया गरेर

आफ्नै बाटोमा छायाँ भरेर।४।

फर्क फर्क हे

बिदेशिएका नेपाली मनहरु

बाटो बिराएका नेपाली जनहरु

फर्क, स्वदेश फर्क

गुलाम पराधिन र पराइ बनेर हैन

स्वाधिक, स्वतन्त्र र स्वपनमा आधारित

जीवन खोज

आफ्नै माटोलाई रोज

फर्क, अविलम्ब फर्क

जीवन छँदैको मृत्युलाई होइन

मृत्यु जित्ने जीवन पर्ख ।

 

राष्ट्रिय गीतहरुः कञ्चन नेपाली मन

 

आशा जगाउदै गाउंमा

भरोशा बढाउदै सहरमा

सुकेका मुलहरु  फुटाउन

मुर्झेका पालुवाहरु उठाउन

निराशाका बादलहरु फटाइदेउ

अभाव, उत्पिडन र भयलाई

हर ह्दयबाट हटाइदेउ ।१।

 

मिलेर तीन कोटी जनहरु

फर्केर परदेशियका मनहरु

एकढिक्का भइकन जुटिदेउ

सारा बिकृतिहरु हटाउन

आ आफ्नो स्थानमा उठिदेउ।२।

 

फुकेर शँख शान्तिको

बालेर दीयो सौम्यको

जगाइ मन मनको दीयोलाई

समाइ राष्टोन्नति मीयोलाई

जिउंदो बन

जाग्दो बन

लोभ लाग्दो बन

राखेर छातीमा नेपाललाई

बाँडेर कञ्चन नेपाली मन ।३।

विद्वान कसरी ?

                    

 

आफू कस्मा ?

जैसी ब्राह्मण ।

हात हेर्न आउछ ?

आफ्नो मात्र हेर्न आउंछ ।

अनि कसरी विद्वान ?

 

आफूको पढाइ लेखाई ?

एम ए, बिड, बिएल ।

संस्कृत आउँछ ?

केही केही ।

नेपाली आउँछ

बोल्न, पढ्न र लेख्न मात्र ।

संस्कृत नेपालको आमा हो ।

संकृत खरर्र नजान्ने

अनि कसरी विद्वान ?

 

अंग्रेजी आउंछ ?

अल्गोरिज्म,

टेक्नोफ्यूडालिज्म,

द एज अफ सरभिलेन्स क्यापिटालिज्म,

के के पढेका छौ ?

 

उहिल्यै मार्क्सको क्यापिटालिज्म पढेको ।

क्यापिटालिज्म ज्यूदै छ कि मरिसक्यो ?

ख्वै टेक्नोफ्यूडालिज्मले खाइसक्यो भन्छन ।

तर थाहा छैन ।

त्यसो भए विद्वान कसरी ?

 

गीग अर्थ ब्यवस्था

स्वचालित बाइपँखे कार

क्रिप्टोकरेन्सी

मेटाभर्स

एआइ बैङ्क

केही थाहा छैन

तर विद्वान नबनी भा छैन ।

 

आधुनिकता बारेमा केही थाहा नपाउने ?

अनि विद्वान कसरी ?

 

‘’बाहिर बाहिर टाइफिटिङ

भित्र जुम्राको मिटिङ’’

बाहिर बाहिर विद्वानको धाक

भित्र सामान्य प्रश्नोत्तरमा नाजवाफ !

अनि विद्वान कसरी ?

 

२०८१ बैशाख ८                                  प्यूठान, ऐरावती -,धन्वोट

कविको आत्मरति

 म कवि

मलाई कविता मनपर्छ

कविताको भाव मनपर्छ

कविताप्रतिको लगाव मनपर्छ ।१।

 

म कवि

मलाई स्वदेश मनपर्छ

स्वदेशको माटो मनपर्छ

आफू जन्मे हिँडेको बाटो मनपर्छ।२।

 

म कवि

मलाई सिर्जना मनपर्छ

सिर्जनाले मेटाएको तिर्सना मनपर्छ

तिर्सना पछयाएको सिर्जना मनपर्छ।३।

 

म कवि

मलाई राजनीतिक स्थीरता मनपर्छ

स्थीरताले शान्ति बिकास र न्याय गर्छ

सम्बृद्द नेपाल र सुखी नेपालीको कामना गर्छ।४।

 

म कवि

सुन्दर कल्पनामा डुबुल्की मार्न मनपर्छ

अरुहरुमा आशा जगाउन मनपर्छ

अरुका लागि आफैलाई सक्न मनपर्छ ।५।

       

किनकी म कवि

जहां नपुग्ने रवि, त्यहां पुग्ने कवि

सुन्दर शान्त र सम्बृद्द नेपालको भावना बोक्ने

अन्याय अभाव र उत्पीडनलाई शब्द र भावले ठोक्ने

अन्तरमनदेखि प्रिय नेपाली माटो छुने

माटो मै पसिना बगाएर दुःख धुने

माटोको सुबास बढाउदै खुसी र सुखी हुने

जहां नपुग्ने रवि, त्यहां पुग्ने म कवि।६।

 

 

२०८१।१०।०८                       प्यूठान ऐरावती १ धनवोट, हाल काठमाण्डौ