Monday, 18 August 2025

Travelling towards -Stone Forest

 हाइजिँग होटल (Haigeng Hotel) को परिसर भित्र थियो ज्यान । बाहिरको अवलोकनको आतुरता सहभागीहरुमा हुनु स्वभाबिकै हो । आएदेखि बाहिर निस्केको भनेको नजिकै रहेको टेनस पार्क (Tenus Park ) को अवलोकनमा आधि घण्टा निस्केको क्षण मात्र हो । अध्ययन विशेषतः चीनको कानून र न्याय पद्दतिको अध्ययन प्रमुख उद्देश्य हो भन्ने बिषयमा सबै सहभागीहरुको समान सँबेदनशिलता र जागरुकता रहेको थियो । तर पनि मान्छेको मन न हो । जिन्दगीका चीन यात्राको पहिलो क्षण । द्रुतगतिमा चीनले गरेको सबै क्षेत्रको बिकासको चमत्कारिक आयामले सबैको मन तानिरहेको थियो । परोक्ष्य रुपमा यस बिषयमा आयोजक राष्ट्रिय न्यायिक कलेज (NJC) को यूनान शाखाका प्रमुख वाँङताइवेन (Wang Tianwen) को कानमा पुरायौँ दोभाषे ज्याकीको माध्यमबाट । सपीँगका लागि बिहिबार साँझ बाहिर लगी दिए हुन्थ्यो भन्ने हामीहरुको आग्रहलाई उनले हुन्न भन्न सकेनन तर शनिवारको अवलोकन यात्राको कार्यक्रमलाई शुक्रबार सारेर भोलि बाहिरको अवलोकनका लागि जाने भन्ने सन्देश लिएर आए । एकप्रकारले हामीहरुको इच्छा सँवोधित भएको लाग्यो । खुसीँ भयौ ।

हिजोअस्ति जस्तै बिहान ७-८ वजेभित्र नास्ता गरी तयार भयौँ र लाग्यौ डिनसहित गाइहरुकै साथमा स्टोन पार्कको अवलोकनका लागि । बसको यात्राले करिब डेढ घण्टा लियो । बिचमा चीनको द्रुतगतिको बिकास निर्माणका विविध आयामहरुको दृश्यावलोकन गरयौँ ।  गरे के हुदैन । सबै हुन्छ । सबै सबै क्षेत्रमा खास उन्नति गर्न सकिन्छ । सबैका मनमा लाग्यौ । यात्राको क्रममा कसैले हाम्रा हर क्षेत्रका अधिक नेतृत्वहरुको क्षमताले नै सुमार्ग दिन नसकेको र यस्तै रहे अझै कतिवर्ष दिन नसक्ने तर्क निकाले । दुइतिहाई मत प्राप्त (-ओली) सरकार छ । यसले पनि खासै केही गर्ला जस्तो देखिएको छैन प्रारम्भिक लक्षणहरुले । यसलेपनि गर्न नसक्कने हो भने कसले गर्ला भन्ने आशा गर्ने ? अर्को तर्क आइरहेको थियो । यसै बिच कसैले भने फेरि उही राजनीतिक अर्थको कुरा । यहाँपनि उही पारा । हामी बढ्ता राजनीतिज्ञ र कम राष्ट्रसेवक भएर मुलुक सप्रन नसकेको हो भन्ने बुझ्ने कहिले सम्म ? ………………….

यसरी यात्राकै क्रममा पनि देश (नेपाल) र देशको दूरावस्थाको याद अधिक सहभागीहरुमा आइनै रहयो । यात्राको यस क्रमलाई एक दुइ जना मित्रहरुले भिडियोमा कैद गरिरहेका थिए । यो झनै सकारात्मक पाटो लाग्यो ।  करिब डेढघण्टाको यात्रा सकिनै लाग्दा बाटोमा रहेको सूचना वोर्डले भनिरहेको थियो कि- अब करिब ५ कि मि मात्र छ स्टोन पार्क आउनका लागि । आयोजक र पथप्रदर्शकहरु भनिरहेका थिए तीन घण्टा लाग्दछ भनेर । हामीहरु जान र आउन तीन तीन घण्टा सम्झिरहेका थियौँ । तर कूलमा तीन घण्टा रहेछ । त्यतिबेलामा मात्र वास्तविकता थाहा पायौ ।

पार्कको मूलद्वार नजिकै बस रोक्किदा नरोक्किदै, पहेलो फेटा (टाउको बेरेर)सहितको स्थानीय सिन आदिबासीका एक गाइड बसको भित्र पसे । गुड मर्निँग भन्दै अँग्रेजीमा बोल्न थाले । राम्रो दख्खल रहेछ उनको । फेरि हामीहरुले बुझ्ने शैली अर्थात टोनमा । ‘’यसरी नै बुझ्ने टोनमा बिषय सत्रहरु सबै भइदिए….’’ यसैबिच कुनै एक सहभागीबाट अपेक्षा आयो ।

‘’सँसारका सातवटा सुन्दर  र विशेष पार्कहरुमा एक हो यो । ढुँगाको जँगल नकि जँगलमा . सुरु मै एकछिन त फ्रेस हुन पर्ला ढुँगा । उ त्यो दक्षीण पश्चिम दिशातिर छ नाच्ने स्थान । उनले हँसौली शैलीमा भने । हामीहरुले बुझिहाल्यौँ हामीहरुको चलन चल्तीको भाषामा शौचालय र क्रमशः प्रयोग हुदै आइरहेको पछिल्लो अग्रेजी शब्दमा रेस्ट रुम (Rest room) । सबै लाग्यौँ त्यतैतिर । रेस्ट रुमतिर जादै गर्दा देखियोः महिला पुरुष सबै मजाले चुरोट तानीरहेका दृश्यहरु । जानुअघि कसैले भनेको थियो ‘’टोबाको र वाइनका लागि प्रशिद्द स्थान यूनान’’  । हो रहेछ । एकप्रकारले कतै मसिनो आगो झोसिएको त होइन भन्ने अर्थको धुवा यत्रतत्रबाट आइरहेको थियो । एकप्रकारले सिगारमा रमाइरहकेका थिए विशेषतः आन्तरिक पर्यटकहरु । सिगारले स्वास्थ्यमा प्रतिकूलता ल्याउँछ भन्ने ज्ञान चीनीयाहरुमा नभएको भन्न कँहा सकिन्छ र ?  तर जिन्दगीको एक प्रकारको मज्जाका रुपमा आम रुपमै लिएको लाग्यो सिगार पिउने बानी यूनान प्रान्तको कुनमिङ वरपर । शुरुका दिनमै कक्षा शत्र सकेपछि विज्ञ प्रशिक्षकहरुले कोठा बाहिर आएर धुवाँ उडाइरहेको देखिन्थ्यो । यसलाई हेर्दा कलेजमा पनि बिध्यार्थी र प्राध्यापक सिगार आदान प्रदान गर्दै लिन्छन जस्तो लाग्दथ्यो । चीनको यूनान प्रान्तमा मात्र होइन ।

धूपमान वा मध्यपानको बिषयमा सँसार नै दुई भिन्न मान्यतामा छ । एकातिर सार्वजनिक क्षेत्रमा धूमपान निषेधको चर्को अभियान चलेको एउटा विश्व छ, अर्कोतिर धूपमान खाउ रमाउको मान्यताको विश्व छ । सन्तान थरि थरिका । मान्यता थरि थरिका ।

‘’पार्क (Stone forest)भित्र प्रबेशका लागि शुल्क लाग्दछ । यो पार्क असाध्यै मह्त्वको छ । प्रेम कहानीले भरिएको कथाभित्र छ । प्राकृतिक सुन्दरताको अनुपमन छटामा छ । कलाले भरिएका थरिथरिका ढुँगाहरु छन । सबै बिस्तारै घुम्योभने तीन दिन लाग्दछ तर छिटो छिटो गरेर एकदिनमा पनि सरर्र हेर्न सकिन्छ । उ उत्तरतिर सँग्रहालय छ । त्यसलाई हेर्न फेरि आउनु पर्ने हुन्छ । सबै जनाले मलाई पछयाउने । फेरि हरायो भने भेटिन कठिन हुनेछ । ओके नेपाली आसिमा र नेपाली आहावेहरु ओके….’’

अल्पसँख्यक पोषाकमै रहेको गाइड ;;;;; ले एक स्वरम उल्लिखित अर्थका शब्दहरु भनेपछि हामीहरुलाई लाग्यो लौ अव भने खर्च गर्ने क्षण आएछ । केही अगाडि बढेर सूचना केन्द्र वरपरका सुन्दरतम फूलहरुलाई जिस्काउदै तस्विरहरु लियौ  । यसैबिच  वाँङ् ताइवान (Dean NJC) ले हामीहरुका लागि टिकट किनेर ल्याइसकेका रहेछन । उही गाइडको हातमा दिए एक मुठ्ठी टिकट । हामीहरु आपसमा खास खुस गरयौ । लौ अझै खर्च गर्न नपर्ने रहेछ ।

लरी चढेर अगाडि बढेको हामीहरुको यात्रा करिब ५ कि मि पर पुगेपछि देखियो स्टोन फरेष्टको असली रुप । अचम्मै लाग्दो । सुन्दै जाँदा केही केही बुझियो ।  ढुँगाको वस्तिका बिचमा रहेको यस पहाडमा रहेको वस्तीलाई नै हटाएर क्रमशः अन्यत्रबाट चित्र बिचित्रका ढुँगाहरु ल्याइ यसलाई स्टोन फरेस्टका रुपमा बिस्तार र बिकास गरिएको रहेछ । जुन क्रम आजपनि जारी रहेको छ ।

‘’पाप वा कुकर्म गरेको भए यहाबाट पार गर्दा माथि बसेको ढुँगाको गेटको भाग खसेर मर्ने डर हुन्छ । कोही छ कुकर्म गरेको भने नजाऔ,   त्यसो हो भने म त जादैन । ‘’

गाइडले भनिरहेको थियो । यतिवेला धर्म वा विश्वास वा अन्धविश्वास जे नाममा भएपनि नेपालमा पनि हलेसी महादेव, भक्तपुरको चाँगुनारायण लगायतका धार्मिक स्थानहरुमा रहेका ढुँगाका प्वालहरुबाट मानिस छिर्ने र निस्कने मान्यता बुझाइ र शैलीलाई सम्झायो यो क्षणले । हामीहरुमध्ये कसैले भन्यो यस समूहमा कोहीपनि छैननन कुर्कम गर्ने वा कोहीपनि छैनन कुकर्म गरेर आएको मानिस भनेपछि उसले त्यसो हो भने जाने भन्दै सबैलाई हँसाउदै अगाडि बढायो । यसैबिच केही सहयात्रीहरु कतै पछि परेछन । आएनन । सहयात्री राष्ट्रिय न्यायिक कलेजका (NJC) का सदस्यहरु हामीहरुका साथी हराएकोमा चिन्ता मानिरहेका थिए । गाइड पनि उनिहरु नभट्टिएसम्म अगाडि बढ्न चाहिरहेको थिएन । पर्खयौ केही बेर । आएनन । मित्रहरु । असाध्यै मेहनतका साथ उनीहरुलाई विश्वास दिलायौँ र अगाडि बढ्यौँ ।

उकाली ओराली भन्ज्याङ चौतारी तर ढुँगै ढुँगाका औतारीहरु रहेको सानो पहाड लाग्यो समग्रगमा । सुरुमा ढुँगाको गारो ढुँगाको छानो र ढुँगाकै वरपर मानो भएका हामीहरुका लागि यो स्टोन पार्क खासै मजाको के लाग्ला भन्ने साथीहरु नै पछि भनिरहेका थिए साच्चै राम्रो रहेछ । एकपछि अर्को दृश्य । बिच बिचमा ब्यबस्थित आरामका लागि ढुँगाकै स्टूल र टेबुल । धेरै वर्ष अघि आएको ठूलो भूकम्पले केही स्थानका ढुँगाहरुलाई भत्काएको र बिगारेको रहेछ । ति मध्ये केहीलाई जस्ताको त्यस्तै रुपमा राखेका । शुक्रबारको दिनपनि पर्यटकले खचाखच भरिएको स्टोन पार्क । उनान्सय प्रतिशत चीनिया अर्थात मँगोलिय अनुहारका । तर भिडकै बिचमा स्थानी अल्पसँख्यक महिला र पुरुषहरुले पथप्रदर्शकका काम गरिरहेका देखिन्थे आफ्नै भेषभुषामा सजिएर ।

असाध्यै मेहनतका साथ स्टोन फरेस्टको वारेमा भनिरहेको थियो । पसिना निकालेर । बिच बिचमा पसिना पुछदै बताइरहेको थियो उ । हामिहरुमध्ये कसैले भन्यो सुरुमा यसको मेहनतआनाको बारेमा सोधियो श्रीमान ? मैले अनभिज्ञता जाहेर गरेँ  । मेरो मनमा सबै ब्यबस्था आयोजक कलेज (NJC) नै गर्दै आएकोले यति सानो कुरा किन सोध्नु भनेर सोधेको थिइन । तर पनि उनको जिज्ञासा मेटाउनका लागि कति पो भन्ला र मेहनतआना । हामी २५ जना छौ भने । उ बिच बिचमा भनिरहेको थियो आसिमालाई भेटयाउनु पर्छ है । वेलावेलामा सहभागी हामीलाई उसले नेपाली आसिमा र नेपाली आहेय भनेर सँवोधन गरिरहेको हुन्थ्यो । हँसाउथ्यो ।

सजिलो छैन आसिमासँग मिल्नलाई भनेर अझै केही हिडनु पर्ने छ है भन्ने अर्थवोध गराउथ्यो उ । ढुँगाका चुच्चाहरुबाट टाउको जोगाउ । हिड्डा ख्याल गर । ढुँगै ढुँगाको पहाड हो तर हेर त ढुँगाका कापहरुका बिचमा पनि उम्रन्छ पिपल भनेर तिम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने (लेखे) जस्तै हो । कति हरियाली छ । एकदुई पटक त तिम्रो आसिमा उनी, उनको आहेय तिमी । यसो भनेर पनि हसायो उसले । गाइड गर्नु भनेको पनि कला नै हो ।

‘’गला र कला भएको मानिस एकमानो खानका लागि धेरै दुख्ख गर्नुपर्दैनसानो छदा अग्रजहरुले भन्ने गर्दथे । बिच बिचमा हामीहरु केही ड्राइफूड च्याप्प चुप्न खानथ्यो । उ खान मान्दनथ्यो । जताततै भिड । गाइडहरुमा धेरै जसो युवतीहरु । कुनै सँकेत चिन्ह बोकेर आ आफंना समूहलाई गोलवन्द गर्दै स्थान विशेषको बारेमा जानकारी दिइरहेका हुन्थे ।

‘’हो यीनै हुन सानी नानी अर्थात आसिमा’’ । उसले निजकै पुगेपछि केही शब्दहरुको साथमा चित्राँकित सानी नानीको चित्रलाई देखाउदै महत्वपूर्ण स्थानमा पुगेको सूचना गरयो । नजिकै रहेको घर भित्र आसिमाको कथाका बारेमा भिडियो प्रदर्शन भइरहेको छ भन्ने सूचना पनि दियो तर समयको अभाव र भाषाको कठिनता तथा यूटूभको शुलभताको सन्दर्भलाई अगाडि सार्दै हामीहरु भित्र पस्न चाहेनौ । अगाडि बढ्यौ । यसैबिच केही भाग काटिएको रुखको हाँगा र जराको आकृतिलाई पनि उसले हाँसको चित्रसँग तुलना गरेर ब्याख्या गरिरहेको थियो । हामीहरु आपसमा हेराहेर गर्दै हाँस्यौ । भिडका बिचमा केहीबेर रहेर खुला वान्टन चढ्यौ । हामीहरुको बस रहेको स्थानमा पुग्नै लागिरहेका थियौ ।

आयोजकले गाइडलाई मेहनतआनाका रुपमा के कति दिए थाहा भएन । उ भने बाटोमा उभिएर थ्याङ्कयू थ्याङ्कयू थ्याङ्कयू भन्दै हामीहरुको इच्छाले दिएको दश विस हातमा लिदै बाइबाइ गरिरहेको थियो । गाइडले कति माग्ने हो र मेरा भागमा कति पर्ने हो भनेर चिन्ता गर्ने सहयात्रीको मन भने सायदः त्यतिवेला फेरि झनै खुस भएको हुनुपर्छ । गाइडले सुनाएको आसिमा र आहेयको मीठो कथाको सारम्सलाई यसरी सम्झेको छु मैले ।

असाध्यै सुन्दरी युवती आसिमा । सयौँ युवाहरु मन पराउथेँ तर आसिमाले उनीहरुलाई पत्याउदै पत्याइनन । अन्ततः अहेय नामक युबकको प्रेम बस्यो आसिमासँग । आसिमा पहाडतिर लागिन । अहेय पनि उनैलाई खोज्न पहाडितर लाग्यो । प्रेमिकाको खोजीमा भौतारिएको आहेय र आसिमा बिचको अन्तरँग सम्बन्धको प्रेमिल कहानी सुनाउदै गाइडले भन्दै हिड्थ्यो ’’ नेपालीहरु तिमीहरु पनि आसिमाको खोजीमा छौ’’ । भारतीय हिन्दी सिनेमाको लैला मजनु र अँग्रेजी उपन्यासको जुलियस र सिजरका बिचको प्रेमिल सम्बन्धको कथा जस्तो रहेछ आसिमा र अहेयको कथा । तिनै आसिमासँग सम्बन्धि यस कथाले विश्वका करोडौ मानिसहरुलाई लोभाइरहेको छ । ढुँगा बढी तर जगँल कम रहेको विविध आकारको त्यो चट्यानी पाहाडको करिब २ घण्टाको घुमाइपछि थकित शरिरलिएर बस चढ्यौ । एनजेसी युनान शाखाका डिनको मोबाइलमा घण्टी बजिरहेको थियो शायद भाडामा लिएको टुरिज्म बसको समय सकिनै लागेर होला । >…… इन्टरनेश्नल होटलमा खाना खाइरहेकै बेला सकभर छिटो भन्ने सन्देश आयो । उनी काउण्टरमा खानाको बिल तिरेर सडकमा आइ गाडीमा चढे । हामीहरु बसमा चढ्यौँ । नेपाली भाकाका गीतहरुको पेनड्राइभ बस चालकलाई दिएपछि हामीहरुमध्ये केही साथीहरु बसमै नाच्न लागे ।  सहयात्री चिनीयाँहरु भिडियो लिइरेहका थिए ।

पर परसम्मका गगन चुम्बी घरहरु र निर्माणाधिन क्षेत्रहरुलाई हेर्दै होटल हाइकिँगतर्फ आइरहेका थियौ । बाटो जाम भयो । के कुन कारणले जाम हुदो रहेछ चीन (यूनान) मा भनेको त केही पछि बाटो खुलेपछि थाहा भो । दुइवटा सवारी साधन आपसमा ठोक्किएका रहेछन । साइड लगाएर राखेका तर सवारी साधनको साइसँगै साइडमा दुइजना कान समातेर कुखुरी काँ गरिरहेका थिए । शायदः तिनै हुनुपर्छ दुघर्टनाग्रस्त सवारीक चालकहरु !

हाइजिङ होटलको प्राँङ्गणमा पुगेपछि सबैले आजको दिन रमाइलो भयो भन्ने शब्द र भावमा दोभाषेसहितका ब्यबस्थापकलाई एकै स्वर र भावमा धन्यवाद भन्यो । उनीहरु मुसु मुसु हाँस्दै ओके ओके भनिरहेका थिए । अरु साथीहरुलाई लौ गुड डे भन्दै म भने ब्लक नँ ६ को घरको  तेस्रो तलातिर लागेँ ।

हात खुट्टा धोएर आराम गर्न (निदाउन) खोजेको त निद्रा नै लागेन । मेरो पालो पत्थरको जँगल यात्राको सस्मरण लेख्नतिर लागेँ । उनै आसिमा र आहेयलाई देख्नतिर लागेँ ।

 

१० अगस्त २०१८          हाइजिङ होटल /घर नँ ६ /तेस्रो तला /कोठा नँ ६३०३

 

No comments:

Post a Comment