Saturday, 16 August 2025

शान्तिभए हुन्छ (गीत)

 

 

 

ढेडो खाएँ खोले खाए जे भएनि हुन्छ ।

लेक बेसी जहा भएनि शान्ति भए हुन्छ.......................

यस्तै गीत सुने हेर आजको दिन मैले

कहाँ होला त्यस्तो शान्ति खोजी राछू ऐले



धनी पनि धन थुपार्नै लागि राको देख्छु

देशले स्वयम अरुसँग मागी राको देख्छु

के के देख्छु के के देख्छु नदेख्ने म देख्छु

त्यसैले त किन यस्तो भाको भनी लेख्छु



कति छौ है देशको माटो सम्झी काम गर्ने

सुकर्मका पलहरुले सुबास शान्ति छर्ने

नढाटेर भनी देउ आत्म साक्षी राखी राखी

तिमीलाई राख्ने छुँ म सधै सधै शिर माथि



नपुग्दामा पदचुलीमा सिद्धान्तका कुरा छर्ने

पुगेपछि चुचुरोमा गर्ने नगर्ने सबै गर्ने

के पो लान्छौ मरी तिम्ले धनै कित इमान हेर

इमान कर्मशान्ति बाहेक अरु केही छैन लानु धेर



जदौ सलाम इमानी ति सबै सबै हातहरुमा

सम्मानमा शिर सधै झुक्छ शान्ति सौगातहरुमा ।



 

२०७२।१२।२५  घोडेजात्राको दिन दिउसो ४ १५ वजे

 

No comments:

Post a Comment