लसक ! लसक !! लसक !!!
हो, उसले नगर्नु गरयो
तर सम्झ,
तिमी पनि फरक कहाँ हौ र ?
तिम्रो बिगत नियालिरहेका
धेरैको नजरमा तिमीपनि
सोही सोही कोटीमा परयौ ।
म पनि सुनि रहेको छुँ
एकले अर्कोलाई गाली गरयौ
एकले अर्कोलाई सत्तो सराप्यौ
सहर गाउ वस्ती जताततै
आ-आफंनै डम्फू बजारयौ
शब्दले र भाव दुबैलै
एकले अर्कोलाई पछारयौ
मान्छे त के सकेसम्म
एकअर्काको छायाँ पनि लघारयौ,
तर एकान्तमा गएर सम्झ
दुबैको हात लाग्ने के हो ?
दुबैको साथ लाग्ने को हो ?
अन्ततः हात शून्य!
साथ पनि शून्य !!
तिम्रो साथ लाग्दा दुख
तिम्रो बात मान्दा दुख
भन सुखको सपना
सम्बृद्दिको सपना
उल्लासको सपना
उत्सवको सपना
सबै सपनाहरु डुबे
डुबेका सपनाहरु सँगै
सम्झ तिमीपनि डुब्यौ
तर नगर्नु गरयौ तिमीले
देश दुखायौ
देश डुबायौ
मित्र गुमायौ
परचक्री हसाँयौ
थिति बस्न दिएनौ
किनकी यथार्थमा
तिमी थितिका पक्षधर नै थिएनौ
बेथितिका हिमायति
र अस्थितरताका पर्याय थियौ
त्यसैले कुर्लिरहेका छौ
ठाउँ कुठाउँ उर्लिरहेका छौ
यस्तो बनायौ कि
तिमी सकिएपनि
तिम्रो बेथितिवादले सताइरहने भो
तिम्रो अराजकतावादले देश खाइरहने भो
ख्वै कसरी भनुँ
तिमीलाई सराप्ने शब्दनै छैन
मेरो शब्द भण्डारमा
लाग्छ समग्र पृथ्वी तलमा
तिमी कुर्लदै जाउ
म कानमा कपास हालेर हिडिरहने छु
सुदुर गन्तब्यका लागि
लसक! लसक!! लसक !!!
२०७७।१०।०७ राजबिराज
No comments:
Post a Comment