भ्रष्ट किन बन्छौ तिमी,
दमनकारी किन ?
ब्यभिचारी किन
बन्छौ,
अत्याचारी किन ??
तिम्रो ह्दय
छैन र ? तिमीलाई मर्नु पर्दैन र ?
कति दामले
पुग्छ तिम्लाई,
सुनाम कि
दुर्नामले,
कति आफ्नै
मान्छे राख्छौ,
कानून तोड्ने
कामले ? तिम्रो ह्दय छैन र ? तिमीलाई मर्नु पर्दैन र ?
सत्ता शक्ति पद
पैसा,
सधै भरि अहम र
ऐयसा
समीक्षा
समालोचना सुन्नै सक्दैनौ
अरुलाई गाली गरी
थाक्दैनौ ।३। तिम्रो ह्दय छैन र ? तिमीलाई मर्नु पर्दैन र ?
यही देशमा
जन्म्यो हुर्क्यौ
यही देशमा तिमी
बढ्यौ
जति जे जे
पढेपनि
यही देशमा
पढ्यौ
बिनासित्ति किन
तिमी
धेरै सित भिड्यौ
लडयौ ।४। तिम्रो ह्दय
छैन र ? तिमीलाई मर्नु पर्दैन र ?
श्रमशक्ति
बिदेशिए
बाझा जमिन
बढ्दै गए
आत्मनिर्भर
स्वाभिमान
शब्द खेती
बन्दै गए ।५। तिम्रो ह्दय छैन र ? तिमीलाई मर्नु पर्दैन र ?
उध्योग धन्दा
धेरै बन्द
आर्थिक शक्ति
झनै मन्द
पैसा जति झन
बिदेशिदै
कालधन्दा झन
आकाशिदै ।६। तिम्रो ह्दय छैन र ? तिमीलाई मर्नु पर्दैन र ?
सरकारी काम
ढिला सुस्ति
न्याय इन्साफ
बिक्री मस्ति
दीनदहाडै गोली
वर्षा
घरको छतमा चढी
चढी । ७। तिम्रो ह्दय छैन र ? तिमीलाई मर्नु पर्दैन र ?
एउटा सत्य
अर्को बोली
नाँगै पारे
सत्य खोली
हैन हैन भन्दै
अझै
यस्तै गर्छौ
क्या हो भोलि ।८। तिम्रो
ह्दय छैन र ? तिमीलाई मर्नु पर्दैन र ?
कन्काइ घाट
आर्यघाट
रिडी घाट
नारयाणघाट
एकदिन जल्ने
कुनै घाट
सत्यवोधको छैन
छाँट।९। तिम्रो ह्दय छैन र ? तिमीलाई मर्नु पर्दैन र ?
झण्डा डण्डा रकम तिम्रै
उर्दि वर्दी
सलाम तिम्रै
न्यायपनि
निर्देशित गर्दै
कति गर्छौ
ज्यूदै मर्दै ।१०।
तिम्रो ह्दय छैन र ? तिमीलाई मर्नु
पर्दैन र ?
जति जे जे अहम
भएनि
एकदिन जाने
खाली हातै
साथमा लाने
केहि नि हैन र
तिम्लाइ यस्को
चेत भइन र ? ।११। तिम्रो ह्दय छैन र ? तिमीलाई मर्नु पर्दैन र ?
२०८२।०१।१ प्यूठान ऐरावती १
धनवोट।हाल नरेफाँट काठमाण्डौ
No comments:
Post a Comment