न
रहरले जन्मियौँ हामी
न
रहरले नै हो मरेर जानी
जिन्दगानीमा, तेरो मेरो
भन्नु नै के छ र, मरी
जानीमा ।
यस
गीतलाई दुइकोणबाट हेर्न सकिन्छ । एक विरहको गीत र अर्को वास्तविकतासँगको प्रित । यो
गीतले वर्तमानमा समयले हानेको धनुवाणलाई स्मरण गराउदै जिन्दगी के हो र के का लागि
हो ? मानव
सँसारमा सबैभन्दा जटिल र पेचिलो सवालका रुपमा उठान गरिदिएको छ ।
एकथरि
भन्छन-जिन्दगी
परमात्माको खटन हो । परमात्मा (अदृश्य शक्ति) अर्थात इश्वरले चाहेर पाएको हो र इश्वरले
चाहेपछि सकिन्छ । अर्कोथरि भन्छन-जिन्दगी प्रकृति हो । प्रकृतिको बिकासवादी
सिदान्तमा आधारित छ यो । जिन्दगी कसैले आँउछु भनेर ल्याएको वा आएको होइन, न त कसैले
जान्छु भनेर नै जान्छ वा जान पाउँछ । नियमित आकस्मिकताले आएको हो । नियमित आकस्मिकताकै
क्रममा जान्छ वा प्रकृतिले नियमित आकस्मिताकै क्रममा लैजान्छ । मृत्युदण्ड वा
आत्महत्याका सन्दर्भहरुपनि ततकालिन परिस्थितिले निम्त्याएको नियमित आकस्मिकताका
उपजहरु हुन । मृत्यु जसरी होस, जिन्दगी सकिन्छ । यो वा त्यो कोणबाट पार्थीव
जीवन फेरि आउँदैन । पाउन सकिदैन । मरेर फेरि जीवन पाउने कल्पना कोरा कल्पना हो ।
यथार्थ होइन । यथार्थ हुनै सक्दैन ।
मरेर
फेरि जीवन आउने भनेको मावन सँसारका मानव कल्याणका लागि गरिने सुकर्महरुले बाँचेका
मान्छेहरुमा पार्ने सकारात्मक छाप हो । जनजनका मनमा रहन सक्ने मान्छेको असलपन र
कुसल सेवकीय क्षमताको प्रभाव मात्र हो ।
मानव
जीवनमा उत्साह जगाउने मानव,
जीवनका दुःखहरुलाई हटाउने सुख र सन्तोषपूर्ण मावन जीवनका मार्गहरु पहिल्याउने, अन्याय अभाव र
उत्पिडनमा साथ दिने, कठिनाइपूर्ण
अवस्थाहरुमा सहयात्राका हात दिने मान्छेहरु मात्र मरेर फेरि आउने अर्थात सम्झना र
सम्मानमा बाँचिरहने कोटीमा पर्न सक्दछन । पार्थिव रुपमा अजम्मरी कोही हुदैन मान्छे
। तर सुकर्मले अजम्मरी बनाउँछ । धनले अजम्मरी हुदैन, मनले हुन्छ बिचारले
हुन्छ व्यबहारले हुन्छ र नव नवसिर्जनाले हुन्छ । चिन्तन र व्यबहारले मन छुन सक्ने
र कालजयी सिर्जनाहरु दिन सक्ने मान्छेहरुमात्र प्रभाव र मान्यतामा अजम्मरी हुन
सक्दछन ।
छोएका
सबै चिज सुन हुने शक्ति प्राप्तिको कल्पनाभित्र आखिरमा छोरा छोरी पनि सुन भएपछि
केही काम नलागेको एउटा मान्छेलाई कति जमिन चाहिन्छ (हाउ मच ल्याण्ड निड ए म्यान) भन्ने कथाको
सार होस वा आफन्तहरु
कसैकोपनि सहयोग नपाएपछि अन्तमा आफ्नै घोडाको अघिल्तिर दुःख पोखेर मर्ने दुःख (ग्रीफ) नामक रुसी
कथाको पात्रको जीवनका ब्यथाहरु होस । धन सबथोक होइन मन हो भन्ने अनगिन्ति यथार्थ
व्यथाहरु र कथाहरु छन ।
सेक्सपियरले
हेमलेटमा उपन्यासमा गरेको ठूला घरानीयाका बिचको द्न्दको परिणामबस हुन गएको कत्लेयाम
हत्याको कल्पनाको दृश्य नेपाली भूमिमै राजा बीरेन्द्रको सपरिवार हत्याको कारुणीक
रुप बनेर आयो । हत्याराले के पायो ? केही पाएन । तर गुमाउन सबथोक गुमायो ।
यावत
धेरै घटनाहरु देखिन्छन समाजमा दिनहूँ जसो । सबैले उठाउने सवाल भनेको जिन्दगीकै
सेरोफेरोमा गएर टुँगिन्छ । के रहेछ जिन्दगानी - धन कि मन ? अभिमान कि स्वाभिमान ? अँहकार कि
सँस्कार ? मात्र कल्पना
कि यथार्थता ? निराश कि उत्साह ? ध्वँश कि निर्माण ? मात्र आफू कि
परिवार समाज र देश ? मात्र
निजी आनन्द कि लोकहित ? जन्मने
बाँच्ने मर्ने कि मरेर पनि बाँचिरहने सुकर्महरु गर्ने र यश छर्ने ? अनगिन्ति
सवालहरुलाई अगाडि राखेर हेर्न सक्नुपर्छ सार्थक जीवनका लागि । अर्थपूर्ण
जिन्दगानीका लागि ।
कोरोनाको
कहरले सारा सँसार हल्लाइरहेको वर्तमानमा मान्छे टक्क अडेर जिन्दगानीका बारेमा
सोच्च एकपटक फेरि बाध्य भएको छ । करिब तीनमहिना अघि देखि हल्याउन र तर्स्याउन
लागेको कोरोना हिजोआज दिनहू करिब छहजारको काल बनेर आएको छ । के छुने के नछुने के ? गर्दा हुने के
गर्दा नहुने ? कहा
जाने कहा नजाने ? के
खाने के खाने ? यावत
बिषयहरुमा मानव जगतलाई नै सङ्कटमा पारेको छ । मान्छेभित्र रहेका उत्साहका हरेक
आयामहरु एकपछि अर्को गर्दै सिथिल बनाउने त्रास बढेको छ । निको नहुने सधै सधैका
लागि त्रास बनेर हरेक मान्छेको टाउको माथि झुण्डिएको काल (मृत्यु) को विषयुक्त
धारिलो तरबार बनेर झुण्डिएको छ ।
कोरोना
आउनु हुदैन्थ्यो, आयो ।
हेरौँ त, यसले
जात भनेको छैन । भात भनेको छैन । वर्ण भनेको छैन । लिङ्ग भनेको छैन । कालो गोरो
अर्थात वर्ण भनेको छैन । धनी वा गरीब केही भनेको छैन । विद्वान वा मूर्ख केही
मानेको छैन । काल वा अकाल केही जानेको छैन । कुनै राजनीति, धर्म, विध्या, सँस्कृति, माटो, बाटो, पानी, बानी, खानी, बृद्द जवानी, सपाङ अपाङ्ग, पाखा पखेरा
हिमाल पहाड तराइ जमिन समुद्र बन पाखा केही केही भनेको छैन । कँही कतै छोडेको छैन ।
हरपल तर्साएको छ । हर समय त्रास बर्साएको छ ।
कोरोनासँग
आजको समग्र मान्छे यो वा त्यो कोणबाट लडिरहेको छ । लडदै छ यही कोरोनासँग । लड्दै
जाँदा जित फेरि मान्छेकै हुने छ । अवश्यम छ, कोरोना पराजित हुनेछ । किनकि मान्छेभित्र ज्ञान
विवेक र क्षमतासँग कोरोनाको केही लाग्ने छैन । कोरोनापनि नियमित आकस्मिकताको उपज
हो । नियमित आकस्मिकताले ल्याउने उपायबाटै यो नियन्त्रण र समाप्त भएर जाने छ ।
त्यसैले फेरिपनि भन्नुपर्ने हुन्छ कि जे भएपनि हार्नु हुदैन मान्छेले र मायाँ
मार्नु हुदैन जिन्दगीको । उत्साह जगाइरहनु पर्छ । निराशा भगाइरहनु पर्छ ।
कोरोना
मानवीय जीवनकै ध्वँशको कहालिलाग्दो कारक बनेर आइरहेपनि यसले केही सकारात्मक
आयामहरु पनि लिएर आएको छ ।
यसले सकारात्मक
रुपमा दूरगामी प्रभाव पार्ने धेरै अवस्थाहरुपनि ल्याएको छ । जसमध्ये केही निम्न
प्रभावहरुलाई लिन सकिन्छः
प्रथमतः पारेको
सबैभन्दा ठूलो सकारात्मक प्रभाव भनेको विश्वदैव कुटुम्बकम् हो । जसबाट साझा
शत्रुका बिरुद्द साझा रुपमा जाइलाग्नुपर्छ भन्ने ऐकत्वभाव जगाइदिएको छ ।
दोस्रोः
धनशक्ति र वलशक्ति शक्तिशाली होइन रहेछन, मनशक्ति नै सबैभन्दा ठूलो वलशाली रहेछ भन्ने हो ।
तेस्रोः
जिन्दगीमा केही गरी जाने हो । खाओ पेओ मोजगरो अथवा धनदौलत भरो पनि होइन रहेछ
अर्थात धन सम्पत्ति मरिलाने केही होइन, मानवतावादी चिन्तन र व्यवहारले केही गरी जाने
रहेछ जिन्दगी भन्ने हो ।
चोथौः कोरोना
जहाबाट जसरी आएको भएपनि परदेशबाटै आयो । परचक्री बनेर सतायो । प्रायः सबै
स्वदेशीहरुले यसलाई परदेशी रोग भनेका छन । अर्थात यसले राष्ट्रियताप्रतिको अगाध
मायाँ बढाइदिएको छ । देश देशको बिचमा काडेँ तार वा सिमा पर्खाल लगाउनु पर्दो रहेछ
भन्ने चेतना दिएको छ । बिदेशीएकाहरुलाई कतिवेला स्वदेश फर्कूँला र जनमभूमिको माटो
निधारमा लगाएर यही बसुँला, हुर्कुला
र बाँचुला भन्ने भावना पनि जागइदृको छ ।
पाँचौ काल (मृत्यु) बाजा बजाएर
आउदैन भन्ने परम्परागत कहावतलाई फेल गराइदिएको छ । असम्भव भन्ने केही हुदो रहेनछ । काल बाजा
बजाएरपनि आउदो रहेछ भन्ने पारिदिएको छ । छैठौः हरमान्छेका जिवनमा
बाँचुञ्जेल धनदौलतका लागि तँछाँड मछाड र तेरीमेरी गर्ने होइन रहेछ भन्ने
सहअस्तित्वमय मनवादी बिचारको अँकुरण गराइदिएको छ ।
सातौः
कम्तिमा गास, बास र
कपासको जोहो आफ्नै मातृभूमिको माटो खोस्रेर गर्नुपर्दो रहेछ । बाँच्नका लागि
परदेशिने बाध्यतामा पार्नु वा परदेशिनु हुदो रहेनछ भन्ने चेतना धेरैमा दिएको छ ।
दुइ
हात दुइ पाउ जन्मेर खालीपेट
यहीँसम्म
जीवन भो अन्तिम भेट
उनकै
पैसा भए नि चल्तीमा
अन्तिम
हिसाब कालकै खल्तीमा ।
जिन्दगानीमा, तेरो मेरो
भन्नु नै के छ र, मरी
जानीमा ।
आरम्भमा
लिइएको गीतका थप शब्दहरु हुन माथिका शब्दहरु । यी शब्दहरुलाई निराशा जगाउने शब्दका
रुपमा बुझ्नु वा लिनु हुदैन । जीवन एकबारको जुनी हो । सकेसम्म राम्रो काम
गर्नुपर्छ भन्ने सन्देशका रुपमा लिनुपर्छ ।
जीवनपछिको
मृत्यु यथार्थ हो । तर जन्मेर मर्ने मात्र होइन अर्थात जन्मेको खान वा खाएर बाँच्न
र मर्नका लागि मात्र होइन,
केही
गरेर जानका लागि हो । जीवनमा मर्नु त पर्छ नै तर त्यसै मर्ने होइन । केही गरेर
मर्नपर्छ भन्ने भावना राख्नु पर्छ । यही
भावना जनजनमा जगाउनु पर्छ ।
कोरोनासँग
हारेर आत्महत्या गर्नेहरु देखिए । सुनियो, कोही तीसौ तलाबाट हामफालेर मरे । कोही
सन्तानहरुसहित बीष सेवन गरेर मरे । कोही गुडिरहेको रेल वा गाडीमा परेर मरे । कोही
भिरपाखाहरुबाट फाल हालेर मरे । जो जसरी मरेपनि ति सबै कायर हुन । जिन्दगीलाई कायर
बनेर समाप्त गर्नु हुदैन । जिन्दगी पराजयको हार होइन, जन जनमा जय
जयको हार अर्थात माला हो । उत्साह जिन्दगीको सञ्जीवनीको प्याला हो । हर कठीनाइहरुका
बिचमापनि उत्साह जगाइरहनु पर्छ ।
जाने
जिन्दगी सब चिज हो । नजाने वा नमाने केही होइन । जिन्दगी अन्त कतै वा फेरि कतै
होइन । यहीभूमिमा र यसै पटक मात्र नै हो जिन्दगी । जिन्दगीमा जमेर बाँच्ने रमेर
बस्ने र अरुलाई पनि जमेर बस्न र रमेर बाँच्न भरपूर सहयोग गर्नु नै जिन्दगीको
सार्थकता हो ।
जिन्दगीका
अनगिन्ति परिभाषा र आशाहरु छन । त्यसमध्ये केहीलाई हेरौँ र मनन् एवम अबलम्बन गरौ ।
जिन्दगी
अवसर हो,
यसबाट
भरपुर फाइदा लेउ ।
जिन्दगी
सुन्दरता हो,
सुन्दरताको
पारख गर ।
जिन्दगी
सपना हो,
विपना
बनाउन लागि पर ।
जिन्दगी
चुनौति हो,
चुनौतिलाई
सामना गर ।
जिन्दगी कर्तब्य हो,
अविराम निर्बाह गर ।
जिन्दगी खेल हो,
खेल र मनोरञ्जन लेउ ।
जिन्दगी प्रतीज्ञा हो,
मन र कर्मले पुरा गर ।
जिन्दगी दुःख हो,
सुखी बनी मुक्ति पाउ ।
जिन्दगी सुमधुर गीत हो,
आनन्दमय बनेर गाउ ।
जिन्दगी सँधर्ष हो,
नथाक जाग स्विकार गर ।
जिन्दगी विछोड हो,
मिलनका पलहरु हेर ।
जिन्दगी रोमाञ्च हो,
बाँची हेर र चाखी हेर ।
जिन्दगी सौभाग्य हो,
सौभाग्य मार्ग बनाउ ।
जिन्दगी जिन्दगी नै हो,
यसका लागि सोँच गर
धनशक्ति केही होइन,
मनशक्तिले मोज गर ।
जिन्दगी अनुपम हो,
बचाइ राख सजाई राख ।
२०७७ बैशाख
७, विहान माइस्थान, वीरगन्ज
No comments:
Post a Comment