Sunday, 22 February 2026

चुनावी महोल र छान्ने आधार ?

 

प्रतिनिधि सभाको निर्बाचन घरदैलो मै आइसक्यो । मत माग्न घर घर आउनेहरुको हजुर का हजुर देखि देखाउने गरेका बिकासका गजुरहरुले सक्कली मतदाता वाक्क भइसक्ने अवस्था सम्म पुगेको छ मुलुकी चुनावी माहोल ।

यतिवेलासम्म करिब ८० प्रतिशत मतदाताहरुको मनभित्र मत कसलाई दिने र किन दिने ? भन्ने  प्रश्नको जवाफले गतिलो घर बनाइसकेको छ । उनीहरुकालागि पैसाको वालछयाल पारुन कि रक्सीको खोलो बगाउन! वाल मतलबको बिषय भइसकेको छ ।

कूल मतदाताहरुमा करिब बीस प्रतिशतमा आधा उधि जसो मतदाता नामावली गाम तिर आफ्नो छाकबास सहर वा सहरोन्मुख ठामतिरको अवस्थामा छन । त्यसैले हिमाली र पहाडी जिल्लाका उम्मेदवारको घरदैलो कार्यक्रम नजिकको सहरतिर भइरहेको छ । गाउमा मतदाता नामावली भएको तर रस्ती वस्ती र एकप्रकारले मस्ती भने सहरतिरै रहेको सम्झनेहरुमध्ये कति मतदाता नामावली भएको मतदान केन्द्रमा जाने हुन ठेगान छैन । जान सजिलो पनि कँहा छर ? सहर वा सहरोन्मुख बसाइमा दैलो लाएर जानु पर्ने अवस्थामा छन। दैलै लाएर जाला ग्याँस चुलोपनि चोरिएला भन्ने त्रास छ । सुरक्षाको बन्दोवस्तै गरेर जाँउ भन्दापनि जाते आते खाते बस्ने प्रतिब्यक्ति सालाखाला कम्तिमा पनि दश हजार खर्च हुने अवस्थामा छन । त्यसैले गाँउ ठाउँका वस्तीहरुमा मतदाता नामावली भएका तर सहर वा सहरोन्मुख स्थानमा बसिआएका ब्यक्तिहरुको कमै उपस्थिति हुने हुदा कमै मतदान हुने धरातलीय यथार्थता छ ।

जबसम्म कुनै पार्टी वा उम्मेदवारको जित हार एक मतले नै हुने हो र आफ्नो एकमतको कारणले असल नीति र कुशल नेता संसदमा पुग्न नसक्ने हुन्छ । दुर्जन पुग्दा ब्यक्तित के देशै डुब्ने अवस्था हुन सक्दछ भन्ने महत्ववोध हुन सक्दैन, तबसम्म अधिक मतदानको आशा राख्नु कल्पनाको बिषयमात्र हुने छ।

चुनावमा जित्नु जसरी सजिलो छैन, त्यसैगरी जितेरपनि काम गर्नु झनै असजिलो छ। एकप्रकारले चाहे जस्तो गरी काम गर्ने असंभव प्रायः परिस्थिति रहेको छ । आफ्नो पार्टीले बहुमत ल्याउने हो होइन ? बहुमत नल्याएपनि गठबन्धनबाट सरकारमा जाने अवसर पाउने हो होइन ? सरकारमा जाने अवसर नै प्राप्त भएपनि आफूलाई प्रभावशाली शासकीय कुर्सी अर्थात मन्त्री पद प्राप्त हुने हो होइन ? लौ मन्त्री पद नै पाइएछ तर खान्गीदार र बान्कीदार पाइने पनि हो होइन ? खान्गीदार र वान्कीदार नै पाइएपनि बार्षिक बजेट बिनियोजनमा प्रधानमन्त्री,अर्थमन्त्री र वलशाली नेताहरुलाई रिझाएर वा बुझाएर आफ्नो निर्बाचन क्षेत्रमा राष्ट्रिय बजेट खन्याउन सकिने हो होइन  ?  अनेक फसादमा छन भोट माग्दै घरघर आउने उम्मेदवार नेताहरु पनि । तैपनि यो गर्छु र त्यो गर्छु भन्दै जुम्लेहात लगाएकार दन्त्यकथाहरु फलाक्दै ङिच्च दाँत देखाउनु परिरहेको छ ।

उता मतदाताहरु झनै फसादमा छन । जो आएपनि हुन्छ हजुर, पक्का हजुर, हजुर नै हो हाम्रो भन्ने हजुर,  भन्दै हजुरमा हजुर थप्नु पर्ने अवस्थामा छन । भ्याइ नभ्याइ उनिहरुका कुरा सुन्नमा बाध्य छन । कतिले त ठुला ठुला नीतिका कुरा गरेर दिनै खाइदिन्छन तर यता अघाउन्जेली बर्षौ भोट हालेपनि अघाउन्जेल पानी खान नपाएको अवस्था छ । बर्षौदेखिको हिलाम्मे बाटोको अवस्था छ । घाटीँ त के कपालका रौँ पनि डुब्ने गरी माला लाएर ताली बजाउदै कम्मर भाज्दै नाँच्दैँ आँगनमा आउने मारुने शैलीका उम्मेदवारहरु देखेर हाँसो लागिरहेको छ मतदाताहरुलाई । कति त कविता भन्दै वा गीतहरु गाउँदै मत मागिरहेका छन । हुन सक्ने नसक्ने अनेक बिकासका ट्रेलरहरु देखाउनेहरु पनि कति कति ? सामाजिक सञ्जालमा नाना थरिका नौटँकीहरु देखेर एक्लै बस्दा पनि हाँस्न बाध्य छन आजका मतदाताहरु ।

देश जलाउनेहरुलाई बिजयी बनाउने वा देश बचाउने र चलाउनेहरुलाई ? अबकी बार                     बालेन सरकार. अबकी बार गगन सरकार, अबकी बार प्रचण्ड सरकार वा अबकी बार ओली सरकार !! आदि आदि के के लाई मानेर मतदान गर्ने ? र किन तत तत हरुलाई मतदात गर्ने ? घरदैलोमा पुग्दा हामी त नयाँ भन्दै पुग्नेहरुका  नया का आधारहरु के के हुन ? के नीतीमा नया मान्ने र के थितिमा नया मान्ने ? कुन अनुहारको भर गर्ने वा कुन ब्यवहारलाई नायकीय अनुहार मान्ने ?  बुझ्ने आधारहरु नै पाइरहेका छैनन । नयाँ भनिएकाहरुको अवस्था खुट्टि देखि पत्याँएकै अवस्थामा रहे भएको कारणले पुरानैहरुमध्ये कुनै एकलाई नै छान्नु पर्ने त हैन ? अथवा चाहेजस्ता गतिलाहरु नपाइएपनि खराबहरुका बिचमा कम खराबलाई  छान्नुपर्ने त होइन ?  याबत सवालहरुका बिचमा छन आजका मतदाताहरु ! मत दिदा पनि समस्यामा नदिदा झनै समस्यामा ! तर पनि बिर्सदैनन सायदः मतदात भनेको महादान हो र परोक्ष्य रुपमा आफ्नै लागि हो भन्ने तथ्य र मर्मलाई ।

देश चलाउनु भनेको बौद्दिक हुनु वा लोकप्रिय हुनु मात्र होइन । अन्तराष्ट्रिय सम्बन्ध, संरचनात्मक निरन्तरता, ब्यवहारवादी अनुभव, सम्बृद्दियुक्त विश्वसनीय राजनीतिक एवं आर्थिक नीति, प्रशासनिक दक्षतामा मनोवोध, सादचारिता र समर्पित भाव जरुरी हुन्छ । असल नीति बिना कुसल नेतृत्व जन्मन वा हुन सक्दैन र कुशल नेतृत्व बिना असल नीतिको पनि सफल कार्यान्वयन हुन सक्दैन ।

आक्रोशको कारखानाबाट उत्पादित संवेदन वा रिसको ज्वालाले देश बनाउने त के आफ्नै पार्टी र आफैलाई समेत भस्म बनाउने डर हुन्छ । मानवीय संवेदनाहरुलाई छुन सकिएन र जनजनको मनको नीति वा नेतृत्वदायी ब्यक्ति हुन सकिएन भने घरदैलो कार्यक्रममा हजुर हजुर भन्नेहरुले नै मतपेटिकामा धार्ने हात लाएर नफर्कलान भन्न सकिदैन । 

मताधिकारको प्रयोगका बेला हरेक मतदाताहरुले सोँच्नु पर्ने र मनन गर्नु पर्ने सारभूत पक्षहरुमा-() राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षमा, ()जनजीवीकाको ग्यारेन्टी, ()विधिको शासनको प्रत्याभूति, ()अपेक्षित शान्ति बिकास र सम्बृद्दि, () गरी खाने पूर्वाधार सहितको संस्कृति, ()ब्यवहारिक शिक्षा नीति() सहज स्वास्थ्य सुविधा () आधारभूत आवश्यकताको सहजीकरणको अधिक संभाब्यता तथा () असक्तावस्थाको सहाराको सुनिश्चितता । यी मानक आधारहरुलाई मध्यनजर राखेर हेर्दा को कसलाई आफ्नो मत दिदा सदुपयोग र विवेकयुक्त न्याय हुन सक्दछ भन्ने अन्तरआत्माले मान्दछ । वस, त्यही नै हो मताधिकार प्रयोगको आधार र वस्तुवाली मानक ।      

छोरा, नाती वा आफन्तीले भनेको भन्ने आधारमा हैन, सैदान्तिक आधारमा, मानी आएको र गरिखाने जग तथा आधार भएको मत चिन्ह कुन हो ? स्वस्तिक छाप हातमा लिएपछि एकमिनेट स्वदेशभाव, जन्मेहुर्केको माटो र संस्कृति, आफू हिडेको माटोलाई सम्झेर अन्तरआत्माको विवेक प्रयोगका साथ मनपर्ने दलीय नीति र नेता छान्नु पर्छ । पछिसम्म आफैलाई र सन्तान दरसन्तानलाई हानी नहुने गरी मताधिकार  प्रयोग गर्दछु भन्ने प्रणका साथ भित्र पस्न र देश बनाउन मतदान गरेको छुँ भन्ने भाव र गौरवताका साथ स्वस्तिक छाप लगाएकोमा गर्व गर्दै मतदात कक्षबाट बाहिर निस्कन सक्नु पर्छ ।  मतदानको क्षण, गलत चिन्हमा स्वस्तिक छाप लगाउनु भनेको आफैलाई गलत परिणामको भागिदार बनाउनु हो भन्ने सम्झनु जरुरी छ । मताधिकार प्रयोग, न्याउरी मारी पछुतो नबनोस, बस यहि नै मूल मन्त्र हो ।     

  २०८२।१०।।०२                                         ऐरावती १ धनवोट। प्यूठान

  

 

 

Friday, 20 February 2026

ब्यङग कविताः अनेकमा एक नाउ हुन्छ

 

जेन जी आन्दोलन भयो

ध्वँश विग्रह हेरियो

सिँह दरवारमा कुर्सी फेरियो

कुर्सी सँगै एप्स फेरियो

कुर्सीहरुका लोकप्रियहरुमा

विद्वानहरु फेरियोऽ

अब त देशमा केही हुन्छ ?

केही

अर्थात प्रत्यक्ष निर्बाचित कार्यकारी

भष्ट्राचार नियन्त्रण

सँघीयता खारेजी

यस्तै यस्तै हुन्छ ??

अर्थात प्रत्यक्ष कार्यकारी

निर्बाचन हुन्छ ?

हुदैनऽ

महँगी नियन्त्रण हुन्छ ?

हुदैन

बेरोजगारी अन्त्य हुन्छ ?

हुदैन।

लोकसेवा त अब

तिनवर्ष खुल्दै खुल्दैन

अनि कसरी बेरोजगारी अन्त्य हुन्छ ?

कृषि मल बिउ सहज हुन्छ ?

हुदैन

बाझा जमिन जोत्ने अभियान हुन्छ ?

कहा हुनु र कसरी हुनु ?

मात्र छ महिना छ

कहा जोत्नु

के ले जोत्नु

र कसरी जोत्नु ?

निशुल्क शिक्षा हुन्छ ?

पैसा चाहिन्छ,

पैसा कहा पाइन्छ ?

स्वास्थ्य उपचार प्रभावकारी हुन्छ

डाक्टरहरु बिदेशीने क्रम तिब्र छ

करोड खर्च गरेर पढेको

हजारमा कसरी बस्छन यहा ?

त्यो पनि हुदैन र हुने संभावना छैन ।

बाटा घाटा बनाउने

बिकासे काम हुन्छ ?

आगो लागि सक्यो

धनमा र मनमा

कसरी हुन्छ बिकासे नया काम

त्यो पनि हुदैन।

टालटुले काम मात्र गर्ने हो ।

नया बिकासे काम त हुदै हुदैन

कसरी हुन्छ, छ महिना न हो

हुदैन, नहुने काम

हुन्छ भन्नुपनि हुदैन

सकेसम्म चुनाव हुन्छ

नभए, चुनाव सार्दै जाने काम हुन्छ

भएका दरबन्दी कटाएर वा खाली राखेरै भएपनि

भएजतिका कर्मचारी बिच

खान्गी खाने र खुवाउने काम हुन्छ।

जलिसके धेरै धरोहर

जलिसके धेरै यान्त्रिक साधनहरु

हुनेसम्मलाई रँगरोगनको काम हुन्छ

नहुनेजति भत्काउने अनि

लिलाममा चढाउने का पनि हुन्छ।

सके मुख्य काम

निर्बाचन गराउनु छ

नसके मुख्य काम निर्बाचनका लागि

समय क्रमशः लम्बाउनु छ

अरु खासै केही हुदैन

आगोले खाइसकेपछि

पलाउन समय लाग्दछ

जलेका ठुटाहरु शनैशनैः पलाउछन

जलेका घाउहरु शनैशनैः खाटा बस्छन

जेनजीहरुपनि थाकेर दुला पस्छन

बिस्तारै गर्ने काम हो, सुशासन

हतपत गरे लतपत हुन्छ

मुख्य काम चुनाव नभइकन

धत्! अरु केही हुन्छ भन्नु नै हुदैन,

जे जे सकिन्छ, त्यही त्यही हुन्छ

जे जे सकिदैन, त्यही त्यही हुदैन

भने जति सबै गर्ने के को कर ?

जेनजीहरुले उचारलेरै राखेका हुन

ढुक्छ छौऽ छैन कुनै डर!!

सरकार छ महिने अस्थायी<

कसरी हुनु काम स्थायी

हुन्छ सके जति हुन्छ

अरु केही नभए

पछिसम्म रहने

हर्ताकर्ताहरुको अनेक नामनामेसीमध्ये

हाम्रोपनि नाउ हुन्छ,

यो पनि त एक प्रकारले बिकास नै हो

हैन भन्ने, लौ देख्खिन आउ कुन छ ?

 

२०८२ आश्विन                                           ऐरावती १ धनवोट,प्यूठान

 

 

 

राष्ट्रिय गीतहरुः कञ्चन नेपाली मन

 

 

आशा जगाउदै गाउंमा

भरोशा बढाउदै सहरमा

सुकेका मुलहरु  फुटाउन

मुर्झेका पालुवाहरु उठाउन

निराशाका बादलहरु फटाइदेउ

अभाव, उत्पिडन र भयलाई

हर ह्दयबाट हटाइदेउ ।१।

 

मिलेर तीन कोटी जनहरु

फर्केर परदेशियका मनहरु

एकढिक्का भइकन जुटिदेउ

सारा बिकृतिहरु हटाउन

आ आफ्नो स्थानमा उठिदेउ।२।

 

फुकेर शँख शान्तिको

बालेर दीयो सौम्यको

जगाइ मन मनको दीयोलाई

समाइ राष्टोन्नति मीयोलाई

जिउंदो बन

जाग्दो बन

लोभ लाग्दो बन

राखेर छातीमा नेपाललाई

बाँडेर कञ्चन नेपाली मन ।३।

 

२०८१ माघ ९        ऐरावती-,धनवोट. हाल काठमाण्डौ

कविता मुग्लानीहरुमा निबेदन

 भन्छन

जीवन सजिलो छैन

र मृत्यु पनि सजिलो छैन,

गास रोकिएपछि,सास रोकिन्छ

सास रोकिएपछि,जीवन सकिन्छ ।१।

जीवन र मृत्युको साइनो

अवश्यमभावी छ

ज्यान रहेसम्म जीवन रहन्छ

जीवनसंगै मृत्युको चावी रहन्छ ।२।

सत्य कर्तब्य र इमान

जीवन पहिचानका वास्तविकता जीवन

चाहन्छौ भने,

सत्य कर्तब्य र इमान रोज

जन्मेको माटोको रुप रोज

ताते ताते गर्दै हिड्न सिकेको बाटो खोज।३।

ब्यर्थैमा परदेशिन्छौ किन ?
क्षणिक ऋङ्गारिक सौन्दर्यता रोज्छौ किन ?

हिरा र ज्वैलरी जटित आलिशान महलको खोजिमा

भौँतारिदो यात्रा,

अब बदलिनु पर्छ

आफंनै माटोको माया गरेर

आफ्नै बाटोमा छायाँ भरेर।४।

फर्क फर्क हे,

बिदेशिएका नेपाली मनहरु

बाटो बिराएका नेपाली जनहरु

फर्कस्वदेश फर्क

गुलाम पराधिन र पराइ बनेर हैन

स्वाधिकस्वतन्त्र र स्वप्नमा आधारित

जीवन खोज,

आफ्नै माटोलाई रोज

फर्कअविलम्ब फर्क

जीवन छँदैको मृत्युलाई होइन

मृत्यु जित्ने जीवन पर्ख

जीवन जित्ने मृत्यु पर्ख।५।,

तिमी जन्मदा खुसी हुने

यही माटो हो,

तिमी हिडदा आनन्द मान्ने

यही बाटो हो, 

सम्झ तिमी मर्दा पनि

काखमा लिने यही माटो हो

यही आँशुहरु झर्नेछन ।

यहीकाँले मात्रै

तिम्रो सम्झना गर्ने छन

पराइहरु भनेका पराइहरु नै हुन

कहिल्यै आफन्त हुदैनन

परदेश भनेको परदेश नै हो

कहिल्यै स्वदेश हुदैन

सकेजति चुस्छन लुटछन,

चाहेजति चेप्छन हेप्छन,

त्यसैले फर्क फर्क

यही बसेर बढाउ हर्ष ।६।

२०८२।१०।८                                       ऐरावती १ धनवोट। प्यूठान

 

कविताः महाआनन्द

 

 

गफिदा,

खेल्दा,

डुल्दा,

कतै मनमस्तीले भुल्दा,

अवरोधका तगाराहरु भाच्दा,

अथवा छमछमी नाच्दा,

आउने हर आनन्द,

मात्र आनन्द,मात्र आनन्द,

अध्ययन चिन्तन मनन,

अनि लेखनको आनन्द,

महाआनन्द,महाआनन्द, महाआनन्द!!

 

२०८२।१०।२६                         ऐरावती १ धनवोट। प्यूठान

ब्यङ्ग्य कविता आगोका बाँकी आहारहरु

 


h]g hL x?sf] cu'jfOdf ePsf]

cfGbf]ngsf] cfuf]n]

hnfof] w]/} w]/}

v/fgL kf/of]

s]xL ;kgfx?klg

hn] w]/}

s] hn]g <

;jf]{Rr cbfnt

l;Fxb/jf/

;+;b ejg

/fi6«klt ejg

;a} ;a} hn]

ef6e6]gL ;lxtsf

w]/} Aoj;flos k|lti7fgx? hn]

sflGtk'/ ;lxtsf

s]xL ;~rf/u[xx? klg hn]

/fli6«o afl0fHo a}Í ;lxtsf

s]xL a}Íx? klg hn]

s]xL lzIffnox? / s]xL

pWof]ux?klg hn]

9Fu a]9Fun] a]nfavtdf

/fi6«sf] cu'jfO{ ug]{x? /

a]lx;fa ?kdf

/fli6«o 9's'6Laf6 t/ dfg]{x?sf]

gLhL 3/ / cGo bf}nt dfq hn]g

z'2 dg / z'2 wgsf

s]xL s]xL a's'/fx?klg hn]

>dhLjL hLjgz}nLsf

s]xL s]xL dgx?klg hn]

;'/Iffrf}sL b]lv k|x/L k|efux? hn]

d'Vofno ;Dd h]g t]g aRof],

P]ltxfl;s w/f]x/

/fli6«o clen]vfno;Dd

s]xL b]zeQmx?sf] h'lQmn] /xof]

afFsL w]/} hNof]

cGofo, cefj / j]lylt hnfpg] gfpdf

d'n'se/ bGsfOPsf] cfuf]n]

w]/} Oltxf;, j}ejtf hNof]

Ps}lbg b]ze/

Xjf/ XjftL{ nfu]sf] cfuf]n]

w]/} wg / ;Dkbfx? hn]

t/ hnfPg,

lhpbfx?sf]

s'6'/] ukm,

nFssf xfSg] u'•L,

jnfTsf/Ldg,

Aolerf/L hLjg,

cGoflodg,

tfgfzfxL z}nL,

oyfl:yltjfbL lh2L,

kl/l:yltn] ljwfg hGdfpg]

j:t'jfbL lrGtgnfO{ OGsf/ ub}{,

kl/l:ylt hGdfpg] xf] eGg],

ca'em ;f]Frx?,

hnfpg ;s]g,

w]/} w]/} hn]

t/ hn]gg

;a}vfn]

3d08,

cFxsf/,

bfgjtf,

s'l6ntf

/

bl/›tf .

 

@)*@ c;f}h @)                                           P]/fjtL ! wgjf]6, Ko"7fg

थुइक्क म ! (ब्यङ्ग्य कविता)

 

शान्ति, न्याय र समानता

बिकास, समुन्नति र वैभवता

खोज्दै हरेक दश दश वर्षमा

क्रान्ति वा विविध खाले बिद्रोह

गरिरहने एक नेपाली म,

विद्रोहको लामो इतिहासमा

समाजिक,

आर्थिक,

राजनीतिक,

साँस्कृतिक,

नैतिक,

कुनैपनि दृष्टिबाट

रुपान्तरित हुन नसकेको

एक नेपाली म,

बर्षौदेखि

पुनःमुसिको भवः मा डुबेको छुँ

घुमिफिरी रुम्जाटार नै पुगेको छुँ

हुने खाने र हुदा खानेको खाडल

तन्किदै गएको

राष्ट्रियता खुम्चाउदै गएको

बन्धक सरह देश बनाउदै गएको

एउटा हुतिहारा नेपाली म,

लाजै नमानी,

अरु अरुले उचाल्दछन

हरेक दश दश वर्षमा म उफ्रन्छु

ठाउ कुठाउँ

इन्कलाब वा जिन्दावाद भन्दै डुक्रन्छु

अरु अरुले तान्छन,

म नराम्ररी पछारिन्छु,

सारमा रित्तो र खाली,

केवल विद्रोह,

केवल क्रान्ति,

हजार पाली,

सारमा रित्तो र खाली ?

केवल विद्रोह,

केवल क्रान्ति

हजार पाली,

उपलब्धि प्रायःखाली.

थुइङ्क् म! थुइक्क म!!थुइक्क म !!!

 

२०८२।०६।२५                                            ऐरावती १ धनवोट । प्यूठान