लुम्लेमा लौ आज आइयोः रमाउदै पिरती
जगाइयो
लुम्लेमा लौ आज आइयोः रमाउदै एकसाथ
बिताइयो
पोखराको काखमा
रहेको यो पहाडी गाँउ
लागिरहन्थ्यो
सबै मिली एकदिन बस्न जाँउ ।१।
कृषिकेन्द्र डुली घुमी एकदिन यँहा रम्ने
साथीभाई
हाँस्दै खेल्दै खाँदै बस्दै जम्ने ।२। लुम्लेमा
लौ आज आइयोः ..........................
धेरै दिनको
धोको हाम्रो यो लुम्लेमा आउने
भुली सारा मनका
दुःख पीरती जगाउने ।३।
प्रकृतिको
सप्तरङगी बनपाखाको भाका
पहाडी यो
वस्तीसँग लिने मीठो साख ।४। लुम्लेमा लौ आज आइयोः ..........................
स्वच्छ सफा
हरियाली मीठो यँहाको हाँसो
शान्त सुक्ला
सौम्य पवन केही छैन गुनासो ।५।
उत्तर फर्के
माछापुच्छ्रे माथि चन्द्रकोट
सर्रर बाटो
मुक्तिनाथको केही छैन खोट ।८। लुम्लेमा
लौ आज आइयोः ..........................
चिसो हवा ठण्डा
पानी मनको धोको फेर्ने
बैज्ञानिकका
कोसिस र उपलब्धी हेर्ने ।७।
हाँस्ने गाँउने
नाँच्ने खेल्ने एकान्त यो ठाउँ
सधै लाग्ने रैछ
हजुर फेरि फेरि आँउ ।८। लुम्लेमा
लौ आज आइयोः ..........................
२०७१।०५।२७ /लुम्ले
No comments:
Post a Comment