हार्नु हुदैन जिन्दगीसगँ
जिन्दगी
त आफ्नै हो
अरु
त केवल हेर्छन
अथवा
केवल सहानुभूतिका
शब्दहरु लिएर घेर्छन
सास
अड्किता आफ्नो सास झिकेर दिने कोही
हुदैन
गासँ
रोकिदा आफ्नो गासँ काटेर दिने पनि
सितिमिति
पाइदैन
जिन्दगी बाँच्दासम्म हो
मर्ने
वेलामा ज्वहारत,
मोती
र हिराहरु केही चाहिदैन्
लान्छु,
भनेर पनि लान पाइदैन्
बाँचुन्जेल
कुटुरो पारेर राखेका
दौलत
पनि कुटुरैमा
रहन्छन् ।
वरु
हात पार्नेहरु मध्येले नै कन्जुस भन्छन्
जिन्दगी जीउनु आफै मात्र हो
बाटो
नबिराए
अलीकति
आफन्तको साथ पाइएला
घृणाको पात्र नबने
अलिकति
नातासम्बन्धको केही हात पाइएला
समाजको
गरिखाने असल मान्छेमा परिएला
तर
चाहिने बेलामा सास पाइदैन्
भोकले
मर्नै लागेको बेला
गाँस
काटेर दिने पनि सहजै पाइदैन्
त्यसैले दुःखमा नआत्तिनु
जिन्दगी हो
सुखमा
नमात्तिनु जिन्दगी हो
सास
रहेसम्म आश
पालेर बाँच्नु जिन्दगी हो
कृपया!
जे जस्तो छ जिन्दगीलाई स्विकार गर
कठिनाइका
बिचमा पनि
सहज
र स्वभाबिक जिन्दगी बनाउने प्रयास गर
चाहे क्यान्सर लागोस्
चाहे
शरीरमा इबोला जागोस्
अथवा
कोरोना भाइरस नै किन नलागोस्
जिन्दगी
खप्ने वा सहने आफै हो
आफन्तहरु
त आउछन-जान्छन
सकियो
जिन्दगी भने
कतै
पोल्न वा गाड्न लान्छन
पोली
सकेपछि वा गाडी सकेपछि
फेरि
पनि आ-आफ्नो जिन्दगी कै लागि
केही खान्छन्,
केही लाउँछन्
फेरि
सदावहार जिन्दगीमा आउँछन्
बाँच्नेहरु
त्यसरी नै आउनु पर्छ
मर्नेहरु
त्यसरी नै जानु पर्छ
किनकि
यो पनि प्रकृति हो
कृपया !
यस नियतिलाई बुझिदेउ
अथवा
प्रकृति भनेर सम्झिदेउ
यसलाई स्वभाबिकै हो भनिदेउ
अनेक कष्टका बाबजुद पनि
जिन्दगी
हाँसेर जिइदेउ
क्यान्सर
बाध्यभइ भाग्नेछ
इबोला
पनि आफ्नै बसोबासतिरै लाग्नेछ
कोरोना
आफंनै निम्ति कहर बनेर
पुतपुती
भाग्ने छ
बस्
तिमी हजार अप्ठयारका बीचमा पनि
हासीदेँउ
दु
ख देखाएर हैन, हासेँर बाचीँ देउ
जिन्दगी
सुख मात्रै हैन
दु
ख पनि हो भन्ने मानी
देउ
नहार
जिन्दगीबाट
नभाग
जिन्दगीबाट
हजार
हैन,
लाखौँ
पीडित मनहरु छन्
तिम्रो साथमा
नपत्याए
रोगीहरु रहने अस्पत्तालमा गएर हेर त !
बाँच्नु नै जिन्दगी हो । पीडाका बीचमा हाँस्नु
नै जिन्दगी हो ।
कष्ठहरुका बीचमा पनि तिमी बाँची देउ ।
असैहय पिडाहरुका बीचमा पनि तिमी हाँसीदेउ ।
मर्नै परेपनि हाँसी हाँसी मर ।
तर बाँचुन्जेल मरेर पनि
बाँचिरहने सपना देखेर मात्र मर ।
तर बाँचुन्जेल मरेर पनि
बाँचिरहने सपना देखेर मात्र मर जिन्दगीमा केही गरेर मर जिन्दगीमा सुकर्म केही नगरी नमर ।
२०७६।१२।१५
माइस्थान,
वीरगन्ज
No comments:
Post a Comment