प्यूठान वाङमय केन्द्र, काठमाण्डौ
(PYUTHAN ACEDEMIC CENTER, KATAMANDU)
उपाध्यक्ष श्री
जीवराज भट्टराईको अध्यक्षता, नेपाली
कम्यूनिष्ट आन्दोलनका समआदरणीय अगुवा
व्यक्तित्व मोहनबिक्रम सिँह, प्रतिनिधिसभाका
माननीय सदस्य सूर्य थापा, पूर्व साँसद नवराज सुवेदी, पूर्व महान्यायfधिवक्ता दीनमणि
पोखरेल, उच्च अदालतका पूर्व न्यायाधीश तथा सुनको अवैध पैठारी
नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०, का अध्यक्ष
डिल्लीराज आचार्य, नाट्यकलामा चरित्र
अभिनेताका रुपमा सुपरिचित तथा सास्कृतिक संस्थानका पूर्व महाप्रवन्धक हरिहर शर्मा समेतको विशिष्ठ
उपस्थितिमा प्यूठान वाङ्मय केन्द्र काठमाण्डौ को भेला सम्पन्न भएको हो ।
उक्त भेलामा
सहभागी हुनेहरुमा – रामबहादुर बुढा
(अर्खा), ? रुद्र बिष्ट (झिमरुक ६), मन बि क (अर्खा),मीनराज पोखरेल (चुदारा), प्रलेसका
उपाध्यक्ष समीर सिँह(झिमरुक), प्रकाश जिसी (सौतामारे), गोपाल बुढाथोकी (दरभान),नुमराम खनाल (सरुवारानी), अनिल सिह (कथाकार गोरखबहादुर सिँहका सुपुत्र), मणिकुमार
आचार्य (तीघ्रा), शरद शर्मा (तुषारा), उज्वल बिक (गौमुखी), रिमा बिक (तुषारा),अस्मिता के सी (पत्रकार), सुपरिचित
हास्यकलाकार भटभटे माहिला, ललिता अधिकारी, भूपेन्द्र सुवेदी, नवीन के सी, चन्द्रप्रकाश आचार्य, आदि करिब ४०
जनाको सहभागिता थियो । कार्यक्रम सञ्चालक
बिजयराज आचार्यले कार्यक्रममको उद्देश्य माथि प्रकाश पारेपछि आरम्भ भएको उक्त
कार्यक्रममा प्राय सबैले परिचयसँगै प्यूठानी साहित्य र साहित्यकाहरुहरुको बारेमा आ
आफ्ना बिचार र सुझावहरु प्रस्तुत गरेका थिए ।
प्यूठान
स्वगर्द्वारी गौमुखी ऐरावती आदि नाउले सुपरिचित रहेकोमा गर्व गर्दै, प्यूठानी माटोबाट देश र जनताका लागि साहदात प्राप्त गर्ने
मित्रमणि आचार्य र टङ्कप्रसाद आचार्य दुबै स्मरण गरिएको थियो । प्रजापरीषदमा आबद्द
जेदू गिरिको पनि सतत स्मरण गरिएको थियो ।
सहभागीहरुबाट ब्यक्त मुख्य बिचारहरु निम्न प्रकार थिएः
Ø प्यूठानीहरुको पोलीटिकस मा ब्रोक्षटनेस र साहित्यमा बोल्डनेसको अभाव रहेको । प्यूठानी मुलाऽ सबै
ठूला भन्ने उक्ति चरितार्थ हुदै गएको ।
Ø स्वर्गद्वारी आश्रमको बारेमा अनुसन्धानमूलक कामको कमी भएको
।
Ø प्यूठानी राजनीति र राजनीतिक ब्यक्तित्व बिषयमा खोज
हुनुपर्ने । त्यस्तै प्यूठानी साहित्य र साहित्यकारको बिषयमा पनि खोज हुनुपर्ने ।
Ø राजनीतिमा विभाजित वा फरक बिचार स्वभाविक होला तर राजनीतिक
विचारको भिन्नतालाई बिकास निर्माणमा बिबादको आधार बनाउन नहुने ।
Ø गाउ छोडर सहर पस्ने, सहर छोडेर
बिदेशतिर लाग्ने परिपाटी बढ्दो र गाउ
बिर्सनेहरुको सँख्याको तालिका चढदो हुनु सबैका लागि चिन्ताको बिषय बनेको ।
Ø बन्दीपुर (तनहू) साबिकमा सदरमुकाम रहेको स्थान हो । सुरुका केही बर्ष
निरसिलो भयो । त्यहाका मानिसहरुमा पनि निराश छायो तर जब बुद्दीजिबी ब्यापारी र
युवाहरु जुटे बन्दीपुर आज देशको एक गन्तब्य बनेको छ । बन्दीपुरबासीको प्रयासबाट
सिक्नु जरुरी छ ।
Ø नया पीढीमा देशभक्तिको भावना जागृत गराउनु पर्ने अवस्था
रहेको । बाहिर पढेर र सीप सिकेर गाउमै फर्कने वातावरण निर्माणमा पहल हुनुपर्ने ।
Ø साहित्य लेख्नु र कुनै लेख वा कुनै कविता लेख्नु फरक बिषय
हो । यसलाई साहित्यअनुरागी र नवोदितहरुले अन्तरहृदय देखिनै बुझ्नु जरुरी छ ।
Ø ‘’हाम्रो प्यूठानः हामी प्यूठानी’’ केन्द्रीय भावमा सबैको सामुहिक प्रयास बिना प्यूठानको
समग्र बिकास हुन सक्दैन भन्ने बिषयलाई मनन गर्नु जरुरी छ ।
Ø ऐलेको युवा पीढी कम पढ्छ । कम लेख्छ । कम चिन्तनमा छ ।
मोबाइल र मनोरञ्जनात्मक इन्टरनेटमा झुकेको छ । भविष्यका लागि केही न केही दुःख र
मेहनत गर्नुपर्छ भन्ने भुलेको छ । आ आफ्नो स्थान र क्षेत्रबाट सम्झाउनु पर्ने छ।
Ø प्यूठानी ब्राण्डिङ के हो ? चुलेसी, सिन्की, निश्चित छैन ।
पहिचानयुक्त ब्राण्डिङ हुनु जरुरी छ ।
No comments:
Post a Comment