जेन जी हरुको अगुवाइको नाउमा
भएको
आन्दोलनको आगोले
जलायो धेरै धेरै
खरानी पारयो
केही सपनाहरुपनि
के जलेन ?
जल्यो मुख्य मुख्य सबै
सर्वोच्च अदालत
सिँहदरवार
संसद भवन
राष्ट्रपति भवन
सबै सबै जले
भाटभटेनी सहितका
धेरै ब्यवसायिक
प्रतिष्ठानहरु जले
कान्तिपुर सहितका
केही सञ्चारगृहहरु पनि
जले
राष्ट्रिय बाणिज्य बैङ्क
सहितका
केही बैङ्कहरु पनि जले
केही शिक्षालयहरु र केही
उध्योगहरुपनि जले
ढँग बेढँगले बेलाबखतमा
राष्ट्रको अगुवाई
गर्नेहरु र
बेहिसाब रुपमा
राष्ट्रिय ढुकुटीबाट तर
मार्नेहरुको
नीजी घर र अन्य दौलत मात्र
जलेन
शुद्द मन र शुद्द धनका
केही केही बुकुराहरुपनि
जले
श्रमजीवी जीवनशैलीका
केही केही मनहरुपनि जले
सुरक्षाचौकी देखि प्रहरी
प्रभागहरु जले
मुख्यालय सम्म जेन तेन
बच्यो,
ऐतिहासिक धरोहर
राष्ट्रिय अभिलेखालयसम्म
केही देशभक्तहरुको
जुक्तिले रहयो
बाँकी धेरै जल्यो,
अन्याय,
अभाव र वेथिति जलाउने नाउमा
मुलुकभर दन्काइएको आगोले
धेरै इतिहास,
वैभवता जल्यो
एकैदिन देशभर,
ह्वार ह्वार्ती लागेको
आगोले
धेरै धन र सम्पदाहरु जले
तर जलाइएन,
जिउदाहरुको
कुटुरे गफ,
लँकका हाक्ने गुड्डी,
बलात्कारीमन,
ब्यभिचारी जीवन,
अन्यायिमन,
तानाशाही शैली,
यथास्थितिवादी जिद्दी,
परिस्थितिले विधान
जन्माउने
वस्तुवादी चिन्तनलाई
इन्कार गर्दै
परिस्थिति जन्माउने हो
भन्ने
अबुझ सोँचहरु
जलाउन सकेन,
धेरै धेरै जले
तर जलेनन
सबैखाले
घमण्ड,
मैमत्ता,
अँहकार,
दानवता,
र
दरिद्रता ।
२०८२ असौज २० ऐरावती
१ धनवोट, प्यूठान
No comments:
Post a Comment