हिमाल छ,पहाड छ
गाउ छ, सहर छ
अनेकताका बिच एकता छ
विविधतामा स्वाधिनता छ
यहा के छैन ? सबथोक छ ।१।
सर्सेर माटो पहाडमा
तराई सिँचिन्छ पसिनाले
वर्षे पानी हिमालमा
निधार टल्किन्छ चाँदीले
छहराको आवाज गुञ्जन्छ
पहराको राप रापमा
बटुवाको पसिना चुहिन्छ
उकालीका अनेक धापमा ।२।
गरेर शास्टाङग माटोलाई
घुमेर सप्तघुम्ती बाटाहरु
राखेर ललाटमाथि ति सबै
बिर्सेन अनगित्नी खाटाहरु ।३।
सत्य, कर्तब्य र इमानका
गहनाले ऋँगारिक जीवन
रमेर भू तलीय स्वर्गमा
अनन्त आनन्दित भूवन
खोजेर कतै र छ कहां ?
के छैन यहां अथाह छ
जीवनमा सबथोकको कथा छ
के छैन यहा नेपालमा
चाहेको जति सबथोक छ।
श्रमको पाखुरी बजादै
सफल शिखरमा चढ्नु छ
हटाई सकल सङ्कटहरु
एकढिक्का भइकन बढ्नु छ ।
के छैन यहा नेपालमा
जीवनको सबै नोकझोक छ
खोजेको यहा सबथोक छ ।
No comments:
Post a Comment