आफू कस्मा ?
जैसी ब्राह्मण
।
हात हेर्न आउछ ?
आफ्नो मात्र
हेर्न आउंछ ।
अनि कसरी
विद्वान ?
आफूको पढाइ
लेखाई ?
एम ए, बिड, बिएल ।
संस्कृत आउँछ ?
केही केही ।
नेपाली आउँछ
बोल्न, पढ्न र लेख्न मात्र ।
संस्कृत
नेपालको आमा हो ।
संकृत खरर्र नजान्ने
अनि कसरी
विद्वान ?
अंग्रेजी आउंछ ?
अल्गोरिज्म,
टेक्नोफ्यूडालिज्म,
द एज अफ
सरभिलेन्स क्यापिटालिज्म,
के के पढेका छौ
?
उहिल्यै
मार्क्सको क्यापिटालिज्म पढेको ।
क्यापिटालिज्म
ज्यूदै छ कि मरिसक्यो ?
ख्वै
टेक्नोफ्यूडालिज्मले खाइसक्यो भन्छन ।
तर थाहा छैन ।
त्यसो भए
विद्वान कसरी ?
गीग अर्थ
ब्यवस्था
स्वचालित बाइपँखे
कार
क्रिप्टोकरेन्सी
मेटाभर्स
एआइ बैङ्क
केही थाहा छैन
तर विद्वान
नबनी भा छैन ।
आधुनिकता
बारेमा केही थाहा नपाउने ?
अनि विद्वान
कसरी ?
‘’बाहिर बाहिर टाइफिटिङ
भित्र जुम्राको
मिटिङ’’
बाहिर बाहिर
विद्वानको धाक
भित्र सामान्य प्रश्नोत्तरमा
नाजवाफ !
अनि विद्वान
कसरी ?
२०८१ बैशाख ८ प्यूठान, ऐरावती -१,धन्वोट
No comments:
Post a Comment