Tuesday, 28 October 2025

जीवनको यथार्थता


सबैभन्दा बढी माया गर्ने

मेरी श्रीमती

मेरी अर्धाङ्गीनी

म बाँच्दासम्म बलिरहेको

आगो ताप्छिन

मृत्यु पश्चात

जलिरहेको मेरो लासका सासहरुको

बिगत एक एक गरेर नाप्छिन

सोला फालेरपछि फर्कदा

अस्तु सम्झेर

जलेको खरानी माग्छिन

म बिपनामा कहिल्यै हुदैन साथमा

सपनामा मलाई देखेर

उनी पर पर भाग्छिन

आखिर जीवन भनेको

यही त रहेछ ।

बाँच्दासम्म आफ्नू

मरेपछि बिरानू ।

No comments:

Post a Comment